स्वास्थ्यमन्त्री तामाङको सम्पत्ति : १४ ठाउँमा जग्गा, २० लाख रुपैयाँको विभिन्न कम्पनीको सेयर

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। उनले सार्वजनिक गरेको विवरण अनुसार उनी र

सम्बन्धित सामग्री

गरीबी निवारणलाई गिज्याउने रोल्पाका यी उदाहरण

रोल्पा । रोल्पा नगरपालिका–२ रेउघाका ६२ वर्षीय गोपाल सुनार, ५९ वर्षीया आसार सुनार र ५७ वर्षीय प्रसाद सुनार बोल्न सक्दैनन् । जन्मजात बोल्न नसक्ने उनीहरू नाताले दाजु–बहिनी हुन् । रोल्पा जिल्ला अस्पताल नजिकै सरकारले बनाइदिएको घरमा बस्छन् । गरीबी निवारण र समृद्धिको नारा लिएर नेता कार्यकर्ता उनीहरूको घर हुँदै चुनाव प्रचारका लागि ओहोरदोहोर गरिरहन्छन् । तर नेता कार्यकर्ताको कसैको दृष्टिमा पनि उनीहरू पर्दैनन् । हातको इसाराले कुराकानी गर्ने उनीहरू  खानाको अभावमा कैयौं रात त भोकै सुत्न बाध्य भएको गुनासो गर्छन् । घरमा न लत्ताकपडा छन्, न त अन्नपात नै । मागेर पेट पाल्ने गरेको गुनासो तीन दाजु बहिनीले हातको इसाराले नै गरे । वृद्धावस्थाका कारण राम्रोसँग आँखा देख्दैनन् । तर, हातमा दाम्ला, डोरी आदि बाट्ने शीप त छ । जीविका धान्न पर्याप्त नपुग्ने उनीहरूको भनाइ छ । जाडो होस् या गर्मी एक सरो कपडामा रहन्छ उनीहरू । खुट्टाले अहिलेसम्म जुत्ता चप्पल महसूस गर्न पाएका छैनन् । चाँही हिउँद होस् वा वर्षा खाली खट्टा हिँड्नुको विकल्प छैन । दाजु गोपाल र भाइप्रसादले गाउँलेको दाम्लो र डोरी बुन्छन् । दाम्लो र डोरी बुनेबापत केही माना अन्न र सय/पचास रुपैयाँ पाउँछन् । बाँच्ने आधार यही हो । तर, पर्याप्त नपुगेको उनीहरूको गुनासो छ । वडा कार्यालयले गोपाललाई ज्येष्ठ दलित भत्ताबापत मासिक १ हजार रुपैयाँ र प्रसादलाई मासिक ६०० रुपैयाँ उपलब्ध गराउँदै आएको छ । आसारालाई भने विवाह गरेर अन्यत्र गएको र पछि फर्केर आएको भनेर भत्ता उपलब्ध गराउने गरिएको छैन । रोल्पाको माडी गाउँपालिका–२ घर्तीगाउँ पारिवाङकी लालसरी घर्तीमगर बिरामी भएर थला परेको आठ वर्ष भयो । नौ वर्षको उमेरमै दुवै खुट्टा चल्न छाडेपछि कक्षा ३ मा पढ्दै गरेकी उनको पढाइमा विश्राम लाग्यो । अहिले उनी १७ वर्षकी भइन् । आमा भीमकुमारी घर्तीमगरको मृत्यु भएको चार वर्ष भयो । बुबा पनि अपांग छन् । बुबाको दुवै खुट्टाले राम्रोसँग काम गर्दैनन् । घरमा दुई बहिनीहरू १४ वर्षकी विपना र नौ वर्षकी दीपा तथा हजुरआमा  ८१ वर्षीय नौला घर्तीमगर छन् । दुवै खुट्टा नचल्ने भएकी उनको अचेल कम्मरमुनिको भाग पनि चल्दैन । उनलाई आमा हुँदा आमाले र आमाको मृत्युपछि सानी आमाले उपचारका लागि दाङ, काठमाडौं र काभ्रे पुर्‍याए । तर घरको आर्थिक अवस्था कमजोर भएकाले राम्रो उपचार नपाउँदा निको भएन । अस्पतालको चर्को शुल्कका कारण सहयोग उठाइएको थियो । उपचारकै लागि ऋणदान पनि नगरेकी होइनन् । तर, उपचारका लागि अभाव खड्किइरह्यो । उपचारकै लागि ऋण बढ्दै गएपछि सात लाख रुपैयाँमा खेत पनि बेच्नुपर्‍यो । अहिले घर अगाडि ३ महीना पनि खान नपुग्ने पाखो बारी मात्रै सम्पत्ति छ उनको परिवारसँग । साँझ बिहान हातमुख जोर्न समस्या छ । अहिलेसम्म सानी आमाले चामल, मकै, दालको जोहो गरिदिएकी छिन् । अहिलेसम्म जसोतसो साँझ बिहान खाने जोहो गर्दै आएको र आफ्नै परिवार पाल्न हम्मेहम्मे परिरहेको सानीआमा विर्सना घर्तीमगरले बताइन् । रोल्पा नगरपालिका र माडी गाउँपालिकाका यी ४ उदाहरण प्रतिनिधि मात्रै हुन् । यस्तै गरीबीले पिरोलिरहेका उदाहरण जिल्लामा कैयौं छन् । नेपाल गरीबी लघुक्षेत्र अनुमानअनुसार रोल्पामा करीब आधा जनसंख्या गरीबीको रेखामुनि रहेको छ । जिल्लाको यस्तो चरम गरीबी यहाँका राजनीतिक दल तथा नेताको प्राथमिकतामा परेको छैन । चुनावका लागि तयार गरिने घोषणापत्रमा गरीबी निवारण प्राथमिकतामा नपरेका होइनन् । तर, व्यवहारमा नदेखिएको स्थानीयको गुनासो छ । रोल्पा नगरपालिका–२ का स्थानीय भीमसेन घर्तीमगर घोषणापत्रमै समेत गरीबी निवारणका नारा नअट्ने बताउँछन् । ‘दलहरूका घोषणा पत्रमा पूर्वाधार लगायतका क्षेत्र पर्छन्,’ उनी भन्छन्, ‘यिनीहरूको घोषणा पत्रमा गरीबी निवारणका कुरा अटाउँदैनन् ।’ सामाजिक–आर्थिक तथा अन्य दृष्टिले पछि परेको रोल्पा समग्र विकास सूचकांकमा नेपालका ६८औं जिल्लामा पर्छ । यहाँका राजनीतिक दल र स्थानीय सरकारका प्राथमिकतामा  अग्ला डाँडामा भ्युटावर निर्माण परेको उदाहरण छन् । गत ५ वर्षमा मात्रै जिल्लामा ५ ओटा भ्यू टावर निर्माण गरिएका छन् । हाल जिल्लामा भ्युटावरको संख्या ५ पुगिसकेको छ । रोल्पा नगरपालिका–३ सातदोबाटोस्थित चुच्चे डाँडोमा भ्युटावर बनेको छ । ११२ फिट अग्लो सो टावरको लागत ६ करोड रुपैयाँ भन्दा बढी हो । थवाङ  गाउँपालिकाले जलजलामा २५ लाख रुपैयाँ लागतमा भ्युटावर निर्माण गरेको छ । अघिल्लो आर्थिक वर्षका लागि त्रिवेणी गाउँपालिकाले पनि लुम्बिनी प्रदेश सरकारको २५ लाख रुपैयाँ लगानीमा टिलामा भ्युटावर निर्माण आरम्भ गरेको छ । होलेरी एकीकृत पर्यटन विकासअन्तर्गत गढीलेखमा भ्युटावर निर्माण गरिएको छ । तत्कालीन जिल्ला विकास समिति रोल्पामार्फत आव २०७०/७१ मा २० लाख रुपैयाँ निकासा गरी उक्त भ्युटावर निर्माण गरिएको हो । चरम गरीबी रहेको जिल्लाका स्थानीय गरीबी निवारणको आश्वासन पाएरै तत्कालीन सशस्त्र द्वन्द्वमा होमिएका थिए । सशस्त्र द्वन्द्वको उपलब्धि गणतन्त्र आयो । संविधान बन्यो । तर, गरीबी हटेन । स्थानीयले उपचारको अभावमा तड्पिनुपर्ने स्थिति छ । रासस

पहिरो शेयरबजारमा, दोष नेताको भाषणलाई !

यो लेख लेखिरहँदा नेपालको शेयरबजार परिसूचक नेप्से २२८१ को विन्दुमा झरेर पुनः २४१९ मा पुगेको छ । ३ दिनको बीचमा बजारमा ठूलो उतार चढाव भएको छ । लगातार २ दिन ८८ दशमलव ७० र ७९ दशमलव ७५ अंकले नेप्से घटेको भोलिपल्ट १३७ अंकसहित ६ प्रतिशतले शेयर बढ्यो । यसले हजारौं लगानीकर्तालाई निराश बनाउँदै पुनः सम्हालिएको अवस्था छ । तर, यस्तोमा दुःख मनाउ गरेर हुनेवाला केही छैन । किनकि शेयर बजार एक–दुईजना लगानीकर्ताको हातमा छैन । यदि शेयरबजार गलत हो भने विश्वका अन्य देशले रोक्नुपर्ने हो, तर रोक्दैनन् । जहाँसुकैको शेयरबजारमा शेयर किनबेच हुन्छन् । कसैको भाषणमा आएका अभिव्यक्तिकै कारण बजार घट्ने र अर्को कसैको बोलीले बढ्ने भन्ने हुँदैन । बजार पूँजीकरण केही महीनायता १२ खर्बले घटेको छ । बितेको ४ महीनामा ९०० अंकले शेयर घटेर १०० अंकले बढेको छ । बितेको २ दिनमा जुन गतिमा बजार बियरिश भयो । बजार यसरी ओरालो लाग्नुमा कतिपयले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले यही २५ मङ्सिरमा गरेको भाषणलाई दोषी देखाइरहेका छन् । भाषणमा उनले पछिल्लो समय पूँजीको लगानी उद्योग र उत्पादनका क्षेत्रमा हुन छोडेर शेयरमा हुने गरेको, जुन साम्राज्यवादको विकसित रूप हो भनेका थिए । शेयरबजार, कमोडिटी बजार, एशियाली विकास बैंक, विश्व बैंकलगायतमा लगानी गर्नु नै गलत रहेको उनको भनाइ थियो । उनले यो त्यत्तिकै भने वा वित्त विज्ञसँग सल्लाह लिएर भने, यो पंक्तिकारलाई थाहा भएन । तर विश्वमा दैनिक खर्बौं डलरको लगानी शेयरबजारमा भएको छ । यो रोक्ने प्रयास गर्नु सम्भवतः सक्रिय ज्वालामुखीको क्रेटरमा हत्केला राखेर लाभा रोक्ने प्रयास गर्नु जस्तै हो । यदि शेयरबजार गलत हो भने विश्वका अन्य देशले रोक्नुपर्ने हो, तर रोक्दैनन् । जहाँसुकैको शेयरबजारमा शेयर किनबेच हुन्छन् । त्यसैले एकजना बोलेर बजारमा केही असर पर्दैन । चीन, भियतनाम, क्युवा, हङकङमा पनि शेयर बजार छ । चीनले पनि विश्व बैंक शैलीमै एशियाली पूर्वाधार लगानी बैंक बनाएर पूँजी जम्मा पार्ने र लगानी गर्ने काम गरिरहेको छ । कसैको भाषणमा आएका अभिव्यक्तिकै कारण बजार घट्ने र अर्को कसैको बोलीले बढ्ने भन्ने हुँदैन । शेयरबजार आजबाट घटेको होइन, दाहालको भाषणअघि नै बजार पूँजीकरण ११ खर्ब गुमिसकेको थियो । २८ गते एक दिनमै बजार ६ प्रतिशतले बढ्यो । त्यो दिन बजार कसको भाषणका कारण बढेको हो त ? कसैसँग जवाफ छैन । बजार नाटकीय रूपमा घटबढ हुने गर्छ । यही घटबढलाई हेरेर बढ्दा बेच्न र घट्दा किन्न माहिर खेलाडीले करोडौं कमाउँछन् । त्यसैले आर्थिक विषयको जानकारीविना शेयरबजारको बारेमा टिप्पणी गर्नु निरर्थक हुन्छ । कसैको फगत टिप्पणीमा बजारलाई मेरूदण्ड मर्किने गरी खसाल्न र फेरि विस्तारै मल्हम लगाउन यसका पारखीहरू चतुर छन् । त्यसैले शेयर किनबेच गर्दा कम्पनीको वासलात हेरेर त्यहाँको सम्पत्ति र दायित्वको तालमेल हेरेर लगानी गर्ने बानी बसाल्नैपर्छ । प्रतिशेयर आम्दानी, प्रतिशेयर नेटवर्थ आदि हेरेर शेयर किन्नुपर्छ, जुन लगानीका लागि आधारभूत पक्ष हुन् । विश्वभरको शेयरबजारमा नाटकीय रूपमा उतारचढाव भइरहेको छ । केही दिन अगाडि भारतीय सेन्सेक्स एकै दिनमा ११०० घटेर तहल्का मच्चायो र त्यसको तेस्रो दिन झन्डै त्यति नै बढेर हरियालीयुक्त बायो । त्यहाँ त दाहालको भाषणले असर गरेको होइन । केही दिन दिनअघि भारतका भारतीय जनता पार्टीका नेता सुब्रमण्यम् स्वामीले सार्वजनिक भाषणमा भारतका प्रधानमन्त्री मोदी र अर्थमन्त्री निर्मला सीतारमणलाई अर्थशास्त्र फुट्टी आउँदैन, त्यसैले महँगी बढिरहेको बताएका थिए । यो सामान्य आरोप होइन । किनकि त्यहाँकी अर्थमन्त्री सीतारमणले अर्थशास्त्रमा डिग्री प्राप्त गरेकी छन् । यस्तो भनाइ मिडियामा आउँदा पनि त्यहाँको बजारलाई असर परेन । तर, नेपालमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले शेयरबजारलाई जुवाजस्तै हो भन्दा पनि बजारमा ठूलै ह्रास आयो । त्यतिबेला शेयरबजार ११७५ अंकबाट घटेर ९०० अंकमा आइपुगेको थियो । अहिले दाहालका भनाइले पनि ठूलै तरंग ल्यायो, जुन अपेक्षित नै थिएन । गरीबीको बारेमा जति नै चिन्तन गरे पनि पूँजीविना मानवको गाँस, वास, कपास चल्दैन । उत्पादन, कृषि, पशुपालनलगायत हरेक क्षेत्रमा लगानी गर्न पूँजी नै चाहिन्छ । त्यसैले पूँजी बजारका खराबीलाई गाली गरेर न बाबुराम वा पुष्पकमलले अर्को कुनै वाद जगाउन सक्छन्, न त ८ अर्ब विश्व जनसंख्याले हात मुख जोर्ने उपाय रच्न अर्को कुनै उपाय देखिन्छ । अब पूँजीवादसँग पैठाजोरी खेलेर जित्न समाजवाद वा साम्यवादलाई कतैबाट पनि सम्भव देखिँदैन । किनकि पूँजीमा चुम्बकीय शक्ति हुन्छ जसले, युवावर्ग, विद्वान्वर्ग, प्रविधि, औषधि–उपचार, रोजगारीका अवसर, विभिन्न रिसर्च र त्यसका आउटकमहरू सबैलाई आफूतिर तानिरहेको छ । पूँजीको भुमरीसँग घुम्न नसक्नेहरू नदीकिनार पतिंगर फालिएझैं फालिन्छन् । यो यथार्थ दाहाललाई पनि थाहा छ कि एउटा चुनाव जित्न कति पूँजी चाहिन्छ ? हो, शेयरबजारमा मानिसहरू लगानीका उद्देश्यले नभई व्यापारको सोच बनाएर आएका छन् । लगानी गर्नेका लागि आजसम्म यो घाटामा छैन । २ दिनमा लगानीकर्ताले २ खर्ब ६० अर्ब जति गुमाए । अर्को दिन अर्को दिन त्यति नै रकम फर्केको छ । त्यसैले कसैले केही भनेर शेयरबजारलाई तात्त्विक असर पर्दैन । बीचका खेलाडीहरूले भने सानो सानो घटनालाई देखाएर बजारलाई तलमाथि गराउँछन् । आजभन्दा ३० वर्ष अगाडि नापी कार्यालय एक जना सर्वेक्षकले ८०० रुपैयाँमा एउटा बैंकको शेयर र ६०० रुपैयाँमा नापीका लागि एउटा स्केल किनेका थिए । आज त्यो शेयर बढेर २० लाख रुपैयाँ बराबरको भएको छ । त्यही प्रकृतिको स्केलको मूल्य घटेर ४०० भएको छ । त्यो स्केलबाट पनि अनेक काम त भयो होला, तर शेयरले भने ठूलै फड्को मारेको छ । राम्ररी सोचविचार गरेर आकर्षक लाभांश दिन सक्ने क्षमता भएको कम्पनी छानेर मात्र शेयरबजारमा लगानी गर्नुपर्छ । उद्देश्य निर्धारण गरी ‘यतिसम्म बढेमा वा कुनै सीमाभन्दा यतिसम्म घटेमा’ शेयर बेच्ने रणनीतिका साथ लगानी गर्दा जोखिम कम गर्न सकिन्छ । एउटा चिया पसलमा त राम्रो सेवा दिएमा ख्याति बढ्छ र मूल्य बढ्छ भने स्थापित कम्पनीको मूल्य त्यसै घट्दैन । त्यसैले, धैर्यसाथ बियर सामना गर्दै बुलको प्रतीक्षा गरौं । वारेन बफेट, राकेश झुनझुनवाल र नेपालकै निर्मल प्रधानलाई हेरेर लगानी नगरौं । कम्पनीको अवस्था विश्लेषण गरेर आफ्नो अवस्थाअनुसार लगानी गरौं । यति गर्दा जसले जे बोले पनि केही फरक पर्दैन । लेखक कैलाशकुट बहुमुखी क्याम्पसमा व्यवस्थापन विषय प्राध्यापन गर्छन् ।

जो करोडपति थिए तर मेलम्ची बाढीपछि बिलौना : ‘एकक्षणमै हामी कंगाल भयौं !’

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ का ३८ वर्षीय बुद्धिप्रसाद गौतमले बेकरी हाउस सञ्चालन गरेर आफ्नो घर परिवारको गुजारा गर्दै आएका थिए । विगत १८ वर्षदेखि मेलम्ची बजारमा भाडाको सटरमा बेकरी हाउस सञ्चालन गर्दै आए पनि २ वर्ष अघिदेखि आफ्नै घरबाट व्यापार गर्दै आएका थिए । मेलम्चीको मुख्य बजारमा ४ आना जग्गा किनेर १ तला पक्की घर बनाएका थिए । पुर्ख्यौली गाउँ रामेछापको गुन्सी भदौरेको पैतृक सम्पत्ति २० रोपनी जग्गा बेचेर शहरमा २० लाख रुपैयाँ आनाको दरमा ४ आना घडेरी किनेको गौतमले बताए । जग्गा किनिसकेपछि थप २५ लाख रुपैयाँ लग...

बजेटप्रति निजीक्षेत्रको अपेक्षा : भन्सार र कर प्रशासन सुधारदेखि उधारो असुलीसम्म

वीरगञ्ज । सरकार आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट बनाउने तयारीमा छ । बजेटले लिने नीतिगत व्यवस्थाप्रति बढी चासो राख्ने निजीक्षेत्र प्रत्येक वर्ष बजेटको तयारीका सन्दर्भका निकै चनाखो हुने गरेको छ । यसपटक पनि निजीक्षेत्रका संघसंस्था र अगुवाहरूले बजेटबारे सुझाव दिने क्रम रोकिएको छैन । निजीक्षेत्रल बजेट उद्योग र व्यापारमैत्री हुनुपर्ने आग्रहमात्र होइन, भन्सार तथा कर प्रशासन सुधारदेखि सुशासनका आधार निर्माणमा नीतिगत व्यवस्थाको माग गरेका छन् । औद्योगिक र व्यापारिक केन्द्र वीरगञ्जका उद्योगी व्यावसायीले आगामी बजेटले कोरोना महामारीले थलिएका उद्यम व्यवसायको पुनरुत्थानदेखि भन्सार र कर प्रशासनमा व्यापक सुधारको खाँचो औंल्याएका छन् । अव्यावहारिक भन्सार नीति र प्रक्रियाले असल नियत भएका व्यवसायी मारमा परेको नेपाल उद्योग वाणिज्य संघ प्रदेश २ का अध्यक्ष गणेशप्रसाद लाठ बताउँछन् । ‘न्यून बिजकीकरणको समस्याले राज्यको राजस्वमात्र नगुमेर असल काम गर्ने व्यवसायी पीडित छन्,’ अध्यक्ष लाठले भने । बजेटले भन्सार मूल्यांकन र राजस्व प्रशासनको यस्तो समस्याको समाधानमा ठोस नीति पहिल्याउनुपर्ने माग निजीक्षेत्रको छ । ‘वीरगञ्ज क्षेत्र देशको सर्वाधिक राजस्व संकलन गर्ने क्षेत्र भएकाले राजस्वसम्बन्धी विवाद यहाँ बढी हुन्छन् । यस्ता विवाद समाधानका लागि वीरगञ्ज क्षेत्रमा राजस्व न्यायाधिकरणको स्थापना हुनु पर्दछ,’ लाठले भने । भन्सार बिन्दुमा सन्दर्भ मूल्यमा कर लिँदा जरीवाना समेत लिने गरिएकोमा यस्तो व्यवस्था खारेज गरिनुपर्ने माग वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष हरि गौतमको छ । यस्तो नीतिले आयातकर्ताले वस्तुको यथार्थ मूल्यभन्दा बढी बिल बनाउन बाध्य भएको आयातकर्ता गुनासो गर्छन् । सरकारी नीतिकै कारण विदेशी मुद्राको अनौपचारिक कारोबार भइरहेको निजीक्षेत्रका अगुवाहरूको बुझाइ छ । आयकरको व्यवस्था पनि अव्यावहारिक भएको अध्यक्ष लाठले बताए । ‘प्रोप्राइटरसिप फर्मको खुद आय २० लाख रुपैयाँ नाघ्नेबित्तिकै ३६ प्रतिशत आयकर तिराउनु अव्यावहारिक देखिन्छ । आर्जनबाट ३६ प्रतिशत राज्यलाई दिँदा आफ्नो परिवार चलाउन धौ धौ पर्ने अवस्था छ,’ उनले तर्क गरे । आयकरको स्ल्याब २० प्रतिशतभन्दा माथि जान नहुने अध्यक्ष लाठले सुझाए । करसम्बन्धी विवाद समाधानका लागि कर फर्छ्योट आयोगको माग निजीक्षेत्रले गरेको छ । लामो समयदेखि यस्तो आयोगको आवश्यकता महसुस गरिए पनि पूरा हुन नसकेको उनीहरूले बताएका छन् । सरकारले उद्योग र व्यापारिक प्रतिष्ठानहरूको उधारो असुलीलाई व्यवस्थित बनाउन उधारो असुलीसम्बन्धी नीतिगत व्यवस्था गर्नुपर्ने वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोधकुमार गुप्ताको माग छ । ‘व्यावसायिक र उद्योग प्रतिष्ठानको उधारो विक्रीलाई समेत संरक्षण प्रदान गर्ने नीति ल्याउनु पर्दछ । उधारो असुलीसम्बन्धी कानूनको व्यवस्था हुन सके उत्पादनको लागत नै कम हुन जान्छ,’ गुप्ताले भने । सम्पत्ति शुद्धीकरणका लागि नागरिकको चलअचल सम्पत्तिको अभिलेख राज्यले राख्नुपर्ने र यसका लागि सरकारले लचिलो नीति अपनाउनुपर्ने निजीक्षेत्रको माग छ । सम्पत्तिको विवरण राज्यको अभिलेखमा नआएसम्म अकुत आर्जन गर्नेलाई समाउन नसकिने उनीहरूले बताए ।

छात्रवृति वितरण नगरी आफ्नो खल्तिमा पारेपछि ३ करोडको फन्दामा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग अदुअआले गैरकानूनी रुपमा सम्पत्ति थुपारेको भन्दै उच्च माध्यमिक शिक्षा परिषदका तत्कालीन सह–सचिव देवीप्रसाद वाराकोटीलाई तीन करोड २० लाख रुपैयाँ विगो भर्न भनेको छ ।

कांग्रेससँग ११ करोड ८० लाख सम्पत्ति

स्थानीय तहका यसअघि भएका दुवै चरणका निर्वाचनमा कांग्रेसलाई आर्थिक रूपमा पनि घाटा लागेको छ। चुनावपछि कांग्रेसको बंैक ब्यालेन्स झन्डै डेढ करोड रुपैयाँ घटेको पार्टी कार्यालय स्रोतले जनाएको छ। साउन तेस्रो सातासम्म कांग्रेसको वाणिज्य, इन्भेस्टमेन्ट, प्रभु, प्राइम, सेन्चुरीलगायतका बंैकमा रहेको खातामा ५ करोड २० लाख रुपैयाँ मौज्दात देखिएको छ।

कांग्रेससँग सवा ११ करोड सम्पत्ति

स्थानीय तहका यसअघि भएका दुवै चरणका निर्वाचनमा कांग्रेसलाई आर्थिक रुपमा पनि घाटा लागेको छ । चुनावपछि कांग्रेसको बैंक व्यालेन्स झन्डै डेढ करोड रुपैयाँ घटेको पार्टी कार्यालय स्रोतले जनाएको छ । यो खबर हामीले आजको नागरिकबाट लिएका हौ। साउन तेस्रो सातासम्म कांग्रेसको वाणिज्य, इन्भेष्टमेन्ट, प्रभु, प्राइम, सेन्चुरीलगायत बैंकमा रहेको खातामा ५ करोड २० लाख रुपैयाँ मौज्दात…