हेटौँडा : पढ्ने र सिक्ने समयलाई उमेर, पद र कुनै अवस्थाले छेक्दैन भन्ने कुरा मकवानपुरका एक वडाध्यक्षले पुष्टि गरेका छन्।जिल्लाको मनहरी गाउँपालिका–१ का वडाध्यक्ष शिवप्रसाद खनालले ५१ वर्षको उमेरमा ३१ वर्षपछि पुनः औपचारिक शिक्षामा फर्किंदै उक्त कुरा पुष्टि गरेका हुन्।वि.सं. २०४८ सालमा बारा कलैयाको सिद्देश्वर संस्कृत विद्यालयबाट द्वितीय श्रेणीमा एसएलसी पास गरेका खनाल ३१ वर्षपछि कक्षा ११ मा भर्ना भएका हुन्। खनाल आफ्नै मनहरीको १ नम्बर वडास्थित बाल जीवन ज्योति विद्यालयको कक्षा ११ मा नयाँ शैक्