काठमाडौँ : प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले लैङ्गिक हिंसा घटाउन प्रहरीले शून्य सहनशीलता कायम गरेर निरन्तर काम गरिहेको बताएका छन्।प्रहरी प्रधान कार्यालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयले आज आयोजना गरेको ‘लैङ्गिक हिंसाको वर्तमान अवस्था, चुनौती र आगामी कार्यदिशा’ विषयक कार्यक्रममा प्रहरी महानिरीक्षकले लैङ्गिक हिंसा हुन नदिन प्रहरी कर्मचारीलाई सक्रिय भएर लाग्न निर्देशन दिए।सूचना प्रविधिको विकाससँगै लैङ्गिक हिंसाजन्य आपराधिक घटना भइरहेका र त्यस्ता घटना हु