भारतमा २०१ दिनपछिकै सवैभन्दा कम संक्रमित, सक्रिय संक्रमित पनि न्युन

असोज १२, नयाँदिल्ली(भारत) । भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितहरुको सङ्ख्या २०१ दिनपछिकै सवैभन्दा कम भएको छ । पछिल्लो समय दैनिक संक्रमितहरुको सङ्ख्या घट्दै जानेक्रममा मंगलवार झण्डै सात महीना पछिकै कम भएको हो । अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा १८ हजार ७९५ जना मात्रै नयाँ संक्रमित भएका छन् । दैनिक संक्रमितहरुको २० हजारभन्दा कम हुनुलाई सन्तोषजनक अवस्थाको रुपमा लिइएको अधिकारीहरुको भनाइ छ । नयाँ संक्रमितमध्ये आधाभन्दा बढी केरलाका मात्रै रहेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बताएको छ ।            मन्त्रालयका अनुसार केरलामा मात्रै पछिल्लो एक दिनमा ११ हजार ६९९ जना संक्रमित भएका हुन् । केरला बाहेक अन्य क्षेत्रको संक्रमितको सङ्ख्या हेर्दा अत्यन्त न्युन देखिएकाले पनि सन्तोष मान्नु पर्ने अवस्था नै रहेको मन्त्रालयका अधिकारीहरुको भनाइ छ ।            यसलाई अझै घटाउनका लागि खोप अभियानसँगै सतर्कता अपनाउनु पर्ने अभियानलाई निरन्तरता दिइएको मन्त्रालयले बताएको छ । मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म कुल संक्रमितहरुको सङ्ख्या ३ करोड ३६ लाख ९७ हजार ५८१ पुगेको छ ।      कुल संक्रमितमध्ये २ लाख ९२ हजार २०६ जना संक्रमित अवस्थामै रहेका छन् । यो पनि १९२ दिनपछिकै सवैभन्दा कम भएको अधिकारीहरुले बताएका छन् । सक्रिय संक्रमितहरुको अहिलेको सङ्ख्या कुल संक्रमितहरु मध्येको एक प्रतिशतभन्दा पनि कम देखिएको छ । यो सङ्ख्या पनि २०२० को मार्चपछिकै सवैभन्दा कम भएको अधिकारीहरुको भनाइ छ ।            मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म कुल ३ करोड २९ लाख ५८ हजार दुई जना कोरोनाभाइरसबाट संक्रमणमुक्र भएका छन् । ती मध्ये २६ हजार ३० जना पछिल्लो एक दिनमा संक्रमणमुक्त भएका हुन । दैनिक नयाँ संक्रमितभन्दा संक्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै हुदै गएकाले सक्रिय संक्रमितहरुको सङ्ख्या पनि घट्दै गएको हो ।            भारतमा कोरोनाबाट अहिलेसम्म कुल ४ लाख ४७ हजार ३७३ जनाको मृत्यु भएको छ । ती मध्ये १७९ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको मन्त्रालयले बताएको छ । रासस/ एएनआई

सम्बन्धित सामग्री

देशभर १३३ जना कोरोनाका सक्रिय संक्रमित

काठमाडौं : पछिल्लो २४ घन्टामा कोभिड-१९ का १० जना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार २ हजार ७६८ जनामा गरिएको परीक्षणमा १० जना संक्रमित भेटिएका हुन्। आज १६ जना संक्रमित संक्रमणमुक्त भएका छन्। हाल देशभर १ सय ३३ जना सक्रिय संक्रमित रहेका छन् भने उपत्यकामा ३० जना सक्रिय संक्रमित रहेका छन्। हालसम्म देशको ९५ प्रतिशत जनसंख्याले कोरोनाविरुद्ध खोप लगाइसकेका छन्।

देशभर ३ हजार १३५ जना सक्रिय संक्रमित

नेपालमा कोरोनाका सक्रिय संक्रमित घट्दै गएका छन्। स्वास्थ्य मन्त्रालयको विवरणअनुसार हाल देशभर ३ हजार १३५ जना सक्रिय संक्रमित छन्।

नेपालमा कोरोनाका सक्रिय संक्रमित कति छन्?

नेपालमा हाल  जम्मा ८ हजार ५१७ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।  आइतबार स्वास्थ्य मन्त्रालयले यस्तो जानकारी दिएको हो। मन्त्रालयले दिएको जानकारीअनुसार सक्रिय संक्रमित क्रमशः घट्दै गएका छन्।

५०० भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्ला कति?

नेपालमा अझैं तीन जिल्लामा ५०० भन्दा बढी कोरोनाका सक्रिय संक्रमित रहेका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ, ललितपुर र कास्कीमा ५०० भन्दा बढी सक्रिय संक्रमित छन्।

पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेका जिल्ला घट्दै

हाल ११ वटा जिल्लामा मात्र कोरोनाको पाँच सय बढी सक्रिय संक्रमित रहेका छन्।

नेपालमा कोरोनाका सक्रिय संक्रमित ९० हजार नाघे

नेपालमा कोरोनाका सक्रिय संक्रमित ९० हजार नाघेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ९० हजार ९७ जना सक्रिय संक्रमित पुगेका छन् । त्यसमध्ये अधिकांश संक्रमित घरमै आइसोलेसनमा छन् ।  देशमा कोरोना संक्रमण तीव्ररुपमा फैलिरहेको छ । पछिल्लो २४ घण्टामा ८ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

३७ हजार सक्रिय संक्रमित रहेको उपत्यकामा प्रशासनको एकपछि अर्को कडाइ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबारको तथ्यांकअनुसार काठमाडौं उपत्यकामा ३७ हजार बढी सक्रिय संक्रमित रहेका छन् । उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा २६ हजार ६९८, ललितपुरमा ६ हजार ६१२ र भक्तपुरमा ३ हजार ७८३ जना गरी कुल ९७ हजार ९३ सक्रिय संक्रमित रहेका हुन् । जबकी देशभर सक्रिय संक्रमित ५७ हजार ३२८ जना रहेका छन् । यो भनेको देशभर रहेका कुल सक्रिय संक्रमितमध्ये ६४.७० प्रतिशत उपत्यकामै छन् । जनघनत्वका साथै स्वास्थ्य मापदण्ड पालनामा लापरबाहीलगायतका कारण उपत्यकामा कोरोना संक्रमण भयावह बनेको हो । ओमिक्रोन भेरियन्ट छिटो फैलिने कार...

सात जिल्लामा कोरोनाको पाँच सयभन्दा बढी सक्रिय संक्रमित

मोरङ, सुनसरी, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन र कास्कीमा कोरोनाको पाँच सय बढी सक्रिय संक्रमित छन्।

४५ जिल्लामा पाँच सय बढी सक्रिय संक्रमित

काठमाडौं। देशका ४५ वटा जिल्लामा कोभिड–१९ का पाँच सय बढी सक्रिय संक्रमित रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार प्रदेश १ का तीन, प्रदेश २ का ८, बागमतीका १२, गण्डकीका ४, लुम्बिनीका ९, कर्णालीका २ र सुदुरपश्चिमका ६ जिल्लामा हाल पाँच सय बढी सक्रिय संक्रमित रहेको देखिएको हो। अन्य १४ जिल्लामा दुई सय बढी सक्रिय संक्रमित रहेका छन्।