नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि १२ जनाले दिए आवेदन

कात्तिक २५, काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि बिहीवार अन्तिम दिनसम्ममा १२ जनाको आवेदन परेको छ। अर्थ मन्त्रालय स्रोतका अनुसार उक्त पदका लागि आवेदन दिनेहरूमा नीरज गिरी, डा नवराज अधिकारी, अनिल पौडेल, सिताराम थपलिया, चिरन्जिवि चापागाईं, कृष्ण प्रसाद आचार्य, जीवन अमगाई, गोपाल भट्ट, डा केशव प्रसाद श्रेष्ठ, रमेश हमाल,अम्बिका रिमाल र हेमन्त बस्याल रहेका छन् । अध्यक्ष पदका लागि आवेदन दिने बिहीवार  अन्तिम दिन रहेको थियो।  यसअघि सरकारले सर्वोत्तम सिमेन्टको शेयरको भित्री कारोबारमा संलग्न रहेको भन्दै तत्कालिन अध्यक्ष भीष्मराज ढुंगानालाई बर्खास्त गरेको थियो। त्यसपछि रिक्त रहेको पदमा अर्थ मन्त्रालयले नाम सिफारिस गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्व पोडेल, अर्थसचिव मधु मरासिनी र विज्ञ सदस्यका रुपमा प्राडा नारायणप्रसाद पौडेल सम्मिलित सिफारिस समिति गठन गरेको छ। सोही समितिले १२ जना आवेदकबाट ३ जना नाम छनौट  गरी सरकारसमक्ष सिफारिस गर्नेछ।  समितिको सिफारिसका आधारमा सरकारले तीन जनामध्ये एकजनालाई धितोपत्र बोर्डको अध्यक्षमा नियुक्ति  गर्नेछ । मन्त्रालयका अनुसार  अध्यक्ष पदका लागि धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरी र नायब कार्यकारी निर्देशक डा नवराज अधिकारीले पनि आवेदन दिएका छन् ।  यसरी आवेदन दिनेमा नेप्सेका पूर्वकार्यकारी अधिकृत, बैंकर, बीमा समितिका पूर्व अध्यक्ष, चार्टर्ड एकाउन्टेन्ट तथा लगानीकर्ताहरु रहेका छन् । अध्यक्षका लागि अहिले उनीहरु विभिन्न शक्तिकेन्द्रमा दौडधुपमा रहेको बुझिएको छ । यो पनि हेर्नुस् : पूँजीबजारको नियामक निकायका प्रमुखहरुको नियुक्ति प्रक्रिया एकै पटक अगाडि बढ्यो धितोपत्र बोर्ड र नेप्सेको प्रमुखका लागि लबिइङ शुरु, को - को छन् आकांक्षी ?

सम्बन्धित सामग्री

नियामक निकाय बलियो छ भन्ने देखाएका छौं : अध्यक्ष हमाल

काठमाडौं। धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बलियो रहेको कुरा आफूहरूले देखाएको अध्यक्ष रमेशकुमार हमालले दाबी गरेका छन् । आइतवार धितोपत्र ब्रोकर एशोसिएशन नेपालले काठमाडौंमा आयोजना गरेको विश्व लगानीकर्ता सप्ताह, २०२३ को समापन कार्यक्रममा बोल्दै अध्यक्ष हमालले पूँजी बजारको विकास र विस्तारका लागि बोर्डले गरेको काम उल्लेख गर्दै नियामक निकाय बलियो रहेको दाबी गरेका हुन् ।  सरकारको आग्रहमा बोर्डको अध्यक्ष पद ग्रहण गरेको उल्लेख गर्दै बोर्डले अहिले सिस्टममा आधारित भएर काम गरिरहेको उनले बताए । आफूले अध्यक्ष नियुक्त हुनुअघि सूचीकृत कम्पनीको संख्या २०० बाट ४०० पुर्‍याउने कार्ययोजना सरकारसमक्ष प्रस्तुत गरेकोे जानकारी दिँदै बोर्डले कसैको तजबिजी वा मान्छेको टाउको हेरेर नभई कागजी प्रक्रिया पूरा गरेका कम्पनीलाई सार्वजनिक निष्कासनमा स्वीकृति दिने प्रणाली विकास गरेको हमालले बताए ।  सार्वजनिक निष्कासनमा बुक बिल्डिङ प्रणालीलाई शुरूका दिनदेखि नै प्राथमिकतामा राखेको उल्लेख गर्दै अध्यक्ष हमालले सो प्रक्रियाले समेत निरन्तरता पाइरहेको बताए । बुक विल्डिङ राम्रो र विश्वमा मान्यताप्राप्त प्रणाली भए पनि त्यसले सबै समस्याको समाधान नहुने उनको भनाइ छ ।  नेपालमा बुक विल्डिङ विधिका लागि क्रश होल्डिङ मुख्य समस्याको रुपमा रहेको उनले बताए । नेपालमा क्रश होल्डिङ देखिँदैन तर हुन्छ । आगामी दिनमा यो विधिको कार्यान्वयनमा क्रश होल्डिङलाई समस्या बनाएर बोर्डलाई नै आरोप आउने सम्भावना पनि हमालले औंल्याए । यद्यपि बुक विल्डिङको प्रक्रिया धेरै चाँडो अघि बढ्ने उनले जानकारी दिए ।  पूँजी बजारका लागि शेयर धितो कर्जाको सीमा परिवर्तनदेखि प्राइभेट इक्विटी र भेन्चर क्यापिटलमा बैंकहरूले लगानी गर्न पाउने व्यवस्था लागू गर्न बोर्डले महत्त्वपूर्ण भूमिका खेलेको उनले दाबी गरे ।  बोर्डले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) का लागि कम नेटवर्थ भएका कम्पनीलाई समेत स्वीकृति दिएको गुनासोप्रति अध्यक्ष हमालले सबै कम्पनीको आईपीओ खरीद गर्न बाध्यकारी अवस्था नभएको बताए । लगानीकर्ताले आईपीओ खरीद गर्दा होस् या दोस्रो बजारमा शेयर खरीद गर्दा अध्ययन गर्नुपर्ने उनको सुझाव छ । ‘आवश्यक मापदण्ड पूरा गरेका कम्पनीलाई सार्वजनिक निष्कासनका लागि अनुमति दिनु बोर्डको जिम्मेवारी हो,’ अध्यक्ष हमालले भने, ‘लगानीकर्ताको जिम्मेवारी अध्ययन गरेर मात्र लगानी गर्नु हो ।’ बोर्डको इतिहासमा ३० वर्षमा नभएको कारबाही पछिल्लो समय २० महीनामा भएको उनले दाबी गरे । हिजोका दिनभन्दा आजका दिनमा पूँजीबजारसँग सम्बन्धित निकायहरू बलियो हुँदै जानुपर्ने पक्षमा बोर्ड रहेको उनले बताए ।  असोज १५ गतेदेखि आयोजना गरिएको विश्व लगानीकर्ता सप्ताहको औपचारिक समापन कार्यक्रममा धितोपत्र ब्रोकर एशोसिएशनका अध्यक्ष सागर ढकालले पूँजी बजारका सबै पक्षले एकअर्काको कठिनाइ बुझेर अघि बढ्ने हो भने पूँजी बजारको विकास हुने बताए । नेपाल राष्ट्र बैंकले पछिल्लो समय शेयर धितो कर्जाको सीमामा गरेको परिवर्तनप्रति ढकालले असन्तुष्टि व्यक्त गरे । उनले संस्थागत लगानीकर्ताको हकमा शेयर धितो कर्जाको सीमा तोक्न नहुने बताए । संस्थागत लगानीकर्ता बजार विकासका महत्त्वपूर्ण आधार रहेको उल्लेख गर्दै उनले यस्ता लगानीकर्तालाई लगानीमा बाधा पर्ने गरी सीमा निर्धारण गर्न नहुने बताए ।

नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि ३ जनाको नाम सिफारिस, को - को छन् दौडमा ?

फागुन २, काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष पदका लागि तीन जनाको नाम सिफारिस गरिएको छ । अध्यक्ष पदका लागि गठित सिफारिस समितिले सर्ट लिष्टमा परेका पाँच जनामध्ये तीन जनाको नाम सरकारलाई सिफारिस गरेको हो । समितिले पहिलो नम्बरमा रमेश हमाल, दोस्रोमा डा गोपाल भट्ट र तेस्रो नम्बरमा कृष्ण पोखरेललाई सिफारिस गरेको हो । सिफारिस गरिएकामध्ये अव एक जनालाई अब मन्त्रिपरिषद बैठकले सेबोनको अध्यक्षमा नियुक्त गर्नेछ ।   सेबोनका पूर्व अध्यक्ष भिष्मराज ढुङ्गानाको बर्खास्तीपछि उक्त पद खाली छ । सर्वोत्तम सिमेन्टको शेयर खरीद प्रकरणमा मुछिएका तत्कालीन अध्यक्ष ढुंगानालाई पदबाट बर्खास्त गरेपछि बोर्डको अध्यक्ष पदमा सरकारले नियुक्त गर्न लागेको हो ।   यो पनि हेर्नुस् : नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि १५ जनाले दिए आवेदन, को - को छन् दौडमा ?

धितोपत्र बोर्डको अध्यक्षका लागि अन्तिम तीन जनाको नाम सिफारिस

नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष लागि अन्तिम तीन जनाको नाम छनौट भएको छ । धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस तथा छनोट समितिले कृष्णराज पोखरेल, डा. गोपाल भट्ट र रमेश हमालको नाम छनौट गरेको हो ।योसँगै समितिले उक्त तीन अन्तिम नामावली अध्यक्ष छनौटका लागि अर्थ मन्त्रालयलाई सिफारिस गर्नेछ र मन्त्रालयले मन्त्रिपरिषद्मा पेस गर्ने छ । सोही मध्येबाट एक जनालाई मन्त्रीपरिषद्ले अध्यक्ष नियुक्त गर्नेछ । धितोपत्र बोर्डको अध्यक्षका लागि १५ जनाले आवेदन दिएका थिए । सोमध्येबाट छनोट समि

धितोपत्र बोर्ड अध्यक्षका लागि पाँच जनाको नाम ‘सर्ट लिस्ट’ मा

नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षका लागि ५ जनाको नाम सर्ट लिस्टमा परेको छ । सोमबार बसेको सिफारिस समितिको बैठकले कुल १५ आवेदक मध्ये उत्कृष्ट पाँच जनाको नाम छनोट गरेको हो । समितिले निरज गिरी, गोपालप्रसाद भट्ट, खगेन्द्र कटुवाल, रमेशकुमार हमाल र कृष्णराज पोखरेललाई प्रस्तावित अध्यक्षको सर्ट लिस्टमा सिफारिस गरेको हो । अब छनोट भएका पाँच जनामध्येबाट समितिले अध्यक्षका लागि अन्तिम तीन जनाको नाम सिफारिस गर्ने छ । ती मध्येबाट सरकारले एक जनालाई बोर्डको अध्यक्ष नियुक्त गर्नेछ । सेबोनको अध्यक्षका ला

धितोपत्र बोर्ड अध्यक्षका लागि पहिलो चरणमा ५ जना छनोट

नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष छनोटका लागि सिफारिस समितिले पहिलो चरणमा उत्कृष्ट ५ जना छनोट गरेको छ । सोमबार बसेको सिफारिस समितिको बैठकले परेका १५ आवेदनमध्ये ५ जना सिफारिस गरेको हो । छनोट भएका ५ जनामध्येबाट सिफारिस समितिले ३ जनाको नाम सिफारिस गर्ने छ । तीमध्येबाट एक जनालाई सरकारले बोर्डको अध्यक्ष नियुक्त गर्नेछ ।