वातावरणीय दृष्टिकोणले उत्खनन गर्नै नमिल्ने झापाको सुदूरपूर्वी चुरे क्षेत्रमा दोहोरो उत्खनन भइरहेको पाइएको छ । यो चुरे क्षेत्रमा नेपाल र भारत दुवै देशले चरम दोहन गरिरहेका हुन् । वर्षौंदेखि ढुंगा, गिट्टी र बालुवा उत्खनन जारी रहँदा सम्बद्ध निकाय भने मौन छ ।