काठमाडाैं । नेपाली कांग्रेस ललितपुरले क्षेत्र नम्बर ३ बाट प्रत्यक्षमा केन्द्रीय सदस्य धना खतिवडासहित ५ जना उम्मेदवार सिफारिस गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खतिवडासहितका उम्मेदवारहरु सिफारिस गरिएको हो । जसअन्तर्गत केन्द्रीय सदस्य मदनबहादुर अमात्य, जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठ, क्षेत्रीय सभापति महेश्वर थापा, बागमती प्रदेश सभा सदस्य राजीव पौडेल […]