अफिम खेती र यसको उत्पादन लामो समयदेखि अफगानिस्तानको इतिहाससँग जोडिएको छ । अफगानिस्तानका अधिकांश क्षेत्रमा अफिम उत्पादन हुन्छ । सन् २०२१ को अन्त्यसम्ममा विश्वमा उत्पादन हुने कूल अफिम र हेरोइनमध्ये ९० प्रतिशत उत्पादन अफगानिस्तानमा हुने र उत्पादित ९० प्रतिशत अफिम युरोपेली मुलुकमा निर्यात हुने गरेको राष्ट्रसंघको एक प्रतिवेदनमा उल्लेख छ । ल्याटिन अमेरिकी देशमा कोका […]