इजरायलद्वारा सिरियाको मुख्य व्यापारिक केन्द्रमा छेप्यास्त्र प्रहार

एजेन्सी, १३ पुस । इजरायली सेनाले सिरियाको मुख्य व्यापारिक केन्द्रमा छेप्यास्त्र प्रहार गरेको छ । सेनाले छापा मार्ने क्रममा सिरियाको मुख्य व्यापारिक केन्द्र लतकिया पोर्टमा आज (मंगलबार) छेप्यास्त्र प्रहार गरेको हो । इजरायली सेनाको आक्रमणबाट उक्त क्षेत्रमा ठुलो मात्रामा भौतिक क्षति भएको जनाइएको छ । स्थानीय मिडिया साना स्टेट न्युजका अनुसार इजरायली सेनाले लतकिया पोर्ट […]

सम्बन्धित सामग्री

व्यापारिक केन्द्र बन्दै मेलौली

पाटन-पञ्चेश्वर सडक सञ्चालन भएसँगै विकासको कामले गति लिँदै गएपछि यहाँको मुहार फेरिन थालेको हो।

दाङका मुख्य बजारमा सडक बत्ती नहुँदा व्यापारी साँझमै पसल बन्द गर्न बाध्य

दाङ । तुलसीपुर बजार पश्चिम दाङ लगायतका पहाडी जिल्लाको व्यापारिक केन्द्र हो । तुलसीपुर व्यापारिक केन्द्र भएता पनि मुख्य बजारमा सडक बत्ती नहुँदा व्यवसायीहरू साँझमै पसल बन्द गर्न बाध्य भएका हुन् । बजारमा भएका केही सीसी क्यामराहरू पनि रातको समय काम गर्दैनन् । तुलसीपुर बजारका साैर्य सडक बत्ती छन् , तर बल्दैनन् । जसका कारण […]

दसैंको मुखमा पनि न्युरोडका व्यापारिक केन्द्र सुनसान

दसैंको समयमा पनि सोचेजस्तो व्यापार नहुँदा न्युरोडका व्यापारीहरु चिन्तित बनेका छन् । काठमाडौंको असन, न्युरोडका व्यपारीहरु दसैंको मुखमा पनि सोचेअनुसारको व्यापार नहुँदा निराश बनेका हुन् ।दसैंको समयमा गत वर्षमा ग्राहकहरुको ठेलाम्ठेल हुने असन र न्युरोड बजार अहिले शुन्य प्राय: छन् । केही चहलपहल त छ तर सोचेअनुसार को चहलपहल भने हुन नसकेको व्यापारीहरुको गुनासो छ […]

काठमाडौंका व्यापारिक केन्द्र सुनसान हुँदा व्यापारी निरास

काठमाडौं । नेपालीहरुकाे महान चाडपर्व दशैं र तिहार नजिकिंदै गर्दा समेत काठमाडौंका व्यापारिक केन्दमा व्यापार हुन सकेकाे छैन् । राम्रो लगाउने मिठो खाने परम्परा अनुसार बजारमा चहलपहल सुरू भएको छ । दशैं सुरू हुनै लाग्दा काठमाडौंका साना तथा ठूला व्यापारीहरू व्यापार नहुँदा निराश भएका छन् । उपभोक्ता महँगीले जीवन धान्न मुश्किल परेको दुखेसो गरेका छन् […]

केशरमहलमा व्यापारिक चलखेल‚ पुरातत्त्वविद् भन्छन्ः व्यापार चलाउनु गलत

काठमाडौं : ऐतिहासिक स्थल नारायणहिटी संग्रहालयको रेष्टुराँ काण्ड र पशुपति धर्मशालामा व्यापारको चर्चापछि केशरमहलको बहस शुरु भएको छ।२०७२ सालको भूकम्पले क्षति पुगेपछि केशरमहल अहिले प्रबलीकरण (रेक्ट्रोफिटिङ)को काम नसकिँदै निजी क्षेत्रलाई सुम्पिने चलखेल शुरु भएको छ।केशरमहल ऋतु अनुसारका कलाले भरिपूर्ण कोठा, भित्ता र झ्याल छन् तर यही ऐतिहासिक महल पहुँचवालाको आँखा त्यहाँ व्यापारिक केन्द्र बनाउनेमा छ।हाल महल, केशर पुस्तकालय सरकारको  शिक्षा,विज्ञान तथा प्रविधि मन्त्र

‘तुलसीपुर व्यापारिक केन्द्र भएकाले विकास आवश्यक छ’

तुलसीपुर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले तुलसीपुर व्यापारिक केन्द्र भएकाले यसको विकास आवश्यक भएको बताएका छन् । चन्द्र सूर्य यातायात प्रालिले तुलसीपुरमा आयोजना गरेको प्रथम प्रादेशिक फेस्टिभलको आज उद्घाटन गर्दै उनले तुलसीपुर एउटा व्यापारिक केन्द्र पनि भएको भन्दै यसलाई अझै व्यवस्थित गर्न सके यहाँको भविष्य उज्जवल हुने बताए । उनले मेला महोत्सव सार्वजनिक समारोह […]

सडक सञ्जाल पुगेसँगै व्यापारिक केन्द्र बन्दै बीपीनगर

डोटी । विकासको प्रमुख पूर्वाधार मानिने सडक सञ्जाल पुगेसँगै डोटीको बीपीनगर क्षेत्र व्यापारिक केन्द्र बन्न थालेको छ । बीपीनगर र आसपासको क्षेत्र अदुवा, बेसारजस्ता कृषि उपजको उत्पादन र निर्यात गर्ने मुख्य क्षेत्रका रूपमा चिनिन्छ । बड्डीकेदार गाउँपालिका–१ मा पर्ने यो क्षेत्रमा वार्षिक करोडौं मूल्य बराबरको अदुवा, बेसार, भटमास, कागतीलगायत कृषि उपजको कारोबार हुने गर्दछ । यसबाहेक यो क्षेत्रमा संकलन हुने तेजपात, सम्य, झ्याउ पाखानबेदलगायतका जडीबुटी बाहिर निर्यात हुन्छ । यहाँबाट ठूलो परिमाणको जडीबुटी नेपालगञ्ज हुँदै भारत जाने गरेको स्थानीयवासी यमप्रसाद भट्टले बताए । तीन दशकअघि यो क्षेत्रमा सडक, स्वास्थ्य, शिक्षालगायत आवश्यक भौतिक पूर्वाधार निर्माण गर्ने प्रयास थालिएको थियो । ‘विकासका दृष्टिमा पहिलेको बीपीनगर र अहिलेको बीपीनगरमा धेरै फरक देखिएको छ’, केदार ज्योतिपुञ्ज बहुमुखी क्याम्पस बीपीनगरका प्रशासकीय अधिकृत यमप्रसाद भट्टले भने, ‘सडक, शिक्षा, स्वास्थ्यजस्ता क्षेत्रमा भइरहेका विकासले पहिलेको भन्दा अहिले आर्थिक क्रियाकलापमा वृद्धि हुँदै गएको छ ।’ डोटी र कैलाली जिल्लाको सीमा क्षेत्र हुँदै बग्ने ठूलीगाड नदी, उत्तरतर्फबाट आउने गडसिरी नदी र कापडी नदीको संगम नजिकैको मैदानी फाँटमा बीपीनगर बजार विस्तार भएको छ । यो क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने उद्देश्यसहित केबुलकार निर्माण गर्न पहल पनि थालिएको छ । यसका लागि बीपीनगरदेखि बनाना केदार हुँदै उदैनी केदारसम्म र अत्तरकाँडाको काफली गाडहुँदै बड्डीकेदारसम्म केबुलकार निर्माणका लागि पहल भइरहेको स्थानीय समाजसेवी पदमराज जोशीले बताए । यो क्षेत्रको नाम बीपीनगर राखिएकाले त्यहाँ घुम्न जाने जो कोहीले पनि नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालालाई स्मरण गर्दछन् । २०४६ सालमा भएको राजनीतिक परिवर्तनसँगै स्थानीय प्रजातन्त्रप्रेमी बासिन्दाको पहलमा यो क्षेत्रलाई बीपीनगर नामकरण गरिएको हो । २०४६ अघिसम्म यो क्षेत्र ‘घोडिलास’ नामले चिनिन्थ्यो । धनगढी–डँडेलधुरा (भीमदत्त) राजमार्गमा पर्ने कैलालीको सहजपुर सडक खण्डबाट बीपीनगरको दूरी १८ किलोमिटर छ । यो सडकलाई साविकको भन्दा थप चौडा बनाएर स्तरोन्नति गर्ने काम भइरहेको छ । सहजपुरदेखि बीपीनगर र बोगटान क्षेत्र हुँदै जिल्ला सदरमुकाम दीपायलसम्मको सडक बन्दै छ । यस्तै धनगढीदेखि स्याउले–बीपीनगर हुँदै दीपायल सम्मको फास्ट ट्र्याक पनि निर्माणाधीन छ । सडक सञ्जालका दृष्टिमा यो क्षेत्र केन्द्र भागमा पर्न थालेकाले पनि यसको महŒव अझ बढ्ने देखिएको छ । यस क्षेत्रमा क्याम्पस, विद्यालय, स्वास्थ्य संस्था, इलाका प्रहरी कार्यालय सञ्चालनमा छन् । सम्भावना र अवसरको खोजी गर्दै स्थानीय युवा करन साउदले यो क्षेत्रमा हालै रू. १ करोडभन्दा बढीको लगानीमा सुविधायुक्त होटेल सञ्चालनमा ल्याएका छन् । रासस

व्यापारिक केन्द्र बन्दै बीपीनगर

–सिद्धराज भट्टविकासको पहिलो पूर्वाधार मानिने सडक सञ्जाल पुगेसँगै डोटीको बीपीनगर क्षेत्र पछिल्ला दशकमा मुख्य व्यापारिक केन्द्र बन्न थालेको छ ।  बीपीनगर र आसपासको क्षेत्र अदुवा, बेसारजस्ता कृषि उपजको उत्पादन र निर्यात गर्ने मुख्य क्षेत्रका रुपमा चिनिन्छ ।बड्डीकेदार गाउँपालिका–१ मा पर्ने यो क्षेत्रमा वार्षिक करोडौं मूल्य बराबरको अदुवा, बेसार, भटमास, कागतीलगायत कृषि उपजको कारोबार हुने गर्दछ । यसबाहेक यो क्षेत्रमा सङ्कलन हुने तेजपात, सम्य, झ्याउ पाखानबेदलगायतका जडीबुटी बाहिर निर

केशरमहललाई व्यापारिक केन्द्र बनाउने योजना

केशरमहलस्थित प्रबलीकरणको चरणमा रहेको केशर पुस्तकालयले चर्चेको करिब ३४ रोपनी जग्गामा व्यापारिक केन्द्र बनाउने योजना अघि सारिएको छ ।

पञ्चदोबाटो बजार दोस्रो ठूलो व्यापारिक केन्द्र

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित पञ्चदोबाटोको बजारलाई सुधार गरिएको छ । नगरपालिकामा दिक्तेल बाहेक अर्को दोस्रो ठूलो व्यापारिक केन्द्र बनाउने उद्देश्यले हरेक शुक्रबार हटिया लाग्ने पञ्चदोबाटो बजारको समग्र सुधार गरिएको हो ।