विद्यासुन्दर शाक्य: ५ वर्षमा पनि ‘आफ्नै घर’ बनाउन नसकेका देशकै शक्तिशाली मेयर

काठमाडौँ महानगरपालिका देशको संघिय राजधानी हो । भक्तपुर र ललितपुर पनि राजधानी सरह नै भएपनि काठमाडौँ महानगरपालिकाभित्र सिंहदरबार (मन्त्रिपरिषद् कार्यालय), राष्ट्रपति र उपराष्ट्रिका कार्यालय, संसद भवन, सर्वोच्च अदालत, मुलुकको एक मात्रै अन्तराष्ट्रिय विमानस्थल, तीन वटै सुरक्षा निकायका प्रधान कार्यालयहरु र ठूला सरकारी अस्पतालहरु रहेकाले यसको आफ्नै महत्व छ ।२०७४ सालमा २० वर्षपछि स्थानीय तहको निर्वाचन हुँदा नागरिकका आकांक्षा धेरै थिए । काठमाडौँ देशभरीका मानिसहरु कामको र अध्ययनको शिलशिलामा बस्ने शहर हो । यहाँ बसोबास गर्नेहरु सबै मतदाता होइनन्, तर करदाता भने हुन् । स्थानीय स्तरमा सानो तिनो व्यवसाय गर्नेहरु बाहिरी जिल्लाबाट आएको भएपनि उनीहरुले कर यहाँ तिरेका छन् । त्यसकारण उनीहरुको पनि स्वभाविक रुपमा आकांक्षा यहीँका जनप्रतिनिधिसँग हुन्छ ।विद्यासुन्दरः आफ्नै घर बनाउन नसकेका मेयरकाठमाडौँ महानगरपालिकाको चुनावमा एमालेबाट निर्वाचित भएका मेयर हुन् विद्यासुन्दर शाक्य । देशब्यापी एमालेको जनलहर चलिरहको अवस्थामा भएको निर्वाचनमा शाक्यले भारी मतका साथ बाजी मारेका थिए । यसअघिःतीनकुने पार्क बनाउछु भनेका विद्यासुन्दर शिलान्यास नै नगरी बिदा हुँदैशाक्यले ६४ हजार ९१३ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजुराज जोशीले ४५ हजार २६९ मत ल्याएका थिए ।ठूला योजना सबै बिफलशाक्यको घोषणापत्र हेरेर भन्दा पनि देशभर बढिरहेको ‘एमाले र ओली क्रेज’ले उनलाई चुनाव जिताएको थियो । उनले घोषणापत्रमा केही महत्वकांक्षी योजना नबनाएका होइनन् । तर, ती कुनै पनि सफल भएनन् । मोनोरेलविद्यासुन्दर शाक्यको चुनावी घोषणापत्रमा काठमाडौँमा मोनोरेल गुडाउने भनेर लेखिएको थियो । पहिलो वर्ष, दोस्रो वर्ष र तेस्रो वर्षसम्म पनि कुनै ‘रिजल्ट’ नदेखिएपछि मानिसहरुले ‘खोइ मोनोरेल ?’ भनेर शाक्यको आलोचना गर्न थाले । त्यसपछि बल्ल उनले आफ्नो घोषणापत्र सम्झिए र केही छलफल चलाए ।मोनोरेल चलाउने विषयमा महानगर र चिनियाँ कम्पनी सीसीआरसीबीच सम्झौता भएको थियो । सम्झौता अनुसार चिनियाँ कम्पनीबाट महानगरले रिपोर्ट पनि पायो । रिपोर्ट कार्यान्वयन गर्ने सम्बन्धमा छलफल सकेर महानगरले ‘डीपीआर’को अनुमति पनि पाएको थियो । तर, महानगरले डीपीआर नै बनाउन सकेन ।यो पनिःतीनकुनेमा बुद्धपार्कः हल्लै हल्लामा बित्यो विद्यासुन्दरको ४ वर्षफलस्वरुप, काठमाडौँमा मोनोरेल नगुड्ने भयो । यद्यपी, केही दिन अघि मेयर शाक्यले पत्रकार सम्मेलन गर्दै काठमाडौँमा मोनोरेल गुडाउने विषयमा छलफल चलाईराखेको दाबी गरेका छन् ।तिनकुनेमा बुद्ध पार्क तीनकुनेको खाली जग्गा (तीनकुने चउर)मा बुद्ध पार्क बनाउने विषय मेयर शाक्यले निर्वाचनका समयमा जोडतोडले उठाए । उनले आफ्नो घोषणापत्रमा आफूले चुनाव जितेको १ सय दिनमै तीनकुने पार्कको काम सुरु गर्छु भनेका थिए । तर, ५ वर्ष बित्यो, काम त के, मुआब्जा वितरण नै गर्न सकेनन् ।तीनकुने चउर ४६ वर्षदेखि अलपत्र छ । त्यहाँ अत्याधुनिक बुद्ध पार्क बनाउन भनेर डिजाइन बनाइएको पनि वर्षौ भईसक्यो । ‘हामीले मात्रै चाहेर नहुँदो रहेछ, मुआब्जा दिलाउन भनेर हामी विभिन्न विभागमा धायौँ, विभागहरुले पनि मुआब्जा दिलाउँछौँ भने तर, दिलाउन सकेनन् । मुआब्जा नै दिलाउन नसकिएपछि तीनकुनेमा पार्क बनाउन सकेनौँ’ मेयर शाक्यले अहिले यस्तो जवाफ दिन थालेका छन् ।महानगरको आफ्नै भवनमेयर शाक्यको ५ वर्षे कार्यकाल सकिन अब डेढ महिना बाँकी छ । ५ वर्षे कार्यकालमा उनले आफ्नै महानगरको भवन पनि बनाउन सकेनन् । अहिले वडाको उद्घाटन तथा शिलान्यासमा ब्यस्त रहेका शाक्यले महानगरको भवन बन्न नसक्नुमा आफू कारक नरहेको प्रष्टिकरण दिन थालेका छन् ।बागदरबार विवाद र पछिल्लो २ वर्ष कोरोना कहरका कारण आफ्नै कार्यकालमा महानगरको भवन बनाउने सपना पूरा हुन नदिएको मेयर शाक्य बताउँछन् ।उनै शाक्य, पुनः पार्टीले टिकट दिए मेयरमा दोहोरिने दाउमा छन् ।

सम्बन्धित सामग्री

केशव स्थापित काठमाडौंको मेयर बन्ने दौडमा

काठमाडौं, २ वैशाख । काठमाडौं महानगरपालिकाका पूर्व मेयर केशव स्थापित पुनः मेयरको दौडमा बढेका छन् । उनी एमालेबाट मेयरको उम्मेदवारीका लागि सिफारिशमा परेका छन् । स्थापितसँगै काठमाडौंका वर्तमान मेयर विद्यासुन्दर शाक्य पनि सिफारिश नाममा परेका छन् । अन्य सिफारिश नामहरुमा पूर्व राज्यमन्त्री समेत रहेका काठमाडौं क्षेत्र नम्बर ७ का प्रतिनिधि सभा सदस्य रामवीर मानन्धरका अलावा […]

महानगरवासीले दिएको धेरै जिम्मेवारी पुरा गरेको छु : विद्यासुन्दर शाक्य

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरबासीले दिएको धेरै जिम्मेवारी आफूले पूरा गरेको दावी गरेका छन् । मेयर शाक्यले सबै वडालाई प्रशस्त बजेट दिएर आफूले काम गर्ने उचित वातावरण बनाई दिएको पनि बताए । शनिबार काठमाडौं महानगरपालिका– १४ को वडा कार्यालय भवन उद्घाटन गर्दै उनले महानगरबासीको सबै चाहना पूरा गर्न नसके पनि उनीहरुले सुम्पेको धेरैजसो जिम्मेवारी आफूले पूरा गरेको बताए । त्यसका लागि सबै वडामा प्रशस्त बजेटको व्यवस्था गरेको उनको भनाई थियो । मेयर शाक्यले सबै वडा कार्यालयहरुल

मिडियाका हेडलाइनले बिगार्‍यो, जनता मसँग सन्तुष्ट छन् : मेयर विद्यासुन्दर शाक्य

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले मिडियामा आएका हेडलाइनहरुले पनि धेरै कुरा बिगारेको बताएका छन् । आफ्नो कार्यकालमा सम्पदा क्षेत्रमा भएको कामबारे जानकारी गराउन आज (शुक्रबार) पत्रकार सम्मेलन गरेका मेयर शाक्यले सम्पदा संरक्षण सम्बन्धमा उपमेयर र आफूबीचमा देखिएको विवाद सञ्चारमाध्यममा आएको हेडलाइन जस्तो नभएको बताए । केही केही विषयमा उपमेयर हरिप्रभा खड्कीले विवाद ल्याउन […]

डेढ वर्षदेखि प्रयोग भइरहेको आकाशे पुलको मेयर शाक्यले गरे उद्घाटन

२ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य मंगलबार विहान माइतीघर (पुरातत्व विभागअघि)को आकाशे पुलमा जम्बो टोलीसहित उपस्थित भए । शिलालेखसमेत तयार गरेर आकाशे पुल उद्घाटनको तयारी गर्दैगर्दा नियमित रुपमा पुल प्रयोग गर्नेहरु अचम्मित भए । किनकि यो पुल डेढ वर्षअघि नै निर्माण सम्पन्न भएर हाल प्रयोग भइरहेको छ । स्थानीय तहको चुनाव घोषणायता […]

पार्टीले टिकट दिए फेरि महानगर प्रमुखमा उठ्छु : विद्यासुन्दर शाक्य

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पार्टीले टिकट दिए फेरि महानगर प्रमुखमा उम्मेदवारी दिने बताएका छन् । मेयर शाक्यले पार्टीले पार्टीले टिकट दिए महानगर प्रमुखमा उम्मेदवारी दिने तर प्रदेश र केन्द्रमा चुनाव नलड्ने बताए ।शुक्रबार नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिद्वारा आयोजित महानगर र मिडियाको भूमिका विषयक  अन्तरक्रिया  कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘पार्टीले मेयरमा फेरि उठनुस भन्यो भने भने  उम्मेदवारी दिन्छु तर प्रदेश र केन्द्रमा  भने चुनाव&nbs

मलाई बागदरबार मास्ने भयो भन्ने आरोप लगाइयो : विद्यासुन्दर शाक्य

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आफुमाथि बागदरबार मास्न लाग्यो भन्ने अनावश्यक आरोप लगाएको भन्दै गुनासो गरेका छन् । आरोप लागउनेहरुप्रति गुनासो गर्दै मेयर शाक्यले कसैको अनावश्यक चरित्र हत्या गरेर आफुलाई उच्चो नठान्न पनि आग्रह गरे । आइतबार काठमाडौं महानगरपालिका वडा नम्बर २७ को वडा भवन शिलान्यास गर्दै उनले  हरि भवनलाई बागदरवार भनेर मुद्दा हाल्ने काम गरी काममा अवरोध गरेको समेत गुनासो गरे ।‘हरि भवनलाई बागदरबार भन्नु भनेको मरेको मान्छे जिउँदो छ भने जस्तै हो’ उनले भने ।

मेयर शाक्य र सहसचिव ज्ञवालीलाई अख्तियारले यसरी दियो उन्मुक्ति

८ पुस, काठमाडौं । बोलपत्रको अनुचित ‘मूल्यांकन प्रतिवेदन’ तयार गरेर भवनको ठेक्का लगाउने कार्यमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीको प्रत्यक्ष संलग्नता देखिएको छ । ‘बोलपत्रहरुको मूल्यांकन प्रतिवेदनमा गलत लिखत तयार गरी निर्माण व्यवसायी छनौट गरेको’ ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २९ मंसिरमा महानगरका पाँच जना कर्मचारीविरुद्ध विशेष अदालतमा […]

विद्यासुन्दर शाक्य पुरातत्व विभागप्रति आक्रोशित

काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) विद्यासुन्दर शाक्य पुरातत्व विभागप्रति आक्रोशित भए ।आइतबार सेतो मच्छिन्द्रनाथ मन्दिरको संरक्षण तथा प्रवलीकरणका लागि शिलान्यास समारोहमा बोल्दै मेयर शाक्यले पुरातत्व विभागका कारण सम्पदाहरूको पुनर्निर्माणका क्रममा विवाद हुने गरेको बताए । कमलपोखरीको निर्माणका क्रममा पनि पुरातत्व विभागकै कारण विवाद उत्पन्न भएको मेयर शाक्यले बताए ।अहिले पुरातत्व विभागले कमलपोखरीको वातावरण हेरेर निर्णय गर्न […]

गगन थापादेखि किन ‘फायर’ छन् मेयर विद्यासुन्दर शाक्य?

माघ ४ गते। काठमाडौँ महानगरपालिका ४ मा मनमोहन पार्क शिलान्यासको कार्यक्रम थियो। शिलान्यासमा सहभागी हुन पुगेका थिए काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्य। शाक्यले कार्यक्रममा विघटित प्रतिनिधिसभाका सदस्य गगन थापालाई वडास्तरमा चुनाव लडेर देखाउन चुनौती दिए। थापा उक्त क्षेत्रबाट निर्वाचित सदस्य समेत हुन्। शाक्यको आरोप थियो – गगन चर्चामा आउन जे…