सिरहामा महिलाको शवसहित प्रहरी कार्यालयअघि प्रदर्शन, ससुराले हत्या गरेको माइती पक्षको आरोप

सिरहाको इलाका प्रहरी कार्यालय लहान अगाडि महिलाको शवसहित प्रदर्शन भएको छ । ससुरा पक्षले हत्या गरेको भन्दै माइती पक्षले मृतक महिलाको शवसहित प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका हुन्

सम्बन्धित सामग्री

आरतीको मृत्यु प्रकरणमा सासू रेणुदेवी पक्राउ

धनुषा – माइती पक्षले हत्याको आरोप लगाउँदै आएको आरती साहको मृत्यु प्रकरणमा अनुसन्धानका लागि प्रहरीले उनकी सासू रेणुदेवी साहलाई पक्राउ गरेको छ । जनकपुरधाम उपमहानगरपालिका–७ थापाचोक बस्ने ५५ वर्षीया साहलाई आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जन अवाले राससलाई जानकारी दिए । साहको हत्या मुद्दामा सासू रेणु फरार प्रतिवादी थिइन् […]

सल्यानमा एक महिला मृत फेला, एक घाइते

सल्याान : जिल्लाको बागचौर नगरपालिका १० पिपलनेटामा एक महिला आफ्नै घरमै मृत भेटिएकी छन्। ३५ वर्षीया टीका खड्का आइतबार बिहान घरमै मृत अवस्थामा भेटिएकी हुन्। शनिबार बेलुकी खाना खाएकी खड्का घरकै भान्साकोठामा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए। मृत्तक खड्काले हिजोदेखि पेट दुख्ने गरेको बताउँदै आइरहेको बुझिएको प्रहरीको भनाइ छ।  माइती पक्षले घटना शंकास्पद रहेको र श्रीमानले हत्या गरेको आरोप लगाएका कारण प्रहरीले मृत खड्काका श्रीमान रमेश खड्कालाई नियन्त्रणमा लिएको छ। ...

कागेश्वरी मनोहरामा मृत भेटिएकी महिलाको शव बुझ्न आफन्तद्वारा अस्वीकार

राजधानीको कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित गागलफेदीमा मृत अवस्थामा फेला परेकी धनमाया बम्जनको शव आफन्तले बुझ्न अस्वीकार गरेका छन् । पुस १२ मा गागलफेदी स्थित भिरालो बाटोमा ३३ वर्षीया धनमाया मृत भेटिएकी थिइन् ।बम्जनको ‘हत्या’ भएको उनका माइती पक्षले आरोप लगाएका छन् । सासु र ससुरा समेतलाई विपक्षी बनाएर उनीहरुले महानगरीय प्रहरी वृत बौद्धमा बुझाएको किटानी जाहेरी प्रहरीले दर्ता गरेको छैन् । किटानी जाहेरी दर्ता नगरेसम्म आफन्तले शव बुझ्न अस्विकार गरेका छन् । शव त्रिवि शिक्षण अस्पताल मह

सुजिता ठाकुर हत्या प्रकरण : घटनाको एक महिनापछि प्रहरी कार्यालयमा जाहेरी दर्ता

महोत्तरी – घटना भएको एक महिनापछि सुजिता ठाकुर हत्या प्रकरणमा जिल्ला प्रहरी कार्यालय महोत्तरीमा जाहेरी दर्ता भएको छ । मृतक सुजिताका माइती पक्षले जिल्ला प्रहरी कार्यालयमा सोमवार कर्तव्य ज्यान उद्योगमा जाहेरी दर्ता गराएका हुन् । गएकाे जेठ २० गते महोत्तरीको लोहरपट्टी नगरपालिका ७ भमरपुरा गाउँमा ससुराली रहेको सुजिता ठाकुरलाई ससुराली पक्षबाटै हत्या गरिएको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता भएको हो । घटना भएको बेला सुजिताको ससुराली पक्षले अर्कै व्यक्तिसँग भागेको हल्ला चलाएकाे थियाे तर त्यसकाे द...

रुपन्देहीमा महिलाको शंकास्पद मृत्यु, दाइजो निहुँमा हत्या भएको माइतीपक्षको आरोप

७ असार, बुटवल । रुपन्देहीको सिद्धार्थनगरमा एक महिला आफ्नै घरमा मृत अवस्थामा भेटिएकी छन् । घरमै पासो लगाएको अवस्थामा सिद्धार्थनगर नगरपालिका ६ गल्ला भण्डारमा २४ वषर्ीय अप्सना खातुनको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी डिल्लीनारायण पाण्डेले जानकारी दिए । घटना शंकास्पद भन्दै प्रहरीले अनुसन्धान सुरु गरेको छ । माइती पक्षले …