सावित्रा भण्डारीको ह्याट्रिक प्रेरित विभागीय टोली नेपाल एपीएफ क्लब धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । सोमवार तेस्रो दिन विराटनगर महानगरपालिकालाई ८–० को फराकिलो अन्तरले हराउँदै विभागीय टीम एपीएफ क्लब अन्तिम चारमा पुगेको हो । सेमिफाइनलमा अव एपीएफले अर्को विभागीय टोली नेपाल आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।एपिएफको सानदार जितमा सावित्रा भण्डारीले ह्याट्रिक सहित पाँच गोल गरिन् । त्यस्तै अनिता बस्नेत सविता राना मगर र