बागमतीसँग एनआरटी स्तब्ध

सर्वाधिक पुरस्कार राशि भएको खप्तड गोल्डकपमा न्युरोड टिम एनआरटी पहिलो खेलबाटै बाहिरिएको छ। शुक्रबार बागमती युवा क्लबसँग भएको खेलमा निर्धारित समयमा २-२ गोलको बराबरी भएपछि खेलको निर्णय ट्राइबेकरबाट लिएको थियो। जहाँ एनआरटी ४-३ गोल अन्तरले पराजित भयो।धनगढी रंगशालामा भएको खेलमा बागमती युवा क्लबले २-० ले पछि परेको अवस्थामा खेलमा फर्किएको थियो। पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा ६८ औं मिनेटमा मेसौकेको क्रसमा स्टेफेनले डिबक्समा खाली रहेको अवस्थामा हेडमार्फत पहिलो गोल गरेका

सम्बन्धित सामग्री

केपी ओली कप : एनआरटीसँग थ्रीस्टार स्तब्ध

काठमाडौँ : केपी ओली कप प्रतियोगितामा न्युरोड टिम (एनआरटी)ले थ्रीस्टार क्लबलाई १–० ले पराजित गरेको छ। जितसँगै एनआरटी प्रतियोगितामा सेमिफाइनल प्रवेश गरेको छ।सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एनआरटीका लागि खेलको २९ औं मिनेटमा विवेक गुरुङले गोल गरे। उनको गोल नै जितका लागि निर्णायक बन्यो।आजको खेलमा एनआरटीसँग पराजित भएसँगै थ्रीस्टार क्लब प्रतियोगिताबाट बाहिरिएको छ। प्रतियोगिताको पहिलो खेलमा केपी ओली क्लब विजयी भएको थियो।प्रतियोगितामा ए डिभिजनका जावलाखेल युथ क्लब, न्युरोड टिम एनआरटी, थ

शेर्पालाई स्तब्ध पार्दै एनआरटी क्वाटरफाइनलमा

साविक उपविजेता हिमालयन शेर्पा क्लबलाई स्तब्ध पार्दै न्यूरोड टिम (एनआरटी) हेटौंडाको गौरिटार रंगशालामा जारी स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ।...

इटहरी गोल्डकपमा एनआरटी सगरमाथा युथसँग स्तब्ध

काठमाडौं (हाम्रो खेलकुद)– जीतपुर सिमरा गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको तेस्रो दिन ए डिभिजन टोली न्यूरोड टिम (एनआरटी) १२ औ अन्तराष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्ड कप सुनसरीको पहिलो खेलबाटै बाहिरिएको छ । मोरङको सगरमाथा युथ क्लबसँग मंगलबार ३–० ले पराजित हुँदै एनआरटी इटहरी गोल्डकपबाट बाहिरिएको हो । जितसँगै सगरमाथा इटहरी गोल्डकपको सेमिफाइनलमा पुगेको छ […]

एनआरटी सिमरा गोल्डकपको फाइनलमा

बारा । आयोजक नव जनजागृति युवा क्लबलाई स्तब्ध पार्दै न्युरोड टिम (एनआरटी) जीतपुर सिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा आयोजक जनजागृतिलाई ३–२ ले पन्छाउँदै एनआरटी फाइनलमा प्रवेश गरेको हो । एनआरटीलाई उपाधि होडमा उभ्याउने क्रममा स्टेफन समिरले दुई र मेसुके ओलोमाईले एक गोल गरे । आयोजकका लागि […]

राजर्षि जनक कप  : एनआरटीलाई स्तब्ध पार्दै बागमती सेमिफाइनलमा

आयोजक बागमती युवा क्लबले ए डिभिजन टोली न्युरोड टिम (एनआरटी) लाई १–० ले स्तब्ध पार्दै छैटौँ राजर्षि जनक कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सर्लाहीको बागमती नगरपालिका–११ स्थित सन्तोष...

एनआरटी स्तब्ध, बागमती खप्तड गोल्डकपको क्वार्टरफाइनलमा

धनगढी (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन टोली न्यूरोड टिम (एनआरटी) लाई स्तब्ध पार्दै सर्लाहीको बागमती युवा क्लब पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा क्वार्टरफाइनलमा पुगेको छ । धनगढी रंगशालामा टाइब्रेकरमा लिगको तेस्रो टोलीलाई ४–३ ले हराउँदै बागमती अन्तिम आठमा पुगेको हो । निर्धारित समयमा २–२ को बराबरीपछि टाइब्रेकरमा बागमतीले बाजी मारेको थियो […]

पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकपः वागमतीसँग एनआरटी स्तब्ध

धनगढी–धनगढीमा जारी सर्वाधिक धनराशीको पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा सर्लाहीको वागमती युवा क्लब क्वाटरफाईनल प्रवेश गरेको छ । ए डिभिजन क्लब न्युरोड टीम (एनआरटी) लाई स्तब्ध पार्दै वागमतीले अन्तिम आठको यात्रा तय गरेको हो । धनगढी रंगशालामा शुक्रबार भएको खेलमा २–० को अग्रता जोगाउन नसक्दा एनआरटी वागमतीसँग पेनाल्टीमा ४–३ ले पराजित भयो । […]

मनाङलाई हराएको एनआरटी दोस्रो स्थानमा

काठमाडौं । मनाङ मस्र्याङदी क्लबलाई १–० ले हराएर न्युरोड टिम (एनआरटी) जारी शहिद स्मारक ‘ए’ डिभिजन लिगको दोस्रो स्थानमा उक्लिएको छ । आइतबार दशरथ रंगशालामा भएको खेलमा एनआरटीलाई जित दिलाउन मेसुके ओलुमोउले निर्णायक गोल गरेका हुन् । मेसुकेले खेलको २६औं मिनेट गरेको गोल नै एनआरटीले मनाङलाई स्तब्ध पार्न पर्याप्त भयो । एरिक विष्टको फ्रिकिकमा मेसुकेले […]

एनआरटीसँग मनाङ स्तब्ध

काठमाडौं (हाम्रो खेलकुद) – मनाङ–मर्स्याङदी क्लबलाई स्तब्ध पार्दै न्युरोड टिम (एनआरटी) कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको दोस्रो स्थानमा उक्लिएको छ । एनआरटीले मनाङसँगै आर्मी र थ्री स्टारलाई पछि पार्दै दोस्रो स्थानमा उक्लन सफल भएको हो । आइतबार भएको एनआरटीको जितमा मेसुके ओलुमोउले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा […]

संकटालाई पराजित गर्दा एनआरटी शीर्ष पाँचमा

काठमाडौं– सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत ११औँ चरणको खेलमा संकटा क्लब न्युरोड टिम (एनआरटी) सँग १–० ले स्तब्ध बनेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलको २८औँ मिनेटमा स्टेफेन विनोङले गरेको गोल नै एनआरटीको जितमा निर्णायक बन्यो । सरोज तामाङले दिएको लामो क्रसलाई विनोङले उत्कृष्ट कन्ट्रोलसहित संकटाका दुई डिफेन्डरलाई पन्छाउँदै गोल गरेका थिए । […]