नेपाल चेम्बर अफ कमर्सले बाँझो जमिन उपयोगमार्फत कृषि उत्पादन अभियान सुरु गर्ने भएको छ । बजेट भाषणमा सरकारले बाँझो जमिनको उपयोग नीति अघि सारेपनि व्यवहारिक कार्यन्वयन हुन नसकेको भन्दै चेम्बरले खाली जमिनको उपयोगमार्फत कृषि उत्पादन वृद्धि गर्ने अभियान थालेको हो । यसका लागि चेम्बरका ७७ वटै जिल्ला कार्यसमिति र अन्य सरोकारवाला निकायहरुसँग सहकार्य गर्न लागिएको चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले बताए । उनले भने, ‘कृषि प्रधान मुलुकमा जमिन बााझो राखेर अहिले पनि वार्षिक २ खर्ब भन्दा बढीको कृषि उपजको आयत गरिरहेका छौं । युवाहरुलाई व्यवसायिक खेतीतर्फ आकर्षित गर्न चेम्बरले आवश्यक सबै समन्वय गर्नेछ ।’