राज्यमन्त्री उमेश श्रेष्ठको घरमा अर्थमन्त्रीसहित प्रधानमन्त्रीका छोराको ‘ककटेल पार्टी’

अर्थमन्त्री जनार्दन शर्माले जेठ १५ गते आइतबार अगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सेनेटरी प्याडमा ९० प्रतिशत भन्सार छुट दिएपछि नेपालका उद्योगहरुमा रुवाबासी छ । तर, अर्थमन्त्री शर्मा, प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ र प्रधानमन्त्री शेरबहादुर देउवाको परिवार भने प्रसन्न छ ।नेपालमा रहेका ३५ देखि ४० वटा उद्योगले वार्षिक ९० करोड पिस सेनेटरी प्यान उत्पादन गर्ने क्षमता राख्ने भएपनि अर्थमन्त्री शर्माले प्रधानमन्त्री पुत्रलाई लाभ दिलाएर आफू ‘देउवाको विश्वास पात्र’ बन्न सेनिटरी प्याडको आयातमा ९० प्रतिशत भन्सार छुट दिने नीति लिएको खुलेको छ । जसले गर्दा ६ अर्ब रुपैयाँ लगानी भएका नेपालका सेनेटरी प्याड उद्योगहरु बन्द गर्नुपर्ने अवस्था सिर्जना हुने जोखिम बढेको छ ।किन आयो यो नीति ?‘फ्रन्ट लाइन’मा व्यापारिक घरना विशाल ग्रुपले यसको लागि लविङ गरेको थियो । उसलाई ‘पोलिटिक्कली’ सहयोग प्रधानमन्त्री शेरबहादुर देउवाका एक्ला छोरा जयवीर देउवाले गरेका थिए । आमा आरजु राणा देउवालाई जयवीरले बजेटबाटै प्याडको आयातमा भन्सार छुटको व्यवस्था गराएर मोटो रकम लाभ लिन सकिने बताएपछि आरजुले जसरी पनि यो व्यवस्था गर्न अर्थमन्त्रीलाई भनिन् । आरजु र छोरा जयवीरकै सल्लाह मुताबिक अर्थमन्त्रीले सेनेटरी प्याडको आयातमा ९० प्रतिशत भन्सार छुट दिने घोषणा गरिदिए ।हाल पनि विदेशबाट ‘बहुराष्ट्रिय कम्पनी’ले उत्पादन गरेका सेनेटरी प्याडहरु नेपालमा आयात हुन्छन् । हाल यस्ता प्याड आयात गर्ने मुख्य एजेण्ट नै प्रधानमन्त्रीका छोरा जयवीर हुन् । उनैले नेपाली उद्योगलाई प्रतिस्पर्धामा आउनै नसक्ने गरी थला पारेर अर्बौ रुपैयाँ कमाउने उदेश्यले प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ र अर्थमन्त्री जनार्दन शर्मालाई प्रयोग गरेर बजेट भाषणबाटै प्याड आयातमा ९० प्रतिशत भन्सार छुटको सुविधा पाए ।रातभरी ‘ककटेल पार्टी’स्रोतका अनुसार, बजेट भाषणमार्फत सेनेटरी प्याडमा ९० प्रतिशत भन्सार छुटको व्यवस्था गरिदिए वापत प्रधानमन्त्रीका छोरा जयवीरले राज्यमन्त्री उमेश श्रेष्ठको सानेपास्थित घरमा अर्थमन्त्री शर्मा र राज्यमन्त्री श्रेष्ठलाई आफ्ना एजेण्ट पार्टनरहरुसँग राखेर बजेट भाषणको भोलिपल्ट जेठ १६ गते राती ‘ककटेल पार्टी’ दिएका थिए ।

सम्बन्धित सामग्री

चितवन-२ मा मतगणना सकियो, ३४ हजार मतान्तरले रवि विजयी

चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने विजय भएका छन्। उनलाई पछ्याएका नेपाली कांग्रेसका पूर्व स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ दोस्रो नम्बरमा छन्।

मेरो प्राथमिकता चितवन–२ होः उमेश श्रेष्ठ

काठमाडौं, १६ भदौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ केही दिनदेखि चितवनमै छन् । उनले नेपाली कांग्रेसका तर्फबाट चितवन–१ र चितवन–२ दुवै संघीय निर्वाचन क्षेत्रमा उम्मेदवारीको दाबी गरेका छन् । “विगत १० वर्षदेखि म राजनीतिमा क्रियाशील छु । दुई कार्यकाल समानुपातिक सांसद भएँ । अब प्रत्यक्षमा लड्ने सोच बनाएर राजनीतिक […]

डा.स्वर्णीम वाग्ले चितवन-१ का आकांक्षी,६ जनाले गराए नाम दर्ता

नेपाली कांग्रेस चितवनका सचिव ध्रुव पोखरेलका अनुसार, प्रत्यक्षतर्फ उम्मेदवार बन्न चाहने आकांक्षीमा वर्तमान प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ समेत छन्।...

उमेश श्रेष्ठ प्रधानमन्त्री कार्यालयमा तानिए*

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ प्रधानमन्त्री कार्यालयमा सरुवा भएका छन् । गत साउन १० गते प्रधानमन्त्री देउवाले श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका थिए ।शुक्रबार देउवाले मन्त्रिपरिषद् विस्तार गर्दा उनलाई राज्यमन्त्रीकै हैसियतमा प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको हो ।  उनको ठाउँमा भने नयाँ स्वास्थ्य राज्यमन्त्रीको रुपमा भवानी प्रसाद खापुङ नियुक्त भएका छन् । यस्तै फुल मन्त्रीको रुपमा एकीकृत समाजवादीबाट विरोध खतिवडा नियुक्त भएका छन् । खापुङ पनि समाजवादीकै सांसद हुन् ।*यसअघि सम

मन्त्री उमेश श्रेष्ठको काम पो हेर्नु, डा. केसी किन अनसन बस्नु!

एक व्यक्ति (स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ) का विरूद्ध अनसन बस्नु के उचित हो? धन कमाएर पुगीसरी भएका व्यक्तिलाई स्वास्थ्य मन्त्रालय दिँदा भ्रष्टाचार रोकिएर राम्रा काम पो हुन्छन् कि, तिनको कामै नहेरी किन विरोध गर्ने?

को हुन नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीेले श्रेष्ठलाई आइतबार राज्यमन्त्रीमा नियुक्त गरेकी हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी भने प्रधानमन्त्री देउवाले आफै राखेका छन् । प्रधानमन्त्री देउवाले सत्ता सम्हालेको १३ औं दिनमा कांग्रेसका समानुपातिक सांसद श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिएका हुन् । […] The post को हुन नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

स्वास्थ्य राज्यमन्त्रीको शपथ [तस्बिर]

प्रधानमन्त्री शेरबहादुर देउवाबाट आइतबार सिंहदरबारमा नवनियुक्त स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठ सपथ ग्रहण गर्दै । तस्वीर, रासस