कर्णाली राजमार्गमा दुर्घटनासँगै मावीय  क्षति बढ्दो

०६२ मा ट्रयाक खुलेको कर्णाली राजमार्गमा सडक दुर्घटना बढ्दै गएको छ । सो राजमार्गको सुर्खेत, दैलेख, कालिकोट हुँदै जुम्ला पुग्ने सडकखण्डमा दुर्घटना बढेको हो । कर्णाली राजमार्गमा बर्सेनि औसतमा दुई हजारभन्दा बढीले ज्यान...

सम्बन्धित सामग्री

ग्रामीण सडक निर्माणले कर्णाली राजमार्गमा क्षति

जुम्ला – कालीकोट र मुगुका स्थानीय तहमा भइरहेको ग्रामीण सडक निर्माणले कर्णाली राजमार्गमा क्षति पुगेको छ। पछिल्लो समयमा यहाँका स्थानीय तहमा गाउँगाउँमा जोड्ने ग्रामीण सडक निर्माणको होडबाजीले कर्णाली राजमार्गलाई क्षति पुर्‍याएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दीपेन्द्र बिष्टको भनाइ छ। मुख्य राजमार्गलाई ख्यालै नगरी जथाभावी सडक निर्माण गरिँदा वर्षा तथा हिमपातका बेला पहिराले राजमार्गमा क्षति […]

कर्णालीको सातौँ प्रदेश सभा बैठक : कुन सांसदले के भने ?

सुर्खेत । कर्णाली प्रदेश सभा सदस्य धनश्याम भण्डारीले वीरेन्द्रनगसँग जोडिएको कर्णाली राजमार्गमा हुने दुर्घटनाको न्यूनिकरण गर्नुपर्ने बताएका छन् । विगतको समयमा वर्षाले पुर्याएको कर्णाली राजमार्गको सडकमा क्षति, त्यसैमा सडकमा विभिन्न भागहरु अझै पनि जोखिम र धराप बनेको बताए । आज बसेको प्रदेश सभाको बैठकमा उनले भने, ‘यो संघीय सरकारको राजमार्ग हो । यसको सुधार गर्नका […]

बर्खाले सडकमा ३ अर्बको क्षति

बर्खाका कारण आएको बाढीपहिरोले सडक पूर्वाधारमा ३ अर्ब रुपैयाँको क्षति भएको छ । असोजसम्म परेको पानीका कारण आएको बाढीपहिरोले सबैभन्दा बढी क्षति कर्णाली राजमार्गमा भएको छ । दसैंका बेला लगातार पानी परेपछि चाडबाडमा घर हिँडेकाहरू पहिरोका कारण बीच बाटोमै अलपत्र परेका थिए । अहिले पनि केही सडक ठप्प रहेको सडक विभागले जनाएको छ ।

बाढीले कर्णाली राजमार्गमा समस्या

शुक्रबारदेखि परेको अविरल बर्षाका कारण आएको बाढीले सुर्खेत पश्चिमका धेरै ठाउँमा क्षति गरेको छ। जिल्लाको पञ्चपुरी नगरपालिका, बराहताल र चैकुने गाउँपालिकाका धेरै स्थानका बस्तीमा बाढी पसेको हो।चौकुने गाउँपलिका–८ भाम्लेमा आएको बाढीले १२ वटा घरहरुमा क्षति पुर्‍याएको छ । चौकुनेकै वडा नम्बर ९ रागमा विद्यापुर खोलाबाट आएको बाढी बस्तीमा पस्दा घर डुबानमा परेको चौकुने गाउँपालिकाका अध्यक्ष खड्क विकले जानकारी दिए।उनका अनुसार उक्त स्थानमा करिब १० वटा घरहरूमा क्षति पुगेको छ। साथै चौकुनेकै ४ नम्बर वडाका

बेमौसमी वर्षा : मुलुकका २६ ओटा जिल्ला नराम्ररी प्रभावित

कात्तिक ७, काठमाडौं । मनसुन सकिएको हप्तापछि बंगालको खाडी र पश्चिमी वायुको संयुक्त प्रभावका कारण परेको भारी वर्षाले निम्त्याएको बाढी, पहिरो र डुबानबाट मुलुकका २६ ओटा जिल्ला नराम्ररी प्रभावित भएको छ । ती जिल्लाले भौतिक तथा मानवीय क्षतिसमेत बेहोरेको छ ।  सात ओटा प्रदशेमध्ये सबैभन्दा बढी प्रदेश नं १ ले मानवीय क्षति बेहोरेको छ । त्यसपछि सुदूरपश्चिम प्रदेशमा मानवीय क्षति भएको छ । यसपालि नेपालमा पानी पार्ने प्रणालीको संयुक्त प्रभाव असोज ३१ बाट शुरु भएको थियो । सो प्रणाली कात्तिक ३ सम्म रह्यो । त्यसको छिट्फुट प्रभाव अहिले पनि कायमै रहँदा मौसम बदलीकै क्रममा छ ।  पहिलो दुई दिन सुदूरपश्चिम प्रदेशमा असर गरेको थियो भने त्यसको अर्को दुई दिन प्रदेश नं १ लाई प्रभावित बनाएको थियो । प्रदेश नं २, वाग्मती, लुम्बिनी र गण्डकी प्रदेशमा भने न्यून क्षति भएको छ । ती प्रदेशका एकाध जिल्लाले मात्रै क्षति बेहोर्नुपर्‍यो । गृह मन्त्रालयबाट आइतवार प्राप्त पछिल्लो तथ्यांकमा ती जिल्लामा कुल ११७ जनाले ज्यान गुमाएको पुष्टि भएको मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका प्रमुख हुमकला पाण्डेले जानकारी दिए । यसअघि १११ जना मृत्यु भएको विवरण सार्वजनिक भएको थियो । पछिल्लो चौबिस घण्टामा बेपत्ता भएकामध्ये ५ जनाको शव फेला परेको हो ।  अझै ३२ जना हराइरहेका छन् । मृत्यु हुनेमा ५७ पुरुष, ३५ महिला र २५ बालबालिका छन् । बेपत्ता हुनेमा १३ पुरुष, सात महिला र १२ बालबालिका छन् । कुल ४४ जना घाइते भएका र उनीहरूमध्ये कतिपय उपचारपछि घर फर्किएका छन् भने केहीको उपचार जारी छ । कुल ३० घर आंशिक र ११८ घर पूर्ण क्षति भएको गृह मन्त्रालयले जानकारी दिएको छ । जलवायु परिवर्तन विज्ञ डा ङमीन्द्र दाहाल बेमौसममा यति ठूलो वर्षा हुनु जलवायु परिवर्तनको असर भएको बताउँछन् ।  प्राप्त विवरणअनुसार मुलुकका विभिन्न ठूला आठ राष्ट्रिय राजमार्गमा क्षति पु¥याएकामा अझै ६ ओटा सञ्चालनमा आउन सकिरहेको छैन । सडकको भौतिक पूर्वाधारमा मात्रै एक अर्ब पाँच करोड क्षति भएको प्रारम्भिक विवरण छ ।  धानबाली तथा अन्य भौतिक क्षतिको विषयमा विवरण संकलन जारी रहेको गृह मन्त्रालयले जानकारी दिएको छ । सरकारले यसअघि नै घाइतेको निःशुल्क उपचार गर्ने र मानवीय क्षति बेहोरेका परिवारलाई राहत दिने घोषणा गरिसकेको छ । प्रदेश नं १ मा सबैभन्दा बढी क्षति प्रदेश नं १ मा धनकुटा मोरङ, सुनसरी, पाँचथर, इलाम, भोजपुर, ओखलढुंगा, संखुवासभा, सोलुखुम्बु र उदयपुरमा वर्षाको ठूलो प्रभाव परेको थियो । प्रदश नं १ मा ६७ जनाको मृत्यु भएको छ भने सातजना बेपत्ता छन् ।  यस प्रदेशको पाँचथरमा सबैभन्दा बढी ३० जनाको मृत्यु भएको छ । त्यसपछि  इलाममा १४, सुनसरीमा १० र धनकुटामा पाँचजनाले ज्यान गुमाएका छन् । बेपत्ता हुने सबैभन्दा बढी चारजना पनि पाँचथरका छन् । प्रदेश नं २, वाग्मती, गण्डकी र लुम्बिनीमा कम क्षति प्राप्त विवरणअनुसार मुलुकका चार प्रदेश (प्रदेश २, वाग्मती, लुम्बिनी र गण्डकी प्रदेशमा) भने बाढी, पहिरो र डुबानबाट तुलनात्मकरूपमा कम क्षति भएको छ । प्रदेश नं २ मा सप्तरी जिल्लालाई मात्रै प्रभावित बनाएको छ । उक्त जिल्लामा बाढीमा परेर एक बेपत्ता भएका छन् । वाग्मती प्रदेशको सिन्धुली प्रभावित भएको जानकारी दिइएको छ । सिन्धुलीमा बाढीबाट एकजनाको मृत्यु भएको छ । गण्डकी प्रदेशको नवलपरासी पूर्व (नवलपुर) मा दुई जनाको मृत्यु भएको छ । लुम्बिनी प्रदेशको प्यूठानमा मात्रै क्षति गराएको छ । प्राप्त विवरणअनुसार उक्त जिल्लामा दुईजनाको मृत्यु भएको र एकजना बेपत्ता रहेको जानकारी दिइएको छ । कर्णालीका पाँच ओटा जिल्ला प्रभावित कर्णाली प्रदेशका पाँच ओटा जिल्ला प्रभावित भएको छ । ती जिल्लामा ८ जनाको मृत्यु, चार घाइते र एक बेपत्ता रहेका छन् । प्राप्त विवरणअनुसार कालीकोटमा एक, हुम्लामा ६ र सल्यानमा एकजनाको मृत्यु भएको छ ।  जुम्लामा एक बेपत्ता छन् भने सुर्खेत र कालीकोटमा गरी चार जना घाइते  छन् ।   यस्तो छ सुदूरपश्चिमको क्षति  सुदूरपश्चिम प्रदेशका सात जिल्ला प्रभावित भएको छ । ती जिल्लामा ३७ जनाको मृत्यु भएको छ भने २२ बेपत्ता छन् । १७ जना घाइते छन् । सबैभन्दा बढी डोटीमा १६ र बझाङमा १२ जनाको मृत्यु भएको छ । यस्तै बैतडीमा चार, डडेलधुरामा तीन तथा अछाम र कैलालीमा एक–एकजनाको मृत्यु भएको छ । बझाङमा अझै १९ जना हराइरहेका छन् । डोटी र कैलालीमा एक–एकजना बेपत्ता छन् । रासस

कर्णाली करिडोरमा पहिरो जाँदा सडक अवरुद्ध

रासस। कर्णाली करिडोरअन्तर्गत कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका–१ भौरेकुनामा सुख्खा पहिरो जाँदा सडक अवरुद्ध भएको छ। सुख्खा पहिरो निरन्तर खस्दा यातायातका साधन चल्न नसकेको सान्नी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर शाहीले बताए। “कर्णाली राजमार्ग अवरुद्ध भएको त एक हप्ता बढी भयो”, उनले भने, “वर्षातका कारण धेरै ठाउँमा पहिरो गएको थियो, कर्णाली राजमार्गको भौरेकुनामा सुख्खा पहिरो जाँदा राजमार्गमा ठूलो क्षति गरेको छ।”

बाढीपहिरोबाट कालिकोट र डोटीमा ३ जनाको मृत्यु, ठाउँठाउँमा सडक अवरुद्ध

काठमाडौं । अविरल वर्षाका कारण पछिल्लो २४ घण्टामा पहिरो जाँदा कालिकोट र डोटीमा ३ जनाको मृत्यु भएको छ । सल्यान, दैलेख, हुम्ला, सुर्खेत, तनहुँ, पाल्पा, स्याङजा र गोरखाका विभिन्न स्थानमा सडक अवरोध हुनुका साथै धनमाल क्षति भएको छ । कालिकोट, खाडाचक्र नगरपालिका–६ मोल्फास्थित कर्णाली राजमार्गमा पहिरो जाँदा सोही नगरपालिका–६ बस्ने ५४...

कर्णाली प्रदेशमा विपद्सँग जुध्नका लागि १० करोड बजेट छुट्याउने निर्णय

असार ३, वीरेन्द्रनगर । कर्णाली प्रदेश सरकारले बाढी र पहिरो जस्ता विपद्सँग जुध्नका लागि १० करोड बजेट छुट्याउने निर्णय गरेको छ । बुधवार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले विपद् कोषमा तत्काल १० करोड रुपैयाँ छुट्याउने निर्णय गरेको सरकारको प्रवक्तासमेत रहेकी आन्तरिक मामिला तथा कानूनी मन्त्री सीताकुमारी नेपालीले जानकारी दिइन् । उक्त रकम विपद् प्रतिकार्यका लागि आवश्यक सामग्री खरीद तथा जनशक्ति परिचालन गरिने छ । बाढी पहिरोको जोखिममा रहेका बस्तीमा बाढीको पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई जिम्मेवारी दिइएको छ । मन्त्रालयले सम्बन्धित जिल्ला र स्थानीय तहसँगको समन्वयमा बाढीपहिरोको जोखिममा रहेको बस्तीमा प्रभावकारी सूचना प्रवाह गर्नेछ ।  सम्बन्धित स्थानीय तहको समन्वयमा खोलाको किनार, बगर र पहाडी इलाकाहरुमा बस्तीहरुलाई बाढी आउनुपूर्व नै बस्ती छोड्न सूचना गरिने छ । जोखिमबाट हुने क्षति कम गर्नका लागि वडास्तरमा स्वयंसेवक परिचालन गरिने छ । स्वयंसेवकहरुलाई नेपाल प्रहरीले उद्धारको तालिम दिनेछ । विपद्मा घटनास्थलमै पुगेर उपचार गर्नको लागि स्वास्थ्यकर्मीहरु तयारी अवस्थामा राख्न सामाजिक विकास मन्त्रालयलाई जिम्मेवारी दिइएको छ । मन्त्रालयले सम्बन्धित जिल्ला, स्थानीय तह र प्रदेश अस्पतालसँग समन्वय गरेर स्वास्थ्यकर्मी घटनास्थलमै पठाउने छ । स्वास्थ्यकर्मी परिचालन र व्यवस्थापनको जिम्मेवारी प्रदेश स्वास्थ्य निर्देशनालयलाई दिइने छ ।  यस्तै बर्खायाममा बाढी र पहिरोले सडक अवरुद्ध हुनसक्ने भन्दै भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको समन्वयमा मुख्य राजमार्गमा डोजर तयारी अवस्थामा राख्ने निर्णय गरिएको छ । कर्णाली राजमार्ग, छिन्चु–जाजरकोट सडक खण्ड र राप्ती लोकमार्गमा डोजर तयारी अवस्थामा राख्ने निर्णय गरिएको हो ।

मुलुकभर बाढीपहिरो : २१ सडक अवरुद्ध, आधा दर्जन विद्युत् आयोजना बन्द

काठमाडौं । विगत ३ दिनदेखिको परेको वर्षाका कारण आएको बाढीपहिरोबाट मुलुकभरका विभिन्न राजमार्गका सडक र जलविद्युत् आयोजनामा क्षति पुगेको छ । यसबाट मुलुकभरका विभिन्न राजमार्गका २१ सडक प्रभावित भएका छन् भने आधा दर्जनभन्दा बढी जलविद्युत् आयोजना बन्द भएका छन् । सडक विभागका अनुसार बाढीपहिरोबाट २१ सडकमध्ये आठ ठाउँका सडक पूर्ण अवरुद्ध भएका छन् भने तीनओटा सडक भने दुईतर्फी सञ्चालनमा छन् । १० ओटा सडक  एकतर्फी रूपमा चलेका छन् ।  सडक विभागका अनुसार अवरुद्ध राजमार्गमा साँफेबगर–मार्तडी–कोल्टी (बाजुरा) को बार्जुगाड, बल्दे–अमकोट खण्ड र हडडे खोला, रिला, बलेना, डुम्रे–बेंशीशहर–चामे (मनाङ) को तिमाङ छहरा, सिद्धार्थ राजमार्गको पाल्पाको गौडेपुल, कालिमाटी, सिसुवा, तानसेन–रिडी–कोरला राजमार्गको पाल्ला जिल्लाको ढुंगाखानी खण्ड पूर्णरूपमा अवरुद्ध छ । यसैगरी पाँचखाल–मेलम्ची–टिम्बु सडकअन्तर्गत पर्ने सिन्धुपाल्चोकको मेलम्ची बजार, खोड्पे –चैनपुरको द्रुम्रीखोला, कचाली खण्ड पनि अवरुद्ध छ । मध्यपहाडी (पुष्पलाल) राजमार्गको बाग्लुङ–बोक्से खण्ड पनि अवरुद्ध भएको विभागले जानकारी दिएको छ । बझाङ, बाग्लुङ, सिन्धुपाल्चोक, पाल्पा, बाजुरा, मनाङ गरी ६ जिल्लाका विभिन्न सडकखण्ड पूर्ण अवरुद्ध छन् । यी सडक पुनः सञ्चालन हुन केही समय लाग्ने विभागको भनाइ छ । मनाङ तिमाङ–छहरा सडक यही असार २० गतेसम्म सुचारु हुने अनुमान विभागको छ । जेठ ३१ गते अवरुद्ध भएको सल्यानको शंखमूल सडक, महेन्द्र राजमार्गको गैंडाकोट –धुम्सी खण्ड र बुधवार अवरुद्ध भएको पृथ्वी राजमार्गको जोगीमारा सडक खण्ड पनि दुईतर्फी नै सञ्चालनमा आइसकेको छ । विभागका प्रवक्ता शिवप्रसाद नेपालले अहिले मुलुकभरका विभिन्न स्थानमा २०५ ओटा हेभी इक्वीपमेन्ट तयारी अवस्थामा राखिएको जानकारी दिए । तयारी अवस्थामा रहेका हेभी इक्वीपमेन्ट तथा जनशक्तिले सकेसम्म तुरुन्तै अवरुद्ध सडक सञ्चालनमा ल्याउन लागिपरेको उनको बताए ।  उपकरणहरू पुराना हुँदा नियमित रूपमा सञ्चालन गर्न सकिने अवस्था भने नरहेको उनको भनाइ छ । अहिले साबिकको सिजनभन्दा बढी पानी परेकाले तयारी अवस्थामा राखिएका उपकरणहरूले पनि धान्न नसक्ने अवस्था देखिएको उनले बताए । विभागका अनुसार महेन्द्र राजमार्गको दाउन्ने, कर्णाली राजमार्ग, सिद्धार्थ राजमार्ग, अरनिको राजमार्गको बाह्रबीसेलगायत विभिन्न जोखिमयुक्त सडकहरूमा हेभी इक्वीपमेन्टहरू तयारी अवस्थामा राखिएका छन् ।  ‘मनसुन शुरू हुनासाथ नै भारी मात्रामा पानी परेकाले विभागअन्तर्गत रहेका इक्वीपमेन्टहरूले धान्न नसक्ने देखिएको छ,’ नेपालले भने, ‘विकल्पका रूपमा अहिले निजीक्षेत्रसँग रहेका त्यस्ता उपकरण प्रयोग गर्ने विषयमा गृहकार्य गर्न थालेका छौं ।’  निजीक्षेत्रबाट त्यस्ता उपकरण भाडामा लिनका लागि गृहकार्य शुरू गर्ने तयारी विभागले गरेको छ । पहिरोबाट अवरुद्ध सडकहरू सुचारु राख्न हेभी इक्वीपमेन्टमा लोडर, ब्याकहोल लोडर, एस्काभेटरजस्ता उपकरण प्रयोग गरिन्छ ।  यी उपकरण निजीक्षेत्रबाट भाडामा लिनुपूर्व बजेट सुनिश्चित गर्ने र सम्झौता पनि गर्नुपर्ने भएकाले व्यवस्थापनमा ढिलाइ हुन सक्ने देखिएको छ । सीधै भाडामा लिन नमिल्ने हुँदा उपकरणहरूको जोहो गर्न समय लाग्ने उनको भनाइ छ । विभागअन्तर्गत काठमाडौं, हेटौंडा, पोखरा, जनकपुर, इटहरी, गोदावरी, बुटवल, नेपालगञ्जमा हेभी इक्वीपमेन्ट डिभिजन कार्यालय छन् । यी कार्यालयमार्फत ती इक्वीपमेन्ट परिचालन गरिँदै आएको छ ।  जलविद्युत् आयोजनाहरूमा बाढीपहिरोका कारण ठूलो क्षति भएको छ । नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले अहिले केकति क्षति भयो भन्ने विषयमा यकिन नभए पनि विद्युत् उत्पादनमा भने असर गरेको जानकारी दिए । उनका अनुसार १४४ मेगावाट (मेवा) को कालीगण्डकी ‘ए’बाट विद्युत् उत्पादन बन्द भएको छ । ७० मेवाको मध्यमर्स्याङदी, ६० मेवाको माथिल्लो त्रिशूली ३ ‘ए’, १० मेवाको सुनकोशी, १४ मेवाको मोदीलगायत आयोजनाबाट विद्युत् उत्पादन बन्द भएको उनले बताए । मर्स्याङ्दी आयोजना भने बुधवार बिहानदेखि सञ्चालनमा आएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष कृष्णप्रसाद आचार्यले विभिन्न स्थानमा रहेका नदीबेसिन आयोजनाहरूमा ठूलो क्षति भइरहेको बताए । मेलम्ची क्षेत्र, लमजुङ दोर्दी कोरिडोर, कास्कीको मादीमा भएका दुईओटा आयोजनामा पनि क्षति भएको छ । उनले कतिपय आयोजनाको पावरहाउसमा बाढी पसेर काम रोकिएको र निर्माणाधीन सुपरदोर्दीमा भएका इक्वीपमेन्टलगायत उपकरण बगाएर करोडौंको क्षति पुगेको बताए ।  मोदी कोरिडोरमा भएका आयोजनाहरू पनि सबै बन्द रहेको इप्पानले जानकारी दिएको छ । कालिगण्डकी बेसिन र केही आयोजनाहरूमा भौतिक क्षति पुगेको छ । क्षतिको आकलन अहिले गरिनसकेको उनको भनाइ छ । ‘बाढीपहिरोका कारण निर्माणाधीन आयोजनाहरूभन्दा पनि निर्माण सम्पन्न भइसकेका आयोजनाहरूमा बाढीले हिलो ल्याउँदा टर्वाइन चलाउन निकै गाह्रो हुन्छ,’ आचार्यले भने, ‘यस्तो हुनेबित्तिकै बाध्य भएर विद्युत् उत्पादन बन्द गर्नुपर्ने हुन्छ ।’ मस्र्याङ्दी, दोर्दी, मादी, कालिगण्डकी, रूढी खोला, मेलम्चीमा रहेका नेशनल हाइड्रो लगायत आयोजनाबाट विद्युत् उत्पादन बन्द भएको छ । कतिपय स्थानमा बाढीपहिरोका कारण ट्रान्समिशन लाइनका टावरहरू ढलेका छन् । यस्ता कारणले अहिले विद्युत् उत्पादन निकै कम भएको आचार्यले बताए ।