प्रदेशसभा सदस्य सुवेदीको राजीनामा स्वीकृत

बागमती प्रदेशसभा सदस्य विजय सुवेदीको राजीनामा स्वीकृत भएको छ । चितवनको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा (ख)बाट निर्वाचित प्रदेशसभा सदस्य सुवेदीले आगामी वैशाख ३० गते हुने निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिन दिएको राजीनामा बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले स्वीकृत गरेका हुन् ।उनले बिहीबार दिउँसो सभामुख श्रेष्ठसमक्ष राजीनामा पत्र बुझाएका थिए । बागमती प्रदेशसभा सचिवालयले एक सूचना जारी गरेर उनको राजीनामा स्वीकृत भएको जानकारी दिएको हो । सांसद् प

सम्बन्धित सामग्री

बागमती प्रदेशसभा सदस्य रिता माझी राप्रपा नेपाल प्रवेश

हेटौंडा  ः बागमती प्रदेशसभा सदस्य रिता माझी राप्रपा नेपाल प्रवेश गरेकी छन्।शुक्रबार मकवानपुरको बागमती गाउँपालिका–३ मा आयोजित कार्यक्रममा माझीलाई राप्रपा नेपाल अध्यक्ष कमल थापाले राप्रपा नेपालमा स्वागत गरेका हुन्।  माझीले केहिदिन अघि राप्रपाको केन्द्रीय सदस्य पदबाट राजीनामा दिएकी थिइन्। उनले राप्रपामा गुटबन्दी बढेको भन्दै राजीनामा गरेको थिइन्। माझीलाई राप्रपा नेपालमा स्वागत गर्दै अध्यक्ष थापाले अब कोहि पनि अलमलमा नपरी, भ्रमित नबनी राप्रपा नेपाललाई बलियो बनाउन लाग्नुपर्नेमा जो

राप्रपा बागमती प्रदेशसभा सदस्य रिता माझीले छाडिन् पार्टी

काठमाडौं : राप्रपा केन्द्रीय सदस्य एवं बागमती प्रदेशसभा सदस्य रीता माझी पार्टी परित्याग गरेकी छन्। आइतबार विज्ञप्ति निकाली उनले  पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारीसहित साधारण सदस्यतासमेत परित्याग गरेको बताएकी हुन्।भावनाशून्य, विचारहीन राप्रपामा बसिरहन आत्माले स्वीकार नगरेका कारण आजैका मितिदेखि लागू हुने गरी निर्वाचित केन्द्रीय सदस्यसहित राप्रपाको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको उनले विज्ञप्तिमार्फत जनाएकी छन्।

सुदूरपश्चिम प्रदेशसभा सदस्य मल्ल पदमुक्त

२९ असार, धनगढी । सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्ल पदमुक्त भएका छन् । मल्लले प्रदेशसभा सदस्यबाट राजीनामा गरेको घोषणा गर्दै पत्र स्वीकृत गराइदिन लेखेको पत्र सभामुख अर्जुनबहादुर थापाले प्रदेशसभामा पढेर सुनाएपछि उनी पदमुक्त भएका हुन् । बुधबार बसेको प्रदेशसभा बैठकमा सभामुख थापाले आफू आवद्ध पार्टीले साधारण सदस्य समेत नरहने गरी कारवाही गरेकाले पदबाट राजीनामा गरेको […]

मल्लले त्यागे प्रदेशसभा सदस्य पद

डडेल्धुरा : सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्लले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिने घोषणा गरेका छन्। बिहीबार डडेल्धुरामा पत्रकार सम्मेलन आयोजना गर्दै मल्लले प्रदेशसभा सदस्यबाट राजीनामा गर्ने घोषणा गरेका हुन्।‘राणाकालमा तत्कालीन श्री ३ शासकहरूले आफ्नो गौँडाका हाकिम हटाए झैं नेपाली कांग्रेसको विधि विधान कुल्चेर मलाई दोस्रोपटक नेपाली कांग्रेसको साधारण सदस्यसमेत नरहने गरी हटाएको छ’, उनले भने, ‘मलाई यो पार्टीबाट प्रदेशसभाको निर्वाचित सांसद पदमा रहन नैतिकताले

लुम्बिनी प्रदेशसभा सदस्य दीपेश थारुले दिए राजीनामा

बुटवल– लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य दीपेश थारुले सांसद पदबाट राजीनामा दिएका छन्। बर्दिया २ ‘ख’बाट निर्वाचित भएका थारुले स्थानीय निर्वाचनमा उमेदवारी दिएसँगै पदबाट राजीनामा दिएको प्रदेश सभा सचिवालयले जनाएको छ। थारुले सभामुखसमक्ष दिएको राजीनामा सूचना टाँस गरिएको छ। प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले प्रदेश सभा सञ्चालन नभएकाले सूचना टाँस गरेर राजीनामाबारे जानकारी गराइएको […]

केशव स्थापितले दिए प्रदेशसभा सदस्यबाट राजीनामा

बागमती प्रदेशसभा सदस्य केशव स्थापितले राजीनामा दिएका छन् । काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेबाट उम्मेदवार बन्ने भएपछि उनले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका हुन् ।आइतबार प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठ समक्ष स्थापितले राजीनामा दिएका हुन् ।

वागमती प्रदेशसभा सदस्य सुवेदीको राजीनामा स्वीकृत

८ वैशाख, चितवन । वागमती प्रदेशका प्रदेशसभा सदस्य विजय सुवेदीले राजीनामा दिएका छन् । चितवनको भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवारका आकांक्षी सुवेदीले दिएको राजीनामा प्रदेशसभा सभामुख सानुकुमार श्रेष्ठले स्वीकृत गरेका हुन् । प्रदेशसभा सचिव कृष्णहरि खड्काले बिहीबार एक सूचना जारी गरी आजैदेखि सुवेदीको ठाउँमा प्रदेशसभा सदस्य पद रिक्त रहेको बताए चितवन क्षेत्र नम्बर २ (ख) बाट […]

लुम्बिनीका एमाले प्रदेशसभा सदस्य डाँगीले दिए राजीनामा

लुम्बिनी प्रदेशसभाका सदस्य अमरबहादुर डाँगी क्षेत्रीले राजीनामा दिएका छन्। दाङ २ (ख) बाट प्रत्यक्ष निर्वाचित डाँगीले बुधबार प्रदेशसभाका सभामुखलाई राजीनामापत्र बुझाएका हुन् ।१९ गते एमाले संसदीय दलको बैठकमा अनुपस्थित डाँगीले राजीनामा पत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीका साथै प्रदेश सरकारप्रति असन्तुष्टि जनाएका छन् । बुधबार एमालेका प्रदेशसभा सदस्य डाँगीले प्रदेश सभाका सभामुखलाई राजीनामा बुझाएको प्रदेशसभा सचिव […]

एमाले लुम्बिनी प्रदेशसभा सदस्य डाँगीले दिए राजीनामा

यमलाल भुसाल, बुटवल । लुम्बिनी प्रदेशकमा नेकपा एमालेका प्रदेशसभा सदस्य अमरबहादुर डाँगी क्षेत्रीले राजीनामा दिर्नु भएको छ । मुख्यमन्त्री शंकर पोखरेलको गृह जिल्ला दाङ २ (ख) बाट प्रत्यक्ष निर्वाचित डाँगीले बुधबार प्रदेशसभाका सभामुखलाई राजीनामा पत्र बुझाउनु भएको हो् । डाँगीको राजिनामा संगै मुख्यमन्त्री पोखरेलको संकट थप जटिल बनेको छ । डाँगीले राजीनामा दिएपछि एमालेसँग ३८ […]