सर्वोच्चले ढुंगानाको मुद्दामा दियो सरकारलाई कारण देखाऊ आदेश

काठमाडौं : नेपाल धितोपत्र बोर्डका पूर्वअध्यक्ष भीष्मराज ढुंगानाको मुद्दामा सर्वोच्च अदालतले सरकारलाई कारण देखाऊ आदेश जारी गरेको छ।सर्वोच्चले सरकारलाई कारण देखाऊ आदेश दिँदै बोर्डका तत्कालीन अध्यक्ष ढुंगानालाई बर्खास्त गर्नुको कारण सोधेको छ।न्यायाधीश तेजबहादुर केसीको इजलाशले कारण देखाउ आदेश जारी गर्दै ढुंगानालाई बर्खास्त गर्नुको कारण सोधेको हो।ढुंगानाले आफूलाई गैरकानुनी रुपमा पदबाट हटाएर अन्याय गरेको भन्दै पुनर्वहाली गरि पाउँ भन्दै कात्तिक ७ गते सर्वोच्चमा रिट हालेका थिए।त

सम्बन्धित सामग्री

एनसेल शेयर बिक्रीविरुद्धको रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

काठमाडौं – सर्वोच्च अदालतले एनसेलको शेयर बिक्रीविरुद्ध परेको मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले अन्तरिम आदेशको छलफलका लागि आगामी पुस १६ गतेको पेसी तोकेको छ । दुवै पक्षलाई छलफलमा बोलाएर अन्तरिम आदेशका विषयमा निर्णय गर्नुपर्ने भन्दै इजलासबाटै पेसी तोकिएको हो । स्वतन्त्र सांसद अमरेस सिंहले गत मंसिर २२ मा […]

टुकुचा अतिक्रमण विवाद : महानगरलाई कारण देखाऊ आदेश जारी

काठमाडौं : टुकुचा खोलाको अतिक्रमण हटाउनेसम्बन्धी विवादमा काठमाडौं महानगरपालिका विरुद्ध परेका २१ मुद्दामा उच्च अदालत पाटनले कारण देखाऊ आदेश जारी गरेको छ।उच्च अदालतका न्यायाधीश किरणकुमार पोखरेलको एकल इजलासले आज महानगरको नाममा कारण देखाऊ आदेश जारी गरेको अदालत प्रशासनले जनाएको छ। रिट निवेदकहरूको मागअनुसार अन्तरिम आदेश किन दिन नपर्ने हो त्यसको कारण पेश गर्न अदालतले आदेश दिएको हो।महानगरपालिकाले केही दिन अघिदेखि टुकुचा खोला खोज्न भन्दै जयनेपाल हल परिसरदेखि हात्तीसार, कमलपोखरी क्षेत्रमा उत्खनन

चार्ल्स शोभराजको मुद्दामा सर्वोच्चको कारण देखाऊ आदेश

काठमाडौँ– श्रृंखलावद्ध हत्या आरोप ठहरपछि जेल जीवन बिताइरहेका भारतीय मुलका फान्सेली नागरिक चार्ल्स शोभराज देशमुखको मुद्दामा सर्वोच्च अदालतले कारण देखाऊ आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले विहीबार बन्दीप्रत्यक्षीकरण मुद्दामा उनलाई थुनामुक्त नगर्नुको कारण पेश गर्न सरकारका नाममा कारण देखाऊ आदेश दिएको हो । जगन्नाथदेवलमा राखिएका शोभराजले उमेर र आधा सजाय कटाइसकेकाले […]

शोभराजको मुद्दामा कारण देखाऊ आदेश जारी

बिकिनी किलरको रुपमा कुख्याती कमाएका फ्रान्सेली नागरिक चार्ल्स शोभराजको मुद्दामा सर्वाेच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले सो आदेश जारी गरेको हो । उमेर हदका कारण कारागारबाट रिहाइ गराइपाउँ भन्दै शोभराजले दिएको बन्दी प्रत्यक्षीकरणको निवेदनमा बिहीबार सिन्हाले प्रधानमन्त्री मन्त्रिपरिषद्को कार्यालय र कारागारको नाममा आदेश जारी गर्दै उमेर पुगिसकेका शोभराजलाई के कारणले रिहा नगरेको भन्दै कारण माग गरेका छन् ।नेपालमा भएको दुई विदेशी नागरिकको हत्यामा संलग्न रह

चार्ल्स शोभराजको मुद्दामा कारण देखाऊ आदेश

सर्वोच्च अदालतले सिरियल किलर चार्ल्स शोभराजको बन्दी प्रत्यक्षीकरणको मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले कारण देखाऊ आदेश जाारी गरेको हो। शोभराजले उमेरका आधारमा कैद छुट...

झलनाथ खनालको उपचार खर्चसम्बन्धी मुद्दामा सर्वोच्चद्वारा कारण देखाऊ आदेश

पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई स्वास्थ्य उपचारका लागि नेपाल सरकारले दिएको ३१ लाख रूपैयाँ फिर्ता गराई पाउँ भन्ने मागसहितको रिट निवेदनमाथि सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।  न्यायाधीश ईश्वर खतिवडाको इजलासले बुधवार कारण देखा देखाऊ आदेश जारी गरेको गरेको हो ।  अधिवक्ता विमलप्रसाद पोखरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय तथा पूर्व प्रधानमन्त्री खनाललाई विपक्षी बनाई रिट निवेदन दर्ता गराएका थिए ।  खनाललाई उपलब्ध गराइएको गैरकानूनी आर्थिक सहयोगले ...

संघीय सरकारविरुद्ध सर्वोच्चद्वारा कारण देखाऊ आदेश

जनकपुरधाम : सर्वोच्च अदालतले प्रदेश २ सरकारद्वारा संघीय सरकार विरुद्ध दायर गरेका विभिन्न मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ।सर्वोच्चको संवैधानिक इजलासमा प्रदेश सरकारले प्रहरी समायोजन, कर्मचारी समायोजन, फौजदारी मुद्दाको क्षेत्राधिकार र भूमिगत सिँचाइ कार्यालय हस्तान्तरण सम्बन्धमा संघीय सरकारविरुद्ध मुद्दा दायर गरेको थियो। यिनै मुद्दामा सर्वोच्चले संघीय सरकारको नाममा कारण देखाऊ आदेश दिएको हो।करिब एक वर्षपछि पालो आएको सुनुवाइमा सर्वोच्चले शुक्रबार संघीय सरकारलाई कारण देखाऊ आदेश जारी गरे

कालीगण्डकी डाइभर्सनविरुद्धको रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी

काठमाण्डाै – कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय परियोजना रोक्न माग गर्दै परेको रिटमा सर्वाेच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले आयोजना कार्यान्वयन गर्न पर्नुको कारणबारे रिटको विपक्षी अर्थात् सरकारसँग जवाफ माग गरेको हो । अधिवक्ताहरू सन्तोष भण्डारी, रामबहादुर शाही र तुलसीराम पोखरेलले  परियोजना कार्यान्वयन नगर्न माग गर्दै गएको असार १८ गते सर्वोच्चमा रिट दर्ता गराउनुभएको थियो  । आज न्यायाधीश केसीको इजलासले साउन ४ गते यो मुद्दामा अर्को सुनुवाइ हुने...

प्रतिनिधिसभा विघटन मुद्दामा कारण देखाऊ आदेश

सर्वाेच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा लिखित जवाफ पेश गर्न सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले बुधबार सो आदेश जारी गरेको हो ।इजलासले उक्त विवादमा आगामी असार ९ गतेदेखि निरन्तर सुनुवाइ गर्ने तय गरेको छ । […]

प्रतिनिधिसभा विघटन मुद्दाः सर्वोच्चद्वारा कारण देखाऊ आदेश

काठमाडौं, जेठ २७ । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलाशले राष्ट्रपतिको कार्यालयसहित विपक्षीसँग ७ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ । बुधवार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा ढुंगाना, ईश्वरीप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलाशले रीट निवेदकको मागअनुसार किन आदेश जारी नगर्ने भन्दै कारण देखाऊ आदेश दिएको छ । कांग्रेस सभापति […]