माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहितका शीर्ष नेता शीतलनिवास पुगेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नेताहरुलाई परामर्शका लागि बोलाएपछि अध्यक्ष प्रचण्डसहितका शीर्ष नेता शीतलनिवास पुगेका हुन् । अध्यक्ष प्रचण्डको सचिवालयलका एक सदस्यका अनुसार अध्यक्षसहितका शीर्ष नेताहरु अहिले शीतलनिवास पुगेर राष्ट्रपतिसँग परामर्श जारी राखेका छन् । शीतलनिवास स्रोतका अनुसार अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष कृष्णबहादुर महरा, उपमहासचिवद्धय वर्षमान पुन र जनार्दन