बेलायती प्रधानमन्त्री बाेरिस जाेनसनले कन्जर्भेटिभ पार्टीकाे नेताबाट राजीनामा दिनु हुने भएकाे छ ।
प्रधानमन्त्री जाेनसनले आज पार्टीकाे नेताबाट राजीनामा दिने र आउँदाे शरद् ऋतुसम्म प्रधानमन्त्री पदमा रहने बीबीसीले जनाएकाे छ । ‘प्रधानमन्त्रीले देशवासीका नाममा आज केहीबेरमा सम्बोधन गर्नुहुनेछ’, बेलायती प्रधानमन्त्री कार्यालय टेन डाउनिङ्ग स्ट्रिटका एक जना प्रवक्ताले भने ।
यही गर्मीयाममा कन्जर्भेटिभ पार्टीमा नयाँ नेतृत्व छान्ने प्रक्रिया सुरु हुने र आउँदाे अक्टाेबरमा पार्टी सम्मेलन हुनुअघिसम्म नयाँ...