कोभिड-१९बाट ज्यान गुमाउनेहरू : बागमतीमा सबैभन्दा धेरै, कर्णालीमा थोरै

काठमाडौँ : बागमती प्रदेशमा ४ हजार १४ जना कोभिड संक्रमितको मृत्यु भएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार बागमती प्रदेशमा सबैभन्दा बढी संक्रमितको मृत्यु भएको हो । त्यस्तै लुम्बिनी प्रदेशमा १ हजार ५६३ जनाको मृत्यु भएको छ ।  प्रदेश १ मा एक हजार २६५ जना संक्रमितको मृत्यु ,गण्…

सम्बन्धित सामग्री

स्वास्थ्य सुविधामा कर्णाली भन्दा सुदूरपश्चिम पछाडि

१०० बेड भन्दा माथिका अस्पतालमा पनि सुदूरपश्चिम पुछारमा छ। बागमतीमा सबैभन्दा धेरै २६ अस्पताल रहेकोमा सुदूरपश्चिममा जम्मा २ वटा छन्। कर्णालीमा समेत तीनवटा ठूला अस्पताल सञ्चालित छन्।

११ हजार नाघे डेंगुका बिरामी, सबैभन्दा बढी बागमतीमा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउनदेखि हालसम्ममा देशभर ११ हजार ६५ जनामा डेंगु संक्रमण पुष्टि भएको हो।

बागमतीमा जनसंख्याभन्दा बढी बीमालेख

काठमाडौं । अन्य प्रदेशमा बीमाको न्यून सहभागिता भएको अवस्थामा बागमती प्रदेशमा भने जनसंख्याभन्दा पनि बढी बीमालेख जारी भएको छ ।   राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार बागमती प्रदेशको जनसंख्या ६० लाख ८४ हजार ४२ छ । तर, बीमालेख भने त्यो भन्दा बढी अर्थात् ७३ लाख ४३ हजार ७८५ ओटा जारी भएको छ, जुन जनसंख्याको १२० दशमलव ७० प्रतिशत हो । समितिका अनुसार २०७८ माघ मसान्तसम्म बागमतीमा त्यो बराबरको बीमालेख जारी भएको छ । बीमा समितिले पहिलोपटक प्रदेशगत रूपमा बीमालेखको संख्या सार्वजनिक गरेको छ । अभिकर्ता र बीमा कम्पनीहरू राजधानीमा केन्द्रित छन्, यहाँ बसोवास गर्ने केही व्यक्तिहरूले २ पटकभन्दा बढी बीमालेख खरीद गरेका छन् । फलस्वरूप जनसंख्याभन्दा बढी बीमालेख देखिएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । अब कम्पनीहरूलाई अन्य प्रदेशमा बीमा गराउन प्रोत्साहन गरिने उनको भनाइ छ । यस विषयमा बीमा कम्पनीहरूको पनि ध्यान जानुपर्ने उनको भनाइ छ । ‘अन्य प्रदेशमा बीमा सेवाको न्यून पहुँच छ । तर, बागमतीमा भने जनसंख्याभन्दा पनि बढी बीमालेख जारी भएको देखियो,’ उनले भने, ‘बीमा सेवामा देखिएको प्रदेशगत असन्तुलनमा हाम्रो ध्यान गएको छ । अब कम्पनीहरूले पनि ध्यान दिनुपर्‍यो । यस सम्बन्धमा समितिले थप कदम पनि उठाउने छ ।’ बागमतीबाहेकका प्रदेशको तुलनामा कर्णालीमा भने बीमाको पहुँच राम्रो देखिएको छ । त्यहाँ जनसंख्याको २६ प्रतिशतको अनुपातमा बीमालेख जारी भएको छ । १६ लाख ९४ हजार ८८९ जनसंख्या रहेको कर्णालीमा ४ लाख ४२ हजार ६५४ ओटा बीमालेख जारी भएको छ । कर्णाली प्रदेशमा बीमाको सबैभन्दा कम व्यवसाय छ । तर, त्यहाँ बीमाको पहुँच भने बढी देखिएको छ । यता मधेश प्रदेशमा भने सबैभन्दा कम बीमा पहुँच देखिएको छ । यहाँ जनसंख्याको ९ प्रतिशतको अनुपातमा मात्र बीमा भएको छ । ६१ लाख २६ हजार २८८ जनसंख्या रहेको मधेशमा ५ लाख ६३ हजार १८ ओटा बीमालेख जारी भएको छ । तथ्यांकअनुसार माघ मसान्तसम्म नेपालभर १ करोड १० लाख ८६ हजारओटा बीमालेख जारी भएको छ । त्यसमा प्रदेश १ मा ९ लाख ६२ हजार, मधेश प्रदेशमा ५ लाख ६३ हजार, बागमतीमा ७३ लाख ४३ हजार, गण्डकीमा ४ लाख ५९ हजार, लुम्बिनीमा ८ लाख ३६ हजारओटा बीमालेख जारी भएको छ । यसैगरी कर्णालीमा ४ लाख ४२ हजार ६५४ र सुदूरपश्चिममा ४ लाख ७८ हजारओटा बीमालेख जारी भएको छ ।

कर्णाली र सुदूरपश्चिममा लघु–घरेलु उद्योग दर्ता निराशाजनक

आर्थिक विकासमा निकै पछाडि परेका कर्णाली र सुदूरपश्चिम प्रदेशमा लघु तथा घरेलु उद्योग व्यवसाय दर्ताको अवस्था पनि कमजोर छ । उद्योग विभागका अनुसार कर्णालीमा हालसम्म पाँच प्रतिशत र सुदूरपश्चिममा सात प्रतिशत मात्र लघु तथा घरेलु उद्योग दर्ता भएका छन् ।विभागले हालै सार्वजनिक गरेको एक तथ्यांकअनुसार सबैभन्दा बढी उद्योग व्यवसाय दर्ता बागमतीमा रहेको छ । बागमतीमा […]

सबैभन्दा बढी खोप बागमतीमा, कम कर्णाली प्रदेशमा

सात प्रदेशमध्ये बागमती प्रदेश सबैभन्दा बढी कोरोनाविरुद्धको खोप लगाउने प्रदेशको रूपमा रहेको छ । जनसंख्या र जोखिम बढी रहेका कारण बागमती प्रदेशमा सबैभन्दा बढी खोप लगाइएको सरकारले जनाएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार बागमती प्रदेशमा ५७ प्रतिशतले पूर्णमात्राको खोप लगाएको जनाएको छ । यसैगरी बागमती प्रदेशमा खोप अभियानको प्राथमिकतामा परेकामध्ये ६६.५ […]

सबैभन्दा बढी कोरोना संक्रमित बागमती प्रदेशमा

काठमाडौं। देशका सात वटा प्रदेशमध्ये सबैभन्दा बढी कोरोना संक्रमित बागमती प्रदेशमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार बागमतीमा १७ हजार ८५४, गण्डकीमा सात हजार १९८, प्रदेश १ मा छ हजार ५४५, लुम्बिनीमा तीन हजार १३५, प्रदेश २ मा एक हजार ६२६, कर्णालीमा एक हजार ४२५ र सुदुरपश्चिममा एक हजार २३० जना सक्रिय संक्रमित रहेको मन्त्रालयले बताएको छ।

कोरोनाका कारण मृत्यु हुने सबैभन्दा बढी बागमती प्रदेशमा, कम कर्णालीमा

काठमाडौं। कोरोना संक्रमणका कारण सबैभन्दा बढीको मृत्यु बागमती प्रदेशमा भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बागमतीमा हालसम्म ३ हजार ९३८ जनाको मृत्यु भएको छ। हालसम्म कोरोनाका कारण प्रदेश–१ मा एकहजार २११, प्रदेश–२मा ७२७, गण्डकी प्रदेशमा ९३२, लुम्बिनी प्रदेशमा एकहजार५४४, कर्णाल प्रदेशमा ३९५ र सुदूरपश्चिम प्रदेशमा४३२ जनाको मृत्यु भएको छ। नेपालमा कोरोनाका कारण नौहजार१७९ जनाले ज्यान गुमाएका छन्।

कर्णालीमा कोरोना संक्रमण सबैभन्दा बढी

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो चौबिस घण्टामा देशका सात प्रदेशमध्ये कर्णाली प्रदेशमा कोरोना भाइरसको सबैभन्दा बढी संक्रमणदर रहेको बताएको छ। मन्त्रालयका अनुसार बितेको चौबिस घण्टामा कर्णाली प्रदेशमा परीक्षण गरिएकामध्ये ४२.९ प्रतिशतमा संक्रमण देखिएको हो। यस्तै गण्डकीमा २८.३ प्रतिशत, प्रदेश नं.१ मा २४.९२ प्रतिशत र बागमतीमा २४.४ प्रतिशतमा संक्रमण रहेको पाइएको छ।

बागमतीमा दरबन्दीभन्दा ३७ प्रतिशत कम प्रहरी

दरबन्दीभन्दा ३७ प्रतिशत कम प्रहरी कार्यरत बामगती प्रदेश प्रहरी कार्यालयले जनशक्ति अभाव झेलिरहेको छ । सात प्रदेशमध्ये सबैभन्दा बढी जनसंख्या भएको बागमतीमा दरबन्दीभन्दा दुई हजार ८ सय १ कम प्रहरी...