सोमबार दोहोरो अंकले बढ्यो नेप्से

काठमाडौं, २८ असार । नेपाली शेयर बजारमा आज हरियाली छाएको छ । साताको कारोबारको दोस्रो दिन नेप्से परिसुचक ११ दशमलव ६८ अंकले बढेर १९२७ दशमलव २८ विन्दु कायम भएको हो । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज २ दशमलव ९ अंकले बृद्धि भएर ३६८ दशमलव ९५ विन्दुमा पुगेको हो । आज २२६ कम्पनीको […]

सम्बन्धित सामग्री

प्रि -ओपन सेसनमा ०.५१ अंकले बढ्यो नेप्से

वैशाख २७, काठमाडौं  । साताको तेस्रो कारोबार  दिन मंगलवार प्रि - ओपन सेसनमा नेप्से  परिसूचक शून्य दशमलव ५१ अंकले बढेको छ । उक्त अवधिमा  नेप्से परिसूचक २ हजार २६९ दशमलव ३५ विन्दुमा पुगेको छ । प्रि - ओपन सेसनमा ६ लाख ८३ हजार ८१९ रुपैयाँ बराबरको शेयर खरीदविक्री भएको छ । साताको दोस्रो कारोबार दिन सोमवार नेप्से परिसूचक दोहोरो अंक अर्थात् १२ दशमलव २७ अंक बढेर २ हजार २६८ दशमलव ८४ विन्दुमा बन्द भएको थियो । उक्त दिन ३३ लाख २४ हजार ८२२ कित्ता शेयर रू.१ अर्ब ३९ करोड ६ लाख ७ हजार ७०१ मा खरीदविक्री भएको थियो ।

सोमवार दोहोरो अंकले बढ्यो नेप्से, नेपाल दूरसञ्चार कम्पनीको सर्वाधिक शेयर किनबेच

वैशाख २६, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार नेप्से परिसूचक दोहोरो अंक अर्थात् १२ दशमलव २७ अंक बढेको छ । नेप्से परिसूचक २ हजार २६८ दशमलव ८४ विन्दुमा पुगेको हो ।  यस अवधिमा कारोबारमा आएका २२२ ओटा धितोपत्रको ३३ लाख २४ हजार ८२२ कित्ता शेयरको २८ हजार ६७५ पटकमा  रू. १ अर्ब ३९ करोड ६ लाख ७ हजार ७०१ बराबरको शेयर खरीद विक्री भएको छ ।   कारोबारमा आएका २२२ धितोपत्रमध्ये जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ८३९ दशमलव ८० पुगेको छ । त्यसैगरी दोस्रोमा महुली लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ७ दशमलव ७७ प्रतिशत वृद्धि भएर रू. १ हजार २९० पुगेको हो ।  सोमवार हिमालयन उर्जा विकास कम्पनीको शेयरमूल्य सबैभन्दा बढी ३ दशमलव ७८ प्रतिशत घटेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. २९५ मा झरेको हो । त्यसैगरी शेयरमूल्य घट्ने दोस्रोमा स्वरोजगार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ३ दशमलव २४ प्रतिशत घटेर रू. ८९५ कायम भएको छ ।  सोमवार सर्वाधिक शेयर खरीदविक्री  नेपाल दूरसञ्चार कम्पनीको भएको छ । कम्पनीको रू. ७ करोड ८३ लाख बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार २० कायम भएको छ । त्यसैगरी सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा एनआईसी एशिया बैंकको रू. ५ करोड ४ लाख बराबरको भएको हो ।  कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये विकास बैंक समूहको शून्य दशमलव ५३ प्रतिशत, होटल एण्ड टुरिजम समूहको शून्य दशमलव ८८ प्रतिशत, लगानी समूहको शून्य दशमलव शून्य ९ प्रतिशत र जीवन बीमा समूहको शून्य दशमलव ७० प्रतिशत घटेको हो भने बाँकी सबै समूहको समूहगत परिसूचक बढेको हो ।  समूहगत परिसूचक बढ्नेमा बैंकिङ समूहको परिसूचक शून्य दशमलव ९६ प्रतिशत, वित्त समूहको शून्य दशमलव १० प्रतिशत, हाइड्रोपावर समूहको शून्य दशमलव ५० प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव ५१ प्रतिशत, लघुवित्त समूहको १ दशमलव ३३ प्रतिशत, म्युचुअल फण्ड समूहको शून्य दशमलव ५५ प्रतिशत र निर्जीवन बीमा समूहको समूहगत परिसूचक शून्य दशमलव ५७ प्रतिशतका दरले बढेको हो ।

लगातार तेस्रो दिन दोहोरो अंकले बढ्यो नेप्से

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लगातार तेस्रो दिन दोहोरो अंकले बढेको छ । साताको पहिलो कारोबार दिन आइतबारदेखि नै बढ्न थालेको नेप्से परिसूचक हिजो सोमबार र आज मंगलबारसम्म पनि दोहोरो अंकले बढेको हो ।नेप्सेमा आइतबार ६० अंकको सुधार आएको थियो । हिजो सोमबार ३२ अंकले बढेको थियो भने आज मंगलबार ६३ अंकले बढेको छ । यससँगै पछिल्लो तीन कारोबार दिनमा नेप्से परिसूचक १५५ अंकले बढेको छ ।आज ६३ अंकले बढेको नेप्सेमा चार अर्ब ३२ करोड रुपैयाँ बराबरको ९१ लाख १० हजार कित्ता सेयर किनबेच भएको छ । लगातार तेस्रो दिन दोहोरो अंक

दोहोरो अंक बढ्यो नेप्से, कारोबारमा भारी गिरावट - Naya Patrika

साताको अन्तिम दिन विहिबार नेप्से परिसूचक दोहोरो अंक बढेको छ । १० दशमलव ४५ अंक बढेर नेप्से परिसूचक १२५२ दशमलव ५२ बिन्दुमा पुगेको छ । व्यापार सुरु भएदेखि बढ्न थालेको...पूरा पढ्नुहोस् »