सर्वोच्चमा आजदेखि गोला प्रणालीबाट इजलास र पेसी

न्युज अफ नेपाल,  काठमाडौं । सर्वोच्च अदालतमा आज बुधबारबाट गोला प्रणालीमार्फत इजलास र पेसी तोकिँदैछ । यसअघि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले इजलास र पेसी तोक्दै आएका थिए अब पेसी व्यवस्थापनसम्बन्धी कार्यविधि निर्देशिका, २०७८ अनुसार गोल प्रथाबाट हुन लागेको हो । प्रधानन्यायाधीश जबराले पेसी र इजलास अधिकारको दुरुपयोग गरेको भन्दै न्यायाधीश र कानुन व्यवसायीले नै विरोध गरेपछि […]

सम्बन्धित सामग्री

३७ दिनपछि इजलास फर्किएका न्यायाधीशले फेरि किन हेरेनन् मुद्दा?

काठमाडौँः गोला प्रणालीबाट पेसी तोकिएसँगै बुधबारदेखि सर्वोच्चमा नियमित रुपमा मुद्दको सुनुवाइ हुने अपेक्षा गरिएको थियो। मंसिर १५ गतेबाट गोला प्रणाली लागू गरेर शर्तसहित इजलास फर्कने जनाउ न्यायाधीशहरुले यसअघि नै दिइसकेका थिए। शर्तका रुपमा प्रधानन्यायाधीशसँग बेञ्च सेयर नगर्ने थियो। पूर्व निर्धारित योजना अनुसार नै बुधबार गोला प्रणालीबाट ११ इजलानस गठन भए। न्यायाधीशहरु…

गोला प्रणालीबाट इजलास

सर्वोच्च अदालतमा बुधबारदेखि गोला प्रणालीबाट पेसी तोकिँदैछ । गोला प्रणालीबाट पेसी व्यवस्थापन गर्नेबारे संशोधित सर्वोच्च अदालत नियमावली बुधबारदेखि कार्यान्वयनमा आउन लागेको हो । नियमावली कार्यान्वयन गर्नेबारेको सूचना सोमबार नेपाल राजपत्रमा प्रकाशित भइसकेको छ । गोला प्रणाली सुरु भएसँगै सर्वोच्चमा पछिल्लो एक महिनाभन्दा लामो समयदेखि भइरहेको न्याय सम्पादनको अवरुद्धता समेत हट्नेछ । अहिले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको न्यायिक निष्ठामा प्रश्न उठेको भन्दै न्यायाधीशहरूले अघोषित रूपमा इजलास बहिष्कार गरिरहेका छन् । पहिलो पटक गोला प्रणालीबाट पेसी तोकिन लागेको हो । अहिले सर्वोच्च अदालतको दैनिक पेसी सूची प्रधानन्यायाधीशले तोक्ने अभ्यास छ । गोला प्रणाली लागू भएसँगै पेसी तोक्ने प्रधानन्यायाधीशको अधिकार कटौती हुनेछ ।

आजदेखि सर्वोच्चमा गोला प्रणाली

बुधबारदेखि सर्वोच्च अदालतमा गोला प्रणाली लागू गरिँदैछ । योसँगै सर्वोच्च अदालतमा एक महिनाभन्दा लामो गतिरोध अन्त्य हुने अपेक्षा गरिएको छ । गोला प्रणाली लागू भएपछि न्यायाधीशहरू पनि नियमित इजलासमा फर्कने छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि प्रश्न  उठेको  भन्दै  न्यायाधीशहरूले इजलास बहिष्कार  गर्दै आइरहेका थिए ।पेसी तोक्नका लागि गोला  प्रणाली लागू गर्न सर्वोच्च अदालतको नियमावली संशोधन गरेको थियो । । नियमावली  कार्यान्वयन  गर्ने बारेको  सूचना सोमबार ने