यू १५ महिला साफ च्याम्पियनसिप : नेपाल र भुटान भिड्दै

काठमाडौं– बंगलादेशमा जारी यू १५ महिला साफ च्याम्पियनसिपमा आज नेपाल र भुटान भिड्दैछन् । अपराह्न सवा ४ बजे सुरु हुने खेल अघि प्रशिक्षक भगवती रानाले नेपालको प्लेईङ सेट सार्वजनिक गरेकी छिन् । भुटानविरुद्ध कप्तान दीपा रोकायाले नेपालको अग्रपङ्क्तिको जिम्मेवारी पाएकी छिन् । यसैगरी गोलपोष्टको जिम्मेवारी सुजाता तामाङलाई दिइएको छ । ढाकामा हुने खेलमा विजयी हुँदै […]

सम्बन्धित सामग्री

यू-१५ महिला साफ च्याम्पियनसिप जित्यो नेपालले

काठमाडौं : बंगलादेशमा सम्पन्न यू-१५ महिला साफ च्याम्पियनसिप फुटबलको उपाधि नेपालले जितेको छ।ढाकामा शुक्रबार भएको डबल राउण्ड रोबिन लिगको अन्तिम खेलमा नेपालले बंगलादेशसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेपछि नेपाल च्याम्पियन बनेको हो। प्रतियोगितामा नेपालले ४ खेलबाट १० अंक जोड्दै च्याम्पियन बन्यो। बंगलादेश भने ४ खेलमा ७ अंक जोडेर उपविजेतामा सीमित हुँदा भुटान अंकविहीन रहँदै घर फर्कियो। नेपाली महिला फुटबलले उमेर समूहमा जितेको यो पहिलो अन्तरराष्ट्रिय उपाधि हो। यसअघि नेपाली महिल

यू–१५ महिला साफ च्याम्पियनसिप : आज नेपालले भुटानसँग खेल्ने

काठमाडौं : बंगलादेशमा जारी १५ वर्ष मुनिको महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्दैछ। खेल ढाकास्थित मुस्ताफा कमल स्टेडियममा दिउँसो सवा ४ बजे सुरु हुनेछ। नेपाल आज लगातार तेस्रो जितको खोजीमा छ। पहिलो खेलमा नेपालले भुटानलाई ७–० गोलले हराएको थियो भने दोस्रो खेलमा आयोजक बंगलादेशमाथि १–० को जित दर्ता गरेको थियो। हालसम्म जितविहीन भुटान पहिलो जितको खोजीमा हुनेछ। ‘राउण्ड रोबिन लिग’का आधारमा भइरहेको खेलमा नेपालले अन्तिम खेलमा शुक्रबा

नेपाल र भुटान भिड्दै

काठमाडौं । बंगलादेशमा जारी यू–१५ महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज बिहीबार भुटानसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र भुटानबीचको खेल दिउँसो सवा ४ बजे सुरु हुनेछ । नेपाल भुटानलाई हराएर सुखद सुरुआतको योजनामा रहेको छ भने भुटान पनि पहिलो जितको खोजीमा रहेको छ । मंगलबार भएको उद्घाटन खेलमा भुटानलाई बंगलादेशले ८–० ले हराएको थियो । […]

यु-१५ महिला साफ च्याम्पियनसिप: आज नेपाल र भुटान भिड्दै

काठमाडाैँ – बंगलादेशमा जारी यु-१५ महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज भुटानको सामना गर्दैछ । नेपाल र भुटानबीचको खेल दिउँसो ४ः१५ बजे सुरु हुनेछ । च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल र भुटानको सहभागिता रहेको छ । नेपालले दोस्रो खेलमा बंगलादेशसँग नोभेम्बर ५, भुटानसँग नोभेम्बर ९ र नोभेम्बर ११ मा पुनः बंगलादेशसँग खेल्नेछ ।

महिला साफ च्याम्पियनसिप फुटबल – नेपालको शानदार जित, भुटान ४-० ले पराजित

काठमाडौँ- छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलअन्तर्गत उद्घाटन खेलमा नेपाल विजयी भएको छ । नेपालले भुटानलाई ४–० गोलअन्तरले पराजित गरेको हो । नेपालले पहिलो हाफमा एक गोल गरेको थियो । मध्यान्तरपछिको खेलमा नेपालले भुटानविरुद्ध थप तीन गोल गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा पहिलो हाफमा नेपालका लागि सावित्रा भण्डारीले गोल गरेकी थिइन् । […]

महिला साफ च्याम्पियनसिप आजबाट, उद्धाटन खेलमा नेपाल र भुटान भिड्दै

काठमाडौं, भदौ २१ । महिला साफ च्याम्पियनसिपको छैटौं सस्करण आजबाट काठमाडौंमा शुरु हुँदैछ । आज हुने च्याम्पियनसिपको पहिलो खेलमा आयोजक नेपालले भुटानको सामना गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल बेलुकी ५:३० बजे शुरु हुनेछ । नेपाल आज हुने खेलमा भुटानलाई हराउँदै साफ च्याम्पियनसिपमा सुखद शुरुवात गर्न चाहन्छ । यसपटक घरेलु मैदानमा उपाधि उचाल्ने लक्ष्य […]

महिला साफ च्याम्पियनसिप आजबाट, नेपालले भुटानको सामना गर्दै

काठमाडौं : महिला साफ च्याम्पियनसिप आजबाट काठमाडौंमा सुरु हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज प्रतियोगिताको पहिलो खेलमा नेपाल र भुटान आमनेसामने हुँदैछन्। खेल साँझ साढे ५ बजे सुरु हुनेछ। प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुदमन्त्री महेश्वजंग गहतराजले गर्ने कार्यक्रम छ। प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, भुटान, माल्दिभ्स र श्रीलंकाले प्रतिस्पर्धा गर्नेछन्। 'लिग…

महिला साफ च्याम्पियनसिप : नेपाल रहेको समूहमा श्रीलंका र भुटान

काठमाण्डाै – आउँदो भदौमा नेपालमा हुने महिला साफ च्याम्पियनसिपमा नेपाल तुलनात्मक रुपमा सजिलो समूहमा परेको छ । आज भएको समूह विभाजन अनुसार नेपाल रहेको समूह बीमा श्रीलंका र भुटान रहेका छन् । समूह ए मा भने भारत, बंगलादेश, माल्दिभ्स र पाकिस्तान रहेका छन् । नेपालले महिला साफ च्याम्पियनसिपमा श्रीलंका र भुटानसँगका सबै खेल जितेको छ । प्रतियोगिता आउँदो भदौको २१ गतेदेखि असोज ३ गतेसम्म काठमाण्डौको दशरथ रंगशालामा हुँदैछ । प्रतियोगिताका लागि नेपालले ५८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरिसकेको छ । एन्फाले महिला टोलीक...

महिला साफ च्याम्पियनसिप फुटबलका लागि बन्द प्रशिक्षण आजदेखि

काठमाण्डाै - महिला साफ च्याम्पियनसिप फुटबलका लागि बन्द प्रशिक्षण आजदेखि हुँदैछ । नेपाली राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक कुमार थापाले बन्द प्रशिक्षणका लागि ५८ खेलाडी बोलाएका अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । त्रिपुरेश्वरमा रहेको  दशरथ रङ्गशालामा हुने महिला साफ च्याम्पियनसिप आउँदो भदौ २१ गतेदेखि असोज ३ गतेसम्म हुनेछ । प्रतियोगितामा नेपाल, भारत, भुटान, बङ्लादेश, माल्दिभ्स, श्रीलङ्का र पाकिस्तानले प्रतिस्पर्धा गर्नेछन्  ।नेपालले यसअघि पाँचौँ संस्करणको महिला साफ आयोजना गरेको थियो ।