लाइन काटिएपछि नगरपालिकाले बुझायो सडक बत्तीको बक्यौता

पर्वत । लामो समयदेखि महसुल नबुझाएकाले सडक बत्तीको लाइन काटिएपछि कुश्मा नगरपालिकाले बक्यौता रकम भुक्तानी गरेको छ । नेपाल विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्रले लामो समयदेखि सडक बत्तीको रकम भुक्तानी नभएको भन्दै यही चैत ४ गतेदेखि कुश्माबजार क्षेत्रको लाइन काटेको थियो । नगरपालिकाले बक्यौतामध्ये रु ५० लाख भुक्तानी गरेको केन्द्रका लेखाप्रमुख गोविन्दप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार पटकपटक ताकेता गर्दा पनि नगरपालिकाले बक्यौता रकम भुक्तानी नगरेपछि बाध्य भएर विद्युत्को लाइन काटिएको हो । हालसम्मको रु २४ लाख भुक्तानी दिन बाँकी रहेको भन्दै उक्त रकम पनि चाँडै भुक्तानी गर्ने प्रतिबद्धता नगरपालिकाले जनाएको लेखाप्रमुख शर्माले जानकारी दिए ।  विद्युत् प्राधिकरणको वितरण केन्द्रका अनुसार सडकमा जडान गरिएका बिजुलीबापत पालिकाले रु ७४ लाख बढी भुक्तानी दिन बाँकी थियो । नगरपालिका र विद्युत् प्राधिकरणबीच चार वर्षअघि सडक बत्तीसम्बन्धी सम्झौता भएअनुसार सडक बत्तीबापतको रकम नगरपालिकाले भुक्तानी गर्ने उल्लेख थियो । केन्द्र हरेक बत्तीको ‘मिटरबक्स’ राखेर मात्रै सडक बत्तीको लाइन पुनः जोड्ने तयारी भइरहेको जनाएको छ । सडक बत्तीमा प्रयोग हुने मिटरबक्स विद्युत् प्राधिकरणले निःशुल्क दिने र तार नगरपालिकाले उपलब्ध गराउने सहमति भएको वितरण केन्द्रका प्रमुख प्रितमराज विष्टले जानकारी दिए । नयाँ सम्झौता गरेर हरेक बत्तीको मिटरबक्स नराखेसम्म लाइन नजोडिने उनको भनाइ छ । कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु तिवारीले बजेट अभावका कारण पूरै भुक्तानी गर्न नसकिएको बताए । बाँकी रहेको बक्यौता रकम भुक्तानीका लागि आगामी आर्थिक वर्षको बजेटबाट व्यवस्थापन गरिने उहाँले जानकारी दिए । सडक बत्तीको लाइन काटिएपछि अहिले कुश्माबजार र आसपासका वडा अन्धकार बनेका छन् । रातिको समयमा पनि झलमल्ल हुने बजारका चोक तथा गल्लीहरु दुई सातादेखि अन्धकार बनेका हुन् । प्राधिकरणको पर्वत वितरण केन्द्रका लेखाप्रमुख शर्माले बक्यौता रकम असुलीमा केन्द्र सक्रिय भएर लागिरहेको बताए । नगरपालिका, सरकारी कार्यालय, सामुदायिक सङ्घसंस्था वा निजी घरहरुमा रहेको बक्यौता रकम असुली गर्ने अभियान नै सञ्चालन गरिएको उनको भनाइ छ ।

सम्बन्धित सामग्री

सडक बत्तीको साढे ७ करोड महशुल बक्यौता

रौतहट । नेपाल विद्युत् प्राधिकरण चन्द्रपुर शाखालाई रौतहटका पाँच स्थानीय तहले सडक बत्तीको महशुल करीब ७ करोड ५० लाख रुपैयाँ तिर्न बाँकी रहेको पाइएको छ । जिल्लाका चन्द्रपुर, गुजरा, वृन्दावन, गरुडा र फतुवा विजयपुर नगरपालिकाले सडक बत्ती बालेबापतको सो महशुल बक्यौता रहेको छ । ती पालिकाले महशुल बुझाउन चासो नदिएको प्राधिकरण चन्द्रनिगाहपुर शाखाका प्रमुख धीरेन्द्र यादवले बताए । नेपाल विद्युत् प्राधिकरणले देशभरका स्थानीय तहलाई सडक बत्तीको बक्यौता महशुल तिर्न सूचना जारी गरेको छ । सोअनुसार पालिकालाई परिपत्र समेत गरिएको यादवले जानकारी दिए । उनका अनुसार चन्द्रपुर नगरपालिकाले १ करोड ९१ लाख ५५ हजार ७६ रुपैयाँ बक्यौता महशुल बुझाउनुपर्नेछ । त्यस्तै गुजरा नगरपालिकाको १ करोड ८७ लाख २३ हजार, वृन्दावन नगरपालिकाको १ करोड ३० लाख २९ हजार, गरुडा नगरपालिकाको ७१ लाख २२ हजार र फतुवा विजयपुर नगरपालिकाको ८ लाख १५ हजार ९५८ रुपैयाँ बक्यौता छ । स्थानीय निकायले विद्युत् प्राधिकरणको सहमति नलिई आफूखुशी सडक बत्ती जडान गर्ने र सडक बत्तीको विद्युत् खपतको महशुल समयमा भुक्तानी नगर्ने प्रवृत्तिले प्राधिकरणले नोक्सानी बेहोर्नुपरेको नेपाल विद्युत् प्राधिकरण चन्द्रनिगाहपुर शाखाले बताएको छ । प्राधिकरणले सडक बत्तीमा मिटर जडान नगरेमा वा विद्युत् महशुल भुक्तानी नगरेमा प्रचलित नियमानुसार कारबाही हुने सूचनामा उल्लेख गरेको छ ।

करिब साढे ७ करोड सडकबत्तीको महसुल बक्यौता

रौतहट, फागुन २७ । नेपाल विद्युत् प्राधिकरण चन्द्रनिगाहपुर शाखाले सडकबत्तीको बक्यौता करिब साढे ७ करोड रुपैयाँ रहेको जनाएको छ । नेपाल विद्युत् प्राधिकरण चन्द्रनिगाहपुर शाखाअन्तर्गतका पाँचवटा नगरपालिकाको सडकबत्तीको महसुल बक्यौता रहेको हो । प्राधिकरण चन्द्रनिगाहपुर शाखाका प्रमुख धिरेन्द्र यादवका अनुसार चन्द्रपुर, गुजरा, वृन्दावन, गरुडा र फतुवा विजयपुर नगरपालिकाले सडकबत्ती बालेबापतको सो महसुल बक्यौता रहेको देखिएको […]

करिब साढे ७ करोड सडकबत्तीको महसुल बक्यौता

रौतहट । नेपाल विद्युत् प्राधिकरण चन्द्रनिगाहपुर शाखाले सडकबत्तीको बक्यौता करिब साढे ७ करोड रुपैयाँ रहेको जनाएको छ । नेपाल विद्युत् प्राधिकरण चन्द्रनिगाहपुर शाखाअन्तर्गतका पाँचवटा नगरपालिकाको सडकबत्तीको महसुल बक्यौता रहेको हो । प्राधिकरण चन्द्रनिगाहपुर शाखाका प्रमुख धिरेन्द्र यादवका अनुसार चन्द्रपुर, गुजरा, वृन्दावन, गरुडा र फतुवा विजयपुर नगरपालिकाले सडकबत्ती बालेबापतको सो महसुल बक्यौता रहेको देखिएको हो । […] The post करिब साढे ७ करोड सडकबत्तीको महसुल बक्यौता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बक्यौता तिर्न निजगढ नगरपालिकालाई सकस, नयाँ काम ठप्प

निजगढ नगरपालिकाले गत आर्थिक वर्षको बक्यौता रकम भुक्तानी गर्न नसक्दा चालू आर्थिक वर्षमा नयाँ विकास निर्माणको काम ठप्प प्रायः भएको छ । उपभोक्ता समिति मार्फत गत वर्ष सम्पन्न भएका योजनाहरुको २० करोड बक्यौता रकम नगरपालिकाले उपभोक्ता समितिहरुलाई भुक्तानी गर्न बाँकी छ । आन्तरिक राजस्व ठप्प भएको र संघीय सरकारले पठाएको चौमासिक रकमले पुरानो बक्यौता तिर्न धौ धौ भएपछि नयाँ योजनाहरु कार्यन्वयनमा समस्या भएको निजगढ नगरपालिकाका नगरप्रमुख सुरथ पुरीले बताए। ‘संघीय सरकारबाट चौमासिक किस्तामा आएको रक

वीरेन्द्रनगर सिटी बसपार्क : बक्यौता असुल गर्न कानुनी प्रक्रिया सुरु

काठमाडौँ,१५ साउन । सुर्खेतको वीरेन्द्रनगर सिटी बसपार्कको सञ्चालन तथा व्यवस्थापनको जिम्मा पाएको पिआर कन्स्ट्रक्सन भक्तपुरले भाडा नतिरेपछि नगरपालिकाले कानुनी प्रक्रिया अघि बढाएको छ । भाडाबापत रु ३७ करोड ३७ लाख रकम नतिरेपछि नगरपालिकाले असुल उपरका लागि जिल्ला अदालत सुर्खेतमा मुद्दा दायर गरेको हो । नगर कार्यपालिकाको गत असार ३१ गतेको बैठकले बक्यौता रकम असुल उपर […]

नगरपालिकाले नै तिरेन विद्युत महशुल, प्राधिकरणले काटिदियो विद्युत लाइन

काठमाडौं। नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रले बाँकी बक्यौता नबुझाउँदा राजविराज नगरपालिका कार्यालयको विद्युत् आपूर्ति लाइन काटिदिएको छ। राजविराज नगरपालिकको जरिवानाबाहेक १६ लाख रुपैयाँ विद्युत महशुल नबुझाएपछि विद्युत लाई प्राधिकरणले काटिदिएको हो। “प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा भएको छलफलमासमेत जानकारी गराउँदा नगरपालिकाले बेवास्ता गरेकाले बाध्य भएर लाइन काट्नुपरेको छ, बक्यौता महसुल नबुझाएसम्म लाइन जोडिँदैन,” वितरण केन्द्र राजविराजका प्रमुख आमोदप्रसाद यादवले जानकारी दिए।