थापा भर्सेस लिङ्देन : राप्रपामा मतदान आज

प्रतिनिधि विवादका कारण राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनको नयाँ कार्यसमिति चयनका लागि एक दिन ढिला गरी शनिबार मतदान हुँदैछ । मतदानबाट अध्यक्षसहित १४९ सदस्य कार्यसमिति चयन हुनेछ। वर्तमान अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्र लिङ्देन प्यानल नै बनाएर निर्वाचनमा होमिएका छन् । अध्यक्षमा थापा र लिङ्देनबीच प्रतिस्पर्धा हुनेछ । थापा समूहबाट उपाध्यक्षमा बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान तथा महिला उपाध्यक्षतर्फ रोशन कार्कीले उम्मेदवारी दर्ता गराएका छन् । महामन

सम्बन्धित सामग्री

किन अमेरिका आउँदैछन् राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन एकसाताका लागि अमेरिका

राप्रपा अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङ्देन एकसाताका लागि अमेरिका आउँदैछन् । प्रवासी नेपाली एकता समाज पानसको निमन्त्रणामा लिङ्देन अमेरिका आउन लागेको राप्रपा नेता प्रेमकुमार श्रेष्ठले जानकारी दिएका छन् । लिङ्देन अक्टोबर २८ मा टेक्सास आउने र सोहीदिन टेक्सासमा हुने मम फेस्टिवलको आतिथ्यता ग्रहण गर्नेछन् । साथै नेपालीहरुसंग भेटघाट गर्ने कार्यक्रम तय भएको छ । […]

महिला संगठनको बन्दसत्रमा किन गए लिङ्देन ?

राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको बन्दसत्रमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी भएपछि विरोध भएको छ ।

राजेन्द्र लिङ्देन झापाबाट सिधै बालकोटमा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन झापाबाट एयरपोर्ट हुँदै सिधै एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेका छन् । सत्ता गठबन्धनमा प्रधानमन्त्रीमा सहमति नजुटेसँगै अध्यक्ष लिङ्देन राजनीतिक छलफलका लागि झापाबाट त्रिभुवन विमानस्थल ओर्लेर सिधै बालकोट पुगेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले पुष्टि गरे ।

झापा ३ मा राप्रपा अध्यक्ष लिङ्देन दोस्रोपटक विजयी

झापाको प्रतिनिधिसभा क्षेत्र नं ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन विजयी हुनुभएको छ । उहाँले सोही क्षेत्रबाट दोस्रोपटक विजय हाँसिल गर्नुभएको हो । विसं २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि अध्यक्ष लिङ्देन र कांग्रेस नेता सिटौलाबीच नै प्रतिस्पर्धा भएको र लिङ्देन विजयी हुनुभएको थियो । अध्यक्ष लिङ्देन ४० हजार छ सय ६२ मतका साथ …

राजेन्द्र लिङ्देन विजयी

काठमाडौं – झापा क्षेत्र नं. ३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन विजयी भएका छन् । लिङ्देन तीन हजार २७६ मतान्तरले विजयी भएका हुन् लिङ्देनले  ४० हजार ६४८ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले ३७ हजार ३७२ मत प्राप्त गरेका थिए। यसअघि पनि लिङदेनले यही क्षेत्रबाट सिटौलालाई पराजित गरेका थिए ।

‘हौसिएका’ राजेन्द्र लिङ्देन

झापा– आसन्न निर्वाचनको मिति नजिकिँदै जाँदा झापा क्षेत्र नम्बर-३ का उम्मेदवार तथा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन केही दिनयता भइरहेका राजनीतिक गतिविधिले हौसिएका छन् । नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलासँग प्रतिस्पर्धा गरिरहेका लिङ्देन केही दिनयता भइरहेका राप्रपा प्रवेशको लहरले हौसिएका हुन् । सिटौलालाई सत्तारुढ गठबन्धनको सहयोग छ भने लिङ्देनलाई एमालेको ।  तर, सिटौलालाई सहयोग गर्न दल नेकपा […]

लिङ्देन पत्नीलाई कोरोना संक्रमण, लिङ्देन पनि आइसोलेसनमा

काठमाडौँ- पत्नी सीता थापा लिङ्देनलाई कोरोना संक्रमण भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन पनि आइसोलेसनमा बसेका छन्। अध्यक्ष लिङ्देनको कोरोना रिपोर्ट भने नेगेटिभ आएको पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। ‘श्रीमतीलाई कोरोना संक्रमण देखिएपछि अध्यक्ष लिङ्देन पनि आइसोलेसनमा हुनुहुन्छ,’ प्रवक्ता श्रेष्ठले भने। यसअघि ज्ञानेन्द्र शाहीले जुम्लाबाट संसदीय निर्वाचनमा उम्मेदवारी दिनेबारे घोषणा गर्न नयाँ बानेश्वरमा […]

जितपछि नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देन (तस्बिरहरु)

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनबाट नयाँ नेतृत्वमा राजेन्द्र लिङ्देन निर्वाचित भएका छन्। अध्यक्षका प्रतिष्पर्धी कमल थापालाई पराजित गर्दै लिङ्देन दुई सय मतको अन्तरले विजयी भएका हुन्। नवनिर्वाचित लिङ्देनले आज...

लिङ्देन टिमबाट पदाधिकारीमा एकजना मात्रै निर्वाचित

काठमाडौँ – राष्ट्रिय प्रजानतन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनबाट राजेन्द्र लिङ्देन अध्यक्ष निर्वाचित भएका छन् । आइतबार विहान सम्पन्न मतगणनामा दुई सय मतले पछि पार्दै लिङ्देन निर्वाचित भएका हुन् । लिङ्देन अध्यक्ष निर्वाचित भए पनि उनको प्यानल भने पराजित भयो । महामन्त्रीमा धवलशम्शेर राणामात्रै लिङदेन प्यानलबाट निर्वाचित भए । धवल लिङ्देनको टिमका एकमात्र निर्वाचित पदाधिकारी बने […]