मौद्रिक नीतिमा कडाइ गर्ने गभर्नरको संकेत, भने-महामारीमा दिएको सहुलियत घट्न सक्छन्

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति आन्तरिक उत्पादन बढाउनतर्फ केन्द्रित हुने बताएका छन् ।आज नेपाल व्यवस्थापन संघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले भने, ‘आगामी वर्षको मौद्रिक नीति आन्तरिक उत्पादन बढाउनतर्फ केन्द्रित हुनेछ ।’ यस्तै, विगतका वर्षमा कोभिड महामारीको समयमा दिइएका सहुलियतहरू दीर्घकालीन नहुने र त्यसलाई घटाउने समय आएको उनको भनाइ छ । यसले केन्द्रीय बैंक आगामी वर्षको मौद्रिक नीति कसिलो बनाउनतर्फ केन्द

सम्बन्धित सामग्री

खुकुलो मौद्रिक नीति आए अटो विक्री बढ्ने आशमा अटोमोबाइल्स व्यवसायी

काठमाडौं। विदेशी मुद्रा सञ्चितिमा दबाब पर्न थालेपछि आर्थिक वर्ष (आव) २०७८/७९ को अन्त्यतिर सरकारले अटो कर्जासम्बन्धी व्यवस्थामा कडाइ गर्‍यो । त्यसको केही समयपछि अटोमोबाइल्सको आयातमै सरकारले प्रतिबन्ध लगायो । कर्जामा कडाइ र आयात प्रतिबन्धले अटोमोबाइल्स व्यवसाय नै धराशयी  बन्न पुग्यो ।  अटोमोबाइल्स व्यवसायीको दबाब र वैदेशिक मुद्रा सञ्चितिमा सुधार आएपछि सरकारले आयात प्रतिबन्ध हटाइसकेको छ । तैपनि अटोमोबाइल्सको विक्री  बढ्न नसकेको व्यवसायी बताउँछन् ।  अटो व्यवसायीले अहिलेको समयमा विक्री नबढ्नुमा बजारमा व्याप्त आर्थिक शिथिलता र ग्राहकको क्रयशक्तिमा आएको कमीको हात रहेको बताएका छन् । कसिलो मौद्रिक नीतिले परिस्थितिलाई अझ खराब बनाएको उनीहरूको दाबी छ ।  नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आगामी मौद्रिक नीतिमार्फत अटो कर्जामा जोखिम भार कम गर्न र हायर पर्चेज कर्जाको सीमा बढाउन सरकारलाई सुझाव दिएको छ । गतवर्षबाट वृद्धि भई १ सय ५० प्रतिशत कायम भएको अटो कर्जाको जोखिम भारलाई पुरानै ७५ प्रतिशत कायम गर्नुपर्ने नाडाको माग छ ।  नाडाले हायर पर्चेज कर्जाको सीमालाई पनि अहिलेको ५० प्रतिशतबाट बढाएर ८० प्रतिशत कायम गर्न आग्रह गरेको छ । पहिले पनि हायर पर्चेज कर्जाको सीमा ८० प्रतिशत नै थियो ।  बैंक तथा वित्तीय संस्थामा तरलताको अवस्था सुधार भइसक्दा पनि उच्च जोखिम भारका कारण अटोमोबाइल्स क्षेत्रमा लगानी नआएको नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष धुव्र थापा बताउँछन् । ‘अहिले पहिलेको जस्तो तरलता अभावको  स्थिति छैन ।  बैंक, वित्तीय संस्थामा आवश्यक तरलता छ । तर, अटोमोबाइल्सको उच्च जोखिम भारका कारण वित्तीय क्षेत्रले लगानी गरिरहेको छैन,’ उनले भने, ‘विदेशी मुद्रा सञ्चितिमा रहेको दबाबका कारण पनि जोखिम भार बढेको थियो । तर, अहिले त विदेशी विनिमय सञ्चितिमा त्यस्तो दबाब पनि छैन । आगामी मौद्रिक नीतिबाट जोखिम भार घटाउनैपर्छ भन्ने हाम्रो माग हो ।’ नाडा अध्यक्ष थापाका अनुसार हायर पर्चेज कर्जाको सीमा पनि ८० प्रतिशत कायम गर्नुपर्छ । सबैतिर आर्थिक शिथिलता छ । ५० प्रतिशतको सीमाले किन्दा नै आधा रकम तिर्नुपर्दा ग्राहक भेट्न गाह्रो हुन्छ, जसबाट विक्री  घट्न पुग्छ । अटोमोबाइल्स विक्री घट्दा त्यसको असर सरकारको राजस्वमा पनि पर्ने उनले बताए । चालू आवमा कम राजस्व संकलन हुनुको कारण अटोमोबाइल्सको विक्री घट्नु नै रहेको नाडा अध्यक्ष थापाको भनाइ छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पनि अटोमोबाइल्स व्यवसायीका मागलाई सकारात्मक रूपमै लिएको अध्यक्ष धुव्र थापाले जानकारी दिए । ‘आर्थिक स्थिति गतवर्षको तुलनामा सुधार भएकै हो । अब तपाईंहरूको यो मागको सन्दर्भमा के कति गर्न सकिन्छ, त्यो कुरालाई आगामी मौद्रिक नीतिमा समेटने प्रयास गर्नेछौं,’ गभर्नर अधिकारीको भनाइ उद्धत गर्दै नाडा अध्यक्ष थापाले भने ।  आर्थिक अभियानले अटोमोबाइल्स व्यवसायीको मागका विषयमा नेपाल राष्ट्र बैंकमा बुझ्न खोज्दा कुनै प्रतिक्रिया प्राप्त भएन । राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलले अहिले यो विषयमा केन्द्रीय बैंकले कुनै टिप्पणी नगर्ने बताए । ‘यस विषयमा नेपाल राष्ट्र बैंकको विचार मौद्रिक नीतिमार्फत नै स्पष्ट रूपमा आउँछ । अहिले हामी केही बोल्दैनौं,’ सहप्रवक्ता पोखरेलले भने ।

गभर्नरले भनेअनुसारको कडा मौद्रिक नीति, उद्योगी-व्यवसायीको मिश्रित टिप्पणी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पहिलेदेखि नै यस वर्ष कडा मौद्रिक नीति आउने अभिव्यक्ति दिँदै आएका थिए । निजी क्षत्रले आयोजना गरेको मौद्रिक नीतिमाथिको छलफल कार्यक्रममा पनि अधिकारीले मौद्रिक नीतिमा अझ कडाइ हुने बताएका थिए । अर्थतन्त्र संकटमा छ । अर्थतन्त्र चलायमान बनाउने किसिमको मौद्रिक नीति आउने उनको भनाइ थियो । शुक्रबार […]

राष्ट्र बैंकले सेयर धितो ऋणमा गर्‍यो कडाइ : ऋणको ग्राहक सीमा ४ करोड तय

काठमाडौं : नेपाल राष्ट्र बैंकले मौद्रिक नीति कार्यान्वयन गर्दै सेयर धितो ऋणमा कडाइ गरेको छ। मौद्रिक नीतिमा भएका कार्यक्रमहरु कार्यान्वयन गर्न मंगलवार निर्देशन जारी गर्दै राष्ट्र बैंकले सेयर धितो ऋणमा कडाइ गरेको हो। राष्ट्र बैंकले सेयर धितो ऋणको ग्राहक सीमा ४ करोड तय गरेको छ। यो एउटा संस्थाको सीमा हो। सबै…

सेयर धितो ऋण बढीमा १२ करोड मात्र लिन पाइने

सेयर धितो ऋण बढीमा १२ करोड लिन पाइने भएको छ ।  नेपाल राष्ट्र बैंक सार्वजनिक गरेको मौद्रिक नीतिमा सेयर धितो ऋणमा कडाइ गरिएको हो। मौद्रिक नीति अनुरुप अब एक बैंकबाट बढीमा ४ करोड र सबै संस्था गरेर १२ करोड रुपैयाँसम्म ऋण लिन पाइनेछ।कर्जा, पुँजी, निक्षेप अनुपात ८५ प्रतिशतबाट ९० प्रतिशत पुर्याइएको राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताए। कर्जा स्रोत परिचालन अनुपात सम्बन्धि ब्यवस्था भने राष्ट्र बैंकले खारेज गर्ने भएको छ।

मौद्रिक नीतिमा ढिलाइ हुने भएपछि राष्ट्र बैंकले जारी गर्‍यो निर्देशन

काठमाडौँ - नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको नगद लाभांश वितरणमा कडाइ गरेको छ । विगतका वर्षहरूमा मौद्रिक नीतिमार्फत व्यवस्था फेरबदल गर्ने गरेको राष्ट्र बैंकले मौद्रिक नीति ल्याउन ढिलाइ हुने भएपछि निर्देशिका जारी गरेको हो ।  आर्थिक वर्ष २०७७/७८ को खुद वितरणयोग्य मुनाफाको ३० प्रतिशत मात्रै नगद ल…

मौद्रिक नीतिमा ढिलाइ हुने भएपछि राष्ट्र बैंकले जारी गर्‍यो निर्देशन

काठमाडौँ - नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको नगद लाभांश वितरणमा कडाइ गरेको छ । विगतका वर्षहरूमा मौद्रिक नीतिमार्फत व्यवस्था फेरबदल गर्ने गरेको राष्ट्र बैंकले मौद्रिक नीति ल्याउन ढिलाइ हुने भएपछि निर्देशिका जारी गरेको हो ।  आर्थिक वर्ष २०७७/७८ को खुद वितरणयोग्य मुनाफाको ३० प्रतिशत मात्रै नगद ल…

मौद्रिक नीतिमा ढिलाइ हुने भएपछि राष्ट्र बैंकले जारी गर्‍यो निर्देशन

काठमाडौँ - नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको नगद लाभांश वितरणमा कडाइ गरेको छ । विगतका वर्षहरूमा मौद्रिक नीतिमार्फत व्यवस्था फेरबदल गर्ने गरेको राष्ट्र बैंकले मौद्रिक नीति ल्याउन ढिलाइ हुने भएपछि निर्देशिका जारी गरेको हो ।  आर्थिक वर्ष २०७७/७८ को खुद वितरणयोग्य मुनाफाको ३० प्रतिशत मात्रै नगद ल…

सेयरबजारमा मौद्रिक नीति समीक्षाको प्रभाव, अधिकांश लघुवित्त कम्पनीमा सर्किट

मौद्रिक नीतिमा लघुवित्तहरूको सेयर खरिदबिक्रीमा वाणिज्य बैंक तथा विकास बैंकलाई कडाइ गर्ने कुराले यस उपसमूहको परिसूचक खासै बढ्न सकेको थिएन । तर, समीक्षामा त्यस्तो कुनै व्यवस्था नभएपछि आज लघुवित्त कम्पनीको सेयर मूल्यमा उछाल आएको हो ।