नेपाल एयरलाइन्सको न्यारोबडीलाई भ्याइनभ्याई, वाइडबडीले बिजनेस पाएन

काठमाडौं, ९ माघ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले नेपाल वायुसेवा निगमलाई जहाज किन्नुअगाडि स्पष्ट ‘बिजनेस प्लान’ बनाउन सुझाव दिएका छन्। निगममा सोमबार आयोजि कार्यक्रममा बोल्दै उनले भने, ‘अन्तर्राष्ट्रिय उडानको लागि न्यारोबडीलाई भ्याइनभ्याई छ, वाइडबडीले बिजनेस पाइरहेको छैन।’ वााइडबडीका लागि नयाँ गन्तव्य पहिचान गर्ने र उडान भर्नसक्ने क्षमता विकास गर्न उनले सुझाए।