राजनीतिलाई अदालतको विषय बनाउन हुँदैन : वरिष्ठ उपाध्यक्ष पोखरेल

नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राजनीतिलाई अदालतको विषय बनाउन नहुने बताएका छन्। अनेरास्ववियुले आज आयोजना गरेको ‘सङ्गठन विस्तार तथा सदस्यता वितरण महाअभियान’ कार्यक्रममा उनले लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएकाले निर्वाचनमा जानुको विकल्प नभएको उल्लेख गरे । जबसम्म पार्टी रुपान्तरण हुन सक्दैन तबसम्म लोकतन्त्रको रक्षा हुन नसक्ने वरिष्ठ उपाध्यक्ष पोखरेलको भनाइ थियो । चितवन महाधिवेशनबाट एमाले थप एकताबद्ध भएको उनले बताए । “एमाले जनता र कार्यकर्तामा भिजेको पार्टी हो”, उनले भने । एमाले नै मुल...