काठमाडौं : राम एकवाल दासले लेखेको लोकसेवा आयोग तयारी किताबमा रहेको आपत्तिजनक प्रश्न र उत्तर विषयबारे संसदमा पनि प्रवेश भएकाे छ। बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद ईश्वरी घर्तीमगरले लेखकलाई निलम्बन गरी तुरुन्त कारबाही गर्न सरकारसँग माग गरेकी छिन्।‘वन मन्त्रालयका सहायक संरक्षण अधिकृत राम एकवाल दासले लेखेको वन रक्षक किताबमा महिलाबारे आपत्तिजनक प्रश्न र उत्तर राखिएको छ,’उनले प्रश्न र उत्तर जस्ताको त्यस्तै पढ्दै भनिन्,‘नेपाल सरकारको बहालवाला कर्मचारी भएर, जिम्मेव