दुई वर्षमा पाँच करोड स्वाहा, रानीपोखरी र बालगोपालेश्वर अस्तित्वको संकटमा

दुई वर्षअघि राष्ट्रपतिद्वारा शिलान्यास भएको रानीपोखरी पुनर्निर्माण भएको भए गत कात्तिकमै राजधानीको मुटुमा रहेको यो ऐतिहासिक सम्पदाले पुनःजीवन पाउने थियो। सरकारले १८औँ भूकम्प सुरक्षा दिवसका दिन २०७२ माघ २ गते रानीपोखरी र बीचको बालगोपालेश्वर मन्दिर पुनर्निर्माणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीका हातबाट शिलान्यास गराएको थियो। दुई वर्ष बित्दा पनि यी दुवै सम्पदा अलपत्र छन्। यी सम्पदा…

सम्बन्धित सामग्री

भरतपुर भ्रमण वर्षमा प्याकेज घोषणा गर्दै चितवनका व्यवसायी

चितवन। ‘भरतपुर भ्रमण वर्ष २०२४’ शुरू भएसँगै चितवनका होटल व्यवसायीले चितवन आउने पर्यटकका लागि प्याकेजको व्यवस्था गरेका छन् । भ्रमण वर्षमा पर्यटकको बसाइँ लम्ब्याउन ‘प्याकेज एक र प्याकेज दुई’ नाममा प्याकेजको व्यवस्था गरेका हुन् । नेपाल होटल व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष दिनेशकुमार चुकेका अनुसार प्याकेज एकमा चितवनको अम्ब्रेला स्ट्रीट, बाटुली पोखरी, बीसहजारी ताल, गणेशधाम, देवघाट र नारायणी नदीकिनारको आरतीसम्म भ्रमण गराइनेछ । त्यस्तै प्याकेज दुईमा पश्चिम चितवनको लक्ष्मी वैकुण्ठनाथ मन्दिर, जेम्स वल्र्ड मुकन्देश्वर महादेव, राइनो क्रुज, ज्ञानेश्वर सामुदायिक वन, सेतीदेवी सामुदायिक वन र मेघौलीको गोलाघाटसम्म अवलोकन गराइनेछ । पर्यटकलाई चितवनको धार्मिक तथा पर्यटकीयस्थलका साथै दुर्लभ वन्यजन्तुको समेत अवलोकन गराउने कार्यक्रम रहेको अध्यक्ष चुकेले बताए । महानगरले निजीक्षेत्रसँगको सहकार्यमा ‘घुमौं भरतपुर’ नारासहित भ्रमण वर्ष मनाउन लागेको हो । भ्रमण वर्षमा भरतपुर क्षेत्रका सातओटा प्रमुख गन्तव्य र ३० भन्दा बढी पर्यटकीय गन्तव्यलाई प्राथमिकतामा राखेको उनले बताए । भ्रमण वर्षलाई लक्षित गरी दियालो बंगला सर्वसाधारणका लागि खुलाइएको छ । भ्रमण वर्षमा पाँच लाख स्वदेशी र दुई लाख विदेशी पर्यटकलाई भरतपुर घुमाउने लक्ष्य महानगरले राखेको छ । पश्चिम चितवनमा नारायणी र राप्ती नदीको संगमस्थल मेघौलीमा राइनो पार्क, गोलाघाट, भोजबाबा, शिवालय पार्क, संग्रहालय, सामुदायिक वन, सिमसार क्षेत्र लगायत छन् । चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको मेघौलीमा घाँसे मैदान र थुप्रै ताल भएकाले यो क्षेत्र दुर्लभ वन्यजन्तु र चराचुरुंगीको बासस्थानका रूपमा समेत परिचित छ । त्यस्तै कसरा ब्लकअन्तर्गत गोही प्रजनन केन्द्र, गिद्ध प्रजनन केन्द्र र विक्रमबाबा मन्दिर छन् । आँपटारी ब्लकअन्तर्गत दियालो बंगला, जलदेवी सामुदायिक वन, जोरकुसुम पार्क, राइनो कुञ्ज ब्लकमा बाटुली पोखरी, छितामाई, सीतामाई क्षेत्र छन् । गणेशधाम ब्लकको सामुदायिक वन, पार्क, मन्दिर, राइनो ताल ब्लकको धनगढी मन्दिर, ताल, सामुदायिक वन, सिमरी टाउन ब्लकको संग्रहालय, वन, ताल, घरवास, गाजीपुर ब्लकको सामुदायिक वन, तालका साथै वन्यजन्तु उद्धार केन्द्र, बिपी शान्ति नगर वन, महाबौद्ध गुम्बा, रानीपोखरी पार्क, नेपालको पहिलो सहकारी बखान बहुउद्देश्यीय सहकारीलगायत गन्तव्य छन् । यसैगरी टाइगर ताल, राइनो ताल, किङफिसर ताल, अठ्ठाइस हजार ताल, घैला ताल महानगरमा छन् । धार्मिकस्थलमा बागीश्वरी, हरिहर मन्दिर, मुकुन्देश्वर शिवालय, मनकामना मन्दिर, भोजबाबा र लक्ष्मीनारायण मन्दिर रहेका छन् ।

कामना सेवा बैंकद्वारा प्रहरी कन्ट्रोल रुम सबलीकरण

कामना सेवा विकास बैंक १७औँ वर्षमा प्रवेश गरेको अवसरमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी प्रहरी कन्ट्रोल रुम सबलीकरण कार्यक्रम सम्पन्न गरेको छ । कन्ट्रोल रुम सबलीकरण गरी काठमाडौं उपत्यका प्रहरी...

भाइटीकाका दिन खुल्ने छ बालगोपालेश्वर मन्दिर

काठमाडौं । भाइटीकाका अवसरमा बिहीबार बिहानैदेखि रानीपोखरी बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुल्ने भएको छ । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीया अर्थात भाइटीकाका दिन मात्र भक्तजनका लागि खुला गरिने रानीपोखरी बीचको बालगोपालेश्वर मन्दिर बिहीबार बिहानैदेखि खुल्ने भएको हो । भाइटीकाको अवसरमा मन्दिर खोल्न सबै तयारी पूरा भएको काठमाडौं महानगरपालिकाले जनाएको छ । मन्दिर वर्षमा एक दिन […]

आफ्नाे दिदीभाइ नहुनेकाे भाइटीका (फाेटाे फिचर)

काठमाडौं : काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा पनि भाइटीका लगाइएको छ।दाजुभाइ नभएका दिदीबहिनी र दिदीबहिनी नभएका दाजुभाइ जम्मा भएर टीका लगाउनका लागि भाइटीकाको अवसर पारेर शनिबार बिहानै देखि सो मन्दिर खुला गरिएको हो। बालगोपालेश्वर मन्दिर वर्षमा एक पटक भाइटीकाको दिन मात्रै खुल्ने गर्दछ। २०३५ सालपछि नियमित रुपमा रानीपोखरी भित्रको सो मन्दिर खुल्न थालेको हो। २०७२ साल बैशाख १२ गते गएको विनाशकारी भूकम्पले ध्वस्त बनाएको सो मन्दिर गत वर्षमात्रै पुननिर्माण गरिएको थियो।

भाइटीकाको दिन मात्र खुल्ने रानीपोखरीको मन्दिर बाल गोपालेश्वर कि गौरीशंकर ?

काठमाडौं, कार्तिक २० । वर्षमा एकपटक भाइटीकाको दिन मात्र खुल्ने रानीपोखरीको बाल गोपालेश्वर मन्दिर परिसर भाईटीका लगाउन आज खुला गरिएको छ । दिदीबहिनी नहुने दाजुभाइले मन्दिरमा पूजाआजा गर्ने र टीका लगाउने चलन छ। यस वर्ष पनि मन्दिर खुला भएकोले बिहानैदेखि टीका लगाउनेहरुको भिड बढ्न थालेको छ । रानीपोखरी मन्दिर परिसर भित्र प्रताप मल्लकै पालाको ग्रन्थकुट […]

धरहरा र रानीपोखरी समयमै सम्पन्न हुनेमा आशंका

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले समयमा नै सम्पन्न हुने दावी गरे पनि धरहरा र रानीपोखरी समयमा नै सम्पन्न हुनेमा सांसदहरूले आशंका व्यक्त गरेका छन् । संघीय संसदको राज्यव्यवस्था तथा सुशासन समितिमा सांसद कृष्णगोपाल श्रेष्ठले धरहरा समयभित्रै बन्नेमा आंशका व्यक्त गरे । उनले धरहरा निर्माण गर्ने कम्पनी क्षतिपूर्ति लिने दाउमा रहेको तथा अहिलेको तालले १० वर्षमा पनि धरहरा नबन्ने भन्दै आपत्ति जनाए । धरहरा पुनर्निर्माण समयमा होस् भनेर आफूले आशंका व्यक्त गरेको भन्दै सांसद श्रेष्ठले धरहरा पुनर्निर्माणलाई समयमा सम्पन्न गर्न आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताए ।

धरहरा, रानीपोखरी र काष्ठमण्डप तीन वर्षमा सक्ने घोषणा

काठमाडौं, जेठ १५ – सरकारले भूकम्पबाट क्षतिग्रस्त सम्पदाको पुनर्निर्माणलाई प्राथमिकतामा राखेको छ ।  रानीपोखरी, धरहरा, काष्ठमण्डप लगाएतका सम...

रानीपोखरीको नाममा दुई वर्षमा पाँच करोड स्वाहा !

दुई वर्षअघि राष्ट्रपतिले शिलान्यास गरेको रानीपोखरी पुनःनिर्माण भएको भए गत कात्तिकमै राजधानीको मुटुमा रहेको यो ऐतिहासिक सम्पदा यति बेला