उत्तर कोरियाले मंगलवार बिहान ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ ।
दक्षिण कोरिया र जापानका निगरानी केन्द्रहरूले यो मिसाइल सीधै समुद्रमा खसेको बताए ।
संयुक्त राष्ट्रसंघमा प्योङयाङका प्रतिनिधिले आफ्नो देशलाई हतियार परीक्षणको पूर्ण स्वतन्त्रता रहेको भनी बताएको केही घन्टापछि उत्तर कोरियाले क्षेप्यास्त्र प्रक्षेपण गरेको हो ।
राष्ट्रसंघले उत्तर कोरियालाई ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षणमा रोक लगाएको छ ।
दक्षिण कोरियाली अधिकारीहरूका अनुसार, उत्तरले जागाङ प्रान्तबाट बिहान ६ः४० क्षेप्यास्त्र प्रक्षेपण गरेको थियो । ...