काठमाडौं : थ्री नेशन्स कप अन्तराष्ट्रिय फुटबलको उपाधिका लागि नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुने भएको छ। समूह चरणको आफ्नो दोस्रो तथा अन्तिम खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेल्दै नेपाल फाइनलमा पुगेको छ।दशरथ रंगशालामा शनिबार भएको खेलमा निर्धारित ९० मिनेटको खेलमा दुबै टोलीले गोल गर्न सकेनन्। बंगलादेश र नेपालबीच नै फाइनल खेल सोमबार साँझ साढे ५ बजे हुनेछ। शनिबार सुरुदेखि नै नेपालले गोल गर्ने अवसरहरू बनाए पनि गोल गर्न नसक्दा नेपाल गोल बिना नै फाइनलमा पुग्न सफल भएको छ।घरेलु टोलीले पहिलो खेलमा बिहीब