काठमाडौं : नेपाल र केन्याबीचको दोस्रो एक दिवसीय क्रिकेट शनिबार हुँदैछ।यो खेल केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा दिउँसो पौने १ बजे सुरु हुनेछ। हिजोको पहिलो एक दिवसीयमा ७ विकेटको जित निकालेको नेपाल आज लगातार दोस्रो जितको खोजीमा हुनेछ। शुक्रबारको खेलमा नेपालका आसिफ शेखले केन्याविरुद्ध ११० रनको शतकीय पारी खेल्दा अर्जुन साउदले ६० रनको अर्धशतकीय पारी खेलेका थिए। यसअघि ५ खेलको टी–ट्वेन्टी सिरिज जितेको नेपाल एक दिवसीय सिरिज पनि जितेर केन्या भ्रमणको सुखद अन्त्य ग