गण्डकी सरकारद्वारा केन्द्रीय बैंक समक्ष मौद्रिक नीतिमा समावेश गर्नुपर्ने २० बुँदे सुझाव पेश

असार २४, कास्की । गण्डकी प्रदेश सरकारले प्रादेशिक रुपमा मौद्रिक नीती ल्याउन पहल थालेको छ ।  औपचारिक रुपमा सरकारले पहिलो पटक नेपाल राष्ट्र बैंकलाई प्रादेशिक रुपमा मौद्रिक निती ल्याउन पहल गरेको प्रदेश नीति योजना आयोगका उपाध्यक्ष डा रघुराज काफ्लेले बताए । सरकारका तर्फबाट मौद्रिक नीतिमा समावेश गर्नुपर्ने २० बुंदे सुझावहरु राष्ट्र बैंक समक्ष पेश गरेको उपाध्यक्ष काफ्लेले बताए । उनका अनुसार बैक तथा वित्तीय संस्थाको वेस रेटमा मापदण्ड तोकेर प्रिमियम थप गर्ने व्यवस्था गरिनुपर्ने, घरेलु, साना, मझौला उद्योगीहरु एवं महिला उद्यमशिलता तथा कृषि क्षेत्रलाई कर्जा प्रवाह गरिनु पर्ने, कर्जा अवधिभर प्रिमियम स्थिर रख्नका लागि व्यवस्था गर्न माग गरिएको छ ।  त्यसैगरी व्यक्तिगत सम्पत्ती धितो राखी लगानी गर्ने कर्जाको सिमा व्यक्तिगत प्रयोजनका लागि १ करोड पुर्‍याईनुपर्ने, प्राथमिकता प्राप्त कर्जा अन्तरर्गत कृषि क्षेत्रमा प्रदान गरिने कर्जा १५ प्रतिशतबाट २० प्रतिशत पुर्‍याउनु पर्ने, सहुलियतपूर्ण कर्जामा बैंकका प्रत्येक शाखाबाट कम्तिमा १० जना ग्राहकलाई प्रवाह गर्नुपर्ने प्रावधान लागू नभएको देखिएकाले तुरुन्त लागू गर्नुपर्ने पनि सुझाव दिइएको छ ।  त्यस्तै कृषि क्षेत्रका लागि तीनदेखि पाँच प्रतिशत ब्याजमा कर्जा उपलब्घ गराउनुपर्ने, तीन वर्षसम्म घाटामा गएको व्यक्ति वा व्यावसायिक प्रतिष्ठानलाई कर्जा प्रवाह गर्ने बैंकले प्रोभिजनमा राख्ने र बैंकले पेनाल्टी ब्याजसमेत लिदै आएको व्यवस्थालाई संशोधन गरी पाँच वर्ष बनाउनु पर्ने, आर्थिक गतिविधि विस्तार एवं अर्थतन्त्र प्रतिस्पर्धी राख्न सक्ने औसत एकल अंकको ब्याजदर (७ देखि ८ प्रतिशत) भित्र व्यवस्थापन गर्न आगामी मौद्रिक नीति केन्द्रित रहनु पर्ने समेत प्रदेश नीति योजना आयोगले राष्ट्र बैंकलाई सुझाव दिएको हो । सरकारले यूवा उद्यमशिलता विकासको बजेटमा स्नातक शैक्षिक योग्यता हासिल गरेका यूवालाई शैक्षिक प्रमाणपत्र धितो राखि ५% ब्याज दरमा २५ लाखसम्मको सहुलियत कर्जा व्यवस्था गर्ने नीति ल्याईएकाले यसको सफल कार्यान्वयको लागी आगामी मौद्रिक नीति मार्फत सम्बोधन गरिनुपर्ने, हालै प्रस्तुत बजेटबाट नव उद्यमीलाई शुरुवात तथा नवप्रवर्तक र इनोभेसन परियोजनाहरुको पूँजी व्यवस्थाका लागि १% ब्याजदरमा २५ लाख रुपैयाँसम्मको व्यवस्था गर्न आग्रह गरेको छ । यस्तै सामाजिक उत्तरदायित्व अन्तर्गत पनि खर्च गर्न सक्ने व्यवस्थालाई सफल कार्यान्वयनको लागि सरल सहज निर्देशिका आगामी मौद्रिक नीतिमा सम्बोधन गरिनु पर्ने सुझाव दिएको छ ।  यस्तै नेपाल राष्ट्र बैंकलाई बर्तमान संघीय शासन व्यवस्था अनुकुल हुने गरी पुनसंरचना गरी शाखाहरुलाई थप अधिकार प्रदान गरी नियमन तथा सुपरीवेक्षण गर्न सक्ने गरी अधिकार सम्पन्न गराउनु पर्ने, विलासिताका वस्तुको आयातमा परिमाणात्मक वन्देज लगाउन सहयोग हुने गरि मौद्रिक नीति जारी गरिनुपर्ने, विद्युतिय भुक्तानीलाई प्रोत्साहित गर्न त्यस्तो भुक्तानीमा रिवेटको व्यवस्था गरिनुपर्ने, रुग्ण उद्योगलाई पुनस्थापित गर्न सहुलियत कर्जाको व्यवस्था गर्नुपर्ने सुझाव दिइएको छ । बैंक कर्जा लिन धितो मूल्याङ्कनको लागि नेपाल राष्ट्र बैंकले नियम बनाई मुल्यांकनकर्ताको सूचिकरण गर्ने र सूचीकृत मुल्यांकनकर्ता मध्येबाट परियोजना मूल्याङ्कनको लागि ऋणीले मुल्यांकनकर्ता छनौट गर्न पाउनु पर्ने व्यवस्था गर्नुपर्ने, नेपाल राष्ट्र बैंकले एक सफ्टवयर तयार गरी अनलाइन ग्राहक पहिचान विवरण भर्न सक्ने र ग्राहकले आफ्नो विवरण सच्याउने वा संशोधन गर्नसक्ने गर्नुपर्ने समेत सुझाब दिएको छ । बजेट घाटा पूर्ति गर्न सरकारले उठाउने २५० अर्ब रुपैयाँको आन्तरिक ऋणले गर्दा लगानी योग्य रकमको अभाव झन् बढ्ने भएकाले यसको प्रभाव न्यूनिकरण गर्ने किसिमको मौद्रिक नीति ल्याउनु पर्ने उल्लेख छ। त्यस्तै प्रदेशमा जलविद्युत् र पर्यटन उद्योगको लागि विशेष आर्थिक प्याकेजको व्यवस्था गरिनुपर्ने,सवै स्थानीय पालिकाहरुमा बैंकका शाखा पुगेकाले अब आगामी तीन वर्ष भित्र प्रदेश भित्रका सबै वडामा कम्तिमा एक वाणिज्य बैंक वा विकास बैंकको शाखा पुग्नुपर्ने निर्देशन जारी हुनुपर्ने समेत सुझाब दिएको छ । देश संघीयतामा गएपछि नेपाल राष्ट्र बैंकले जारी गर्ने मौद्रिक नीतिले प्रदेशगत विशेषता, आवश्यकता र सम्भावनाहरुलाई ध्यान दिन नसकेका कारण प्रदेशमा पर्याप्त मात्रमा रोजगार र गरीबी निवारण सहित आर्थिक विकास हुन नसकेको उपाध्यक्ष काफ्लेको दाबी छ ।  यसपटक गण्डकी प्रदेशका निजी क्षेत्रसंगको सहकार्यमा प्रादेशीक मौद्रिक नीती ल्याउने बिषयमा छलफल गरेर सुझाव दिएकोले उपाध्यक्ष काफ्लेले बताए । प्रदेशले आफ्ना प्राथमिकताका क्षेत्रहरुमा उर्जा कृषि, उद्योग, पूर्वाधार, मानव संसाधन लगायतका क्षेत्रलाई समेत महत्वपूर्ण क्षेत्रका रुपमा स्वीकार गरेको उनले बताए । 

सम्बन्धित सामग्री

मूल्यवृद्धि नियन्त्रणमा चुकेको मौद्रिक नीति

अन्तर्राष्ट्रिय स्तरमा देखा परेको उच्च मुद्रास्फीति नियन्त्रण गर्न अधिकांश केन्द्रीय बैंकले कसिलो मौद्रिक नीति अवलम्बन गर्ने गरेका छन् । खासगरी संयुक्त राज्य अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले गरेको फेडरल फन्ड रेटको वृद्धिका कारण विकासशील देशका मुद्रा अवमूल्यन हुन थालेका छन् । अन्तर्राष्ट्रिय मुद्राकोषले सार्वजनिक गरेको ‘वल्र्ड इकोनोमिक आउटलुक’ मा विश्व अर्थव्यवस्था सन् २०२२ मा ३.४ […]

उदार बन्न नसकेको मौद्रिक नीति

नेपालीमा एउटा उखान छ, ‘जसोजसो बाहुनबाजे उसैउसै स्वाहा’ । विगत लामो समयदेखि नै देशका कुनै पनि संयन्त्र राजनीतिबाट चोखिन सकेका छैनन् । स्वतन्त्र भनिएको केन्द्रीय बैंक पनि भागबन्डा, अंशबन्डामै परेको हो, तथापि अरू संयन्त्रको तुलनामा यो संस्थाको संस्थागत मेमोरी अलि बढी छ भन्नुपर्छ, राजनीतिको कोपभाजनमा चाहिँ परेकै हो । दलको उपहार महँगीको पीडामा जनता भने […]

आगामी मौद्रिक नीति सुझाव–१

मुलुकको केन्द्रीय बैंक यतिखेर चालु आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गर्ने तयारीमा छ । सरकारले गत जेठ १५ मा सार्वजनिक गरेको बजेटलाई सहयोग गर्ने गरी राष्ट्र बैंकले मौद्रिक नीति तय गर्ने प्रयास गर्छ । यो वर्षको मौद्रिक नीतिका मुख्य दुई कार्यभार छन्– गत आर्थिक वर्षभरी सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउने गरी मौद्रिक उपकरण ल्याउने र […]

कस्तो मौद्रिक नीति ?

आगामी आर्थिक वर्ष (आव) को मौद्रिक नीतिको तयारीमा केन्द्रीय बैंक जुटिसकेको छ । मौद्रिक नीतिको तयारी हुँदै गर्दा विभिन्न क्षेत्रले सुझाव दिने क्रम जारी छ । पूर्वगभर्नरहरूले पनि आगामी मौद्रिक नीतिमा सुझाव दिएका छन् । समग्र अर्थतन्त्रलाई दृष्टिगत गरी कसिलो, खुकुलो, सन्तुलित खालको मौद्रिक नीतिको आवश्यकतामा सुझाव दिने क्रम जारी छ । तर, नेपालको सन्दर्भमा यी सबै खाले नीतिले अर्थतन्त्रका मूलभूत समस्यालाई सम्बोधन गर्न सक्दैनन् । नेपालको विकास नै असन्तुलित भएकाले कुनै निश्चित विषयगत पक्षलाई सहयोग गर्ने मौद्रिक नीति चाहिन्छ ।  नेपालमा घरजग्गाको भाउ बढेको छ, शेयरमा लगानी गर्नेको संख्या बढेको छ, सेवाक्षेत्रले अर्थतन्त्रमा दिने योगदान निकै बढेको छ तर दिगो अर्थतन्त्रको आधार मानिने उत्पादन बढाउने काममा खासै सफलता प्राप्त हुन सकेको छैन । कुनै क्षेत्रको विकास चाहिनेभन्दा बढी भइसकेको छ भने कुनैमा केही पनि काम हुन सकेको छैन । त्यसैले अब विषयगत क्षेत्रका आधारमा मौद्रिक नीति आउनुपर्छ ।  अब पनि सबैलाई खुशी बनाउने वा समेट्ने नाममा एकैखाले नीति लिइयो भने यसले अर्थतन्त्रको विद्यमान समस्या समाधानमा खासै योगदान गर्न सक्दैन । सबै क्षेत्रका लागि एकै खाले नीति लिँदा कस्तो असर पर्छ भन्ने कुरा कोरोना महामारीको बेला शुरू गरिएको पुनर्कर्जा तथा चालू पूँजी कर्जालाई हेर्दा थाहा हुन्छ । जुन क्षेत्रलाई सहयोगको आवश्यकता परेको हो, त्यसमा सहयोग गर्ने नीति लिएको भए अहिले बैंकिङ क्षेत्रमा देखिएको ब्याजदरलगायतको समस्या नआउन सक्थ्यो । वास्तवमा कोरोना महामारीको बेला सबै क्षेत्रलाई समान सहयोग चाहिएको थिएन ।   मौद्रिक नीतिले कुनै पनि विषयगत क्षेत्रको पक्ष लिँदा ध्यान दिनुपर्ने कुरा यति मात्र हो, त्यस्तो नीति तर्कसंगत, न्यायपूर्ण, पारदर्शी र सर्वसाधारणले पत्याउने खालको होस् । यस्तो नीति लिँदा विभिन्न स्वार्थ जोडिन सक्छ । यस्ता स्वार्थबाट कसरी मुक्त हुने भन्ने चुनौती चाहिँ हुन्छ ।  त्यसैले कसिलो, खुकुलो, सन्तुलित मौद्रिक नीतिको बहस नेपालका लागि कुनै अर्थ छैन । यस्तो बहस त अमेरिका, बेलायतजस्तो सम्पन्न मुलुकका लागि हो, जहाँको मौद्रिक नीतिले स्थायित्व पाइसकेको हुन्छ । कुनै एउटा नीति चलाउँदा ती मुलुकमा अनेक परिवर्तन आउन सक्छन् । उदाहरणका लागि ती मुलुकमा मुद्रास्फीति कम गर्न कुनै एक नीतिलाई चलाउँदा काम गर्न सक्छ । तर, नेपालको अर्थतन्त्र सुधार गर्न यस्तो नीतिले खासै काम गर्दैन । त्यसैले यतिखेर केन्द्रीय बैंक कुन क्षेत्रको पक्ष लिने भन्नेमा स्पष्ट आधार खोज्नतिर केन्द्रित हुनुपर्छ ।  राष्ट्र बैंकले कर्जा प्रवाहका लागि केही क्षेत्रको प्राथमिकीकरण पनि गरेको छ । तर, त्यो पर्याप्त देखिँदैन । किनकि कृषिक्षेत्रलाई प्राथमिकता दिएर मात्र नपुग्ने भयो । कृषि उत्पादनकै कुरा गर्ने हो भने कुनै वस्तुको पर्याप्त उत्पादन भइसकेको छ भने कुनैको उत्पादन नै छैन । यो कुरा ऊर्जालगायतमा पनि लागू हुन्छ । त्यसैले अहिलेको आवश्यकता र उठाउनु पर्ने क्षेत्र के हो भन्ने कुरा सबभन्दा पहिला पहिचान गरी पक्ष लिन सक्नुपर्छ ।  मुलुकले लगानी गर्दा दुईओटा पक्षमा बढी ध्यान दिनुपर्छ : पहिलो तत्काल लाभ मिल्ने क्षेत्र र अर्को दूरगामी असर पार्ने क्षेत्र । अहिले अर्थतन्त्र समस्यामा भएकाले तत्काल लाभ मिल्ने क्षेत्रमा लगानी व्यापक रूपमा बढाउन आवश्यक छ । अबको मौद्रिक नीतिले यस्ता कुरामा ध्यान दिन आवश्यक छ ।

मौद्रिक नीति : निजी क्षेत्रको आक्रोश

भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डियाले ब्याजदर बढाएको छ । मौद्रिक नीति कमिटीको बैठकले रिपो रेटलाई ३५ बेसिस प्वाइन्ट्स अर्थात् ०.३५ प्रतिशतले बढाएर ६.३५ प्रतिशत पुर्‍याएको हो । यसअघि ५० आधार बिन्दुले ब्याज वृद्धि गरिएकोमा यसपटक पहिलेको भन्दा कम वृद्धि भएको हो । रिपो रेट भनेको बैंकहरूले केन्द्रीय बैंकसँग ऋण लिँदा तिर्ने ब्याजदर हो […]

मौद्रिक नीति र नेपाल राष्ट्र बैंकको दायित्व

विगत लामो समयदेखि नै देशका कुनै पनि संयन्त्रहरू राजनीतिबाट चोखिन सकेका छैनन् । स्वतन्त्र भनिएको केन्द्रीय बैंक पनि दल भनौँै राजनीतिको कोपभाजनमा परेका धेरै वर्ष भइसकेको छ । एम अधिकारी दलका हुन् कि सरकारका हुन्, हाम्रो खोजीको विषय भएन तर दलमा नलागी कुनै पद पाइँदैन यो देशमा, यो भने सत्य हो र सरकारभन्दा माथि दल […]

शुक्रबार मौद्रिक नीति ल्याउने तयारीमा केन्द्रीय बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति आज शुक्रबार ल्याउने अन्तिम तयारी गरेको छ । बिहीबार प्रधानमन्त्रीलाई मौद्रिक नीतिका सम्बन्धमा ब्रिफिङ गरिसकेको र शुक्रबार बिहान बस्ने बोर्ड बैठकले मौद्रिक नीति ल्याउने कि रोक्ने भन्ने निर्णय गर्ने राष्ट्र बैंकका प्रवक्ता गुणाकार भट्टले बताए । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई […] The post शुक्रबार मौद्रिक नीति ल्याउने तयारीमा केन्द्रीय बैंक appeared first on राजधानी राष्ट्रिय दैनिक.

कार्यान्वयनको पर्खाइमा मौद्रिक नीति

केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले शुक्रबार चालू आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । कोभिडले थलिएको अर्थतन्त्रलाई ध्यानमा राखेर राष्ट्र बैंकले यस वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । गत आवमा पुनर्कर्जा तथा सहुलियत कर्जाका विभिन्न कार्यक्रमहरू ल्याएको मौद्रिक नीतिले यस वर्ष साना व्यवसायहरूलाई पनि विशेष ध्यानमा राखेको छ । वित्तीय स्थायित्व, राहत […]

कार्यान्वयनको पर्खाइमा मौद्रिक नीति

केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले शुक्रबार चालू आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । कोभिडले थलिएको अर्थतन्त्रलाई ध्यानमा राखेर राष्ट्र बैंकले यस वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । गत आवमा पुनर्कर्जा तथा सहुलियत कर्जाका विभिन्न कार्यक्रमहरू ल्याएको मौद्रिक नीतिले यस वर्ष साना व्यवसायहरूलाई पनि विशेष ध्यानमा राखेको छ । वित्तीय स्थायित्व, राहत […]