एपीफएलाई आहा रारा गोल्ड कपको उपाधि

पोखरा– आहा रारा गोल्ड कप फुटबलको उपाधि एपीएफ क्लबले जितेको छ । आज पोखरा रंगशालामा भएको फाइनलमा मनाङ मर्स्याङ्दीलाई टाइब्रेकरमा ५–४ ले हराउँदै एपीएफले उपाधि चुमेको हो । तोकिएको समयावधिमा २–२ गोलको बराबरी भएपछि अतिरिक्त ३० मिनेट दिइएको थियो । अतिरिक्त समयमा पनि थप गोल नभएपछि खेल टाइब्रेकरमा गएको थियो । सहारा क्लब पोखराको आयोजनामा […]

सम्बन्धित सामग्री

आहा रारा गोल्डकपको उपाधिका लागि मनाङ र एपीएफ खेल्दै

काठमाण्डाै - आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको उपाधिका लागि आज मनाङ मर्स्याङ्दी क्लब र एपीएफ क्लब खेल्दैछन् । पोखरा रङ्गशालामा खेल दिउँसो दुई बजे सुरु हुनेछ । मनाङले आहा रारा गोल्डकप ६ पटक जितिसकेको छ । आज मनाङलाई हराएमा एपीएफ पहिलो पटक च्याम्पियन बन्नेछ । २०६४ सालमा छैटौँ संस्करणमा पहिलो पटक फाइनल पुगेको एपीएफले अहिलेसम्म उपाधि उचाल्न सकेको छैन । सेमिफाइनलमा मच्छिन्द्रलाई हराउँदै एपीएफ फाइनलमा पुगेको हो । त्यस्तै मनाङले त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा पराजित गरी फाइनलको यात्रा तय गरेको हो...

आहा रारा गोल्डकपको उपाधिका लागि मनाङ र एपीएफको भिडन्त

२० औं संस्करणको आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको उपाधिको लागि मनाङ मस्र्याङदी क्लबले विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबसंग प्रतिष्पर्धा गर्ने भएको छ । पोखरा रंगशालामा बिहिबारको भएको दोश्रो सेमिफाइनल खेलमा मनाङले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई टाईब्रेकरमा ४–३ को गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।उपाधि सहित नगद १० लाख […]

आहा ! रारा गोल्ड कप : एपीएफ उपाधि नजिक पुग्दा मछिन्द्र बाहिरियो

विभागीय टोली एपीएफ क्लब पोखरामा जारी २० औं संस्करणको आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नजिक पुग्दा मछिन्द्र फुटबल क्लब भने बाहिरिएको छ। पोखरा रंगशालामा बुधवार सम्पन्न पहिलो सेमिफाईनल...

आहा रारा गोल्डकप : थ्रीस्टार क्लब आर्मीसँग पराजित

बीसौँ संस्करणको आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा थ्रीस्टार क्लब नेपाली सेनाको त्रिभुवन आर्मी फुटबल क्लबसँग पराजित भएको छ । पाँचपटकको च्याम्पियन थ्रीस्टार आर्मीसँग निरिह सावित भयो ।    सहारा क्लब पोखराको आयोजनामा यही माघ ६ गतेदेखि पोखरा रङ्गशालामा जारी प्रतियोगिताको आज सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा आर्मीले थ्रीस्टारमाथि १–० गोलको जीत हासिल गरेको हो । आहा ! राराको इतिहासमा हालसम्म उपाधि जित्न नसकेको आर्मीले थ्रीस्टारलाई पराजित गर्दै सेमिफाइनलमा मनाङ मस्र्याङदी क्लबसँगको भेट ...

एपीएफलाई हराउँदै सङ्कटा आहा रारा गोल्ड कप फुटबलको फाइनलमा

काठमाण्डाै – सशस्त्र प्रहरीको एपीएफ क्लबलाई हराउँदै सङ्कटा क्लब आहा रारा गोल्ड कप फुटबलको फाइनलमा पुगेको छ ।  पोखरा रङ्गशालामा बुधवार भएको खेलमा सङ्कटाले एपीएफलाई दुई–शून्य गोलले हराउँदै उपाधि नजिकै पुगेको हो । सङ्कटाका लागि सुवास गुरुङ र विदेशी खेलाडी ग्लोरीले गोल गरे । सङ्कटाले उपाधिका लागि बिहीवार (भोलि) हुने नेपाल पुलिस क्लब र अफ्रिकन रुटबीचको विजेतासँग खेल्नेछ ।  प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको थियो । प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र ट्रफी प्राप्त गर्नेछ । फाइनल खे...

थ्री स्टारलाई ४–० ले हराउँदै पुलिस आहा रारा गाेल्ड कपकाे अन्तिम चारमा

कास्की – पोखरामा भइरहेकाे १९ औँ संस्करणको आहा रारा गोल्ड कप प्रतियोगिताकाे सेमिफाइनल समीकरण पूरा भएको छ ।  पोखरा रङ्गशालामा मङ्गलवार नेपाल पुलिस क्लबले थ्री स्टार क्लबलाई चार–शून्यले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गर्दा सेमिफाइनल समीकरण पूरा भएको हो । वाग्मती गोल्ड कपको उपाधि जितेर पोखरा भ्रमण गरेको टोली थ्री स्टारलाई पुलिसले पराजित गरेर अफ्रिकन रुटसँगकाे भेट पक्का गरेको हो । सुरुवातबाट नै दबाब दिएर खेलेको पुलिसले खेलकाे २९ औँ मिनेटमा बुद्धबल तामाङले ‘वान टच’ मा...