प्रधानमन्त्री भेट्न बालुवाटार पुगे प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् । पार्टीको स्थायी समिति बैठक बस्नुअघि प्रचण्ड प्रधानमन्त्रीलाई भेट्न बुधबार बिहान बालुवाटार पुगेका हुन् । माओवादी केन्द्रको स्थायी समिति बैठक साढे १२ बजे बस्दैछ । त्यसअघि बालुवाटार पुगेका प्रचण्ड र प्रधानमन्त्री देउवाबीच मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे छलफल भएको बुझिएको छ ।गत आइतबार बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन गठ

सम्बन्धित सामग्री

सरकारी निवास बालुवाटार सरे प्रधानमन्त्री दाहाल

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारी निवास बालुवाटार सरेका छन्। सोमबार प्रधानमन्त्रीको शपथ लिएका प्रचण्ड बुधबार साँझ बालुवाटार सरेका हुन्। स्रोतका अनुसार उनी ज्योतिषीले दिएको साइतअनुसार ललितपुरको खुमलटारस्थित निजी निवासबाट प्रधानमन्त्री निवास बालुवाटार सरेका हुन्। निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा आजै बालुवाटार छाडेर धुम्बाराहीस्थित भाडाको घरमा सरेका थिए।

बालुवाटार सरे प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल सरकारी निवास बालुवाटार सर्नुभएकाे छ । ज्योतिषले दिएको साइतमै प्रधानमन्त्री दाहाल बुधबार साँझ ५ बजेको साइतमै खुमलटारबाट बालुवाटार सर्नुभएकाे हाे । सोमबार साँझ सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गरेका प्रचण्ड आज मात्रै सरकारी निवास बालुवाटार सर्नुभएकाे हाे ।

प्रधानमन्त्री प्रचण्ड सरकारी निवास बालुवाटार प्रवेश

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार प्रवेश गरेका छन् । आज बुधबार बेलुकी उनी बालुवाटार सरेका हुन् । प्रधानमन्त्री प्रचण्ड ज्योतिषले निकालेको शुभ साइतमा बालुवाटार प्रवेश गरेका हुन् । यसअघि आजै निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटारबाट धुम्बाराहीमा भाडाको घरमा सरेका थिए ।

प्रधानमन्त्री प्रचण्ड सरकारी निवास बालुवाटार सर्नुभयाे

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सर्नुभएकाे छ । आज बुधवार बेलुकी उहाँ बालुवाटार सर्नुभएकाे हाे ।  प्रधानमन्त्री प्रचण्ड ज्याेतिषीले निकालेकाे शुभ साइतमा पूजापाठ गरेर बालुवाटार प्रवेश गर्नुभएकाे हाे । प्रधानमन्त्री प्रचण्ड बालुवाटारमा प्रवेश गरेपछि सहरी विकास मन्त्रालयका सचिव सुरेश आचार्यले निवासको साँचो प्रधानमन्त्री पुत्री गंगा दाहाललाई हस्तान्तरण गर्नुभएकाे छ । यसअघि आजै निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटारबाट धुम्बाराहीमा भाडाका...

सरकारी निवास बालुवाटार सरे प्रधानमन्त्री प्रचण्ड

१३ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारी निवास बालुवाटारमा सरेका छन् । उनी बुधबार साँझ बालुवाटार प्रवेश गरेका हुन् । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा बुधबार विहानमात्र बालुवाटारबाट भाडाको घरमा सरेका थिए । प्रधानमन्त्री प्रचण्ड ज्योतिषले निकालेको साइतमा बालुवाटार प्रवेश गरेका हुन् । उनले बालुवाटारमा गृहप्रवेशअघि पूजापाठसमेत गरेका थिए ।

प्रधानमन्त्री प्रचण्ड भोलि बालुवाटार सर्ने

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोलि मात्र सरकारी निवास बालुवाटार सर्ने भएका छन् । प्रधानमन्त्री बिहीबार बालुवाटार सर्ने तयारी भइरहेको प्रचण्डका प्रेस सल्लाहकार सूर्य किरणले न्युज कारखानालाई जानकारी दिए ।  प्रचण्डले साइत हेरेर मात्र बालुवाटार सर्ने कुरामा कुनै सत्यता नरहेको समेत उनले बताए । सोमबार प्रधानमन्त्रीको शपथ ग्रहण गरेका प्रचण्ड हाल निजी निवास खुमलटारमै बसिरहेका […]

निर्णायक छलफल गर्न प्रचण्ड पुगे बालुवाटार

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निर्णायक छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डबीच मात्रै वान टू वान संवाद हुने बालुवाटार स्रोतले जनाएको छ । बालुवाटार जानुअघि देउवाले आफू निकट नेतासँग संवाद गरेका थिए भने प्रचण्डले पदाधिकारी बैठक बसेर सुझाव लिएका थिए । बालुवाटार जानुअघि माओवादी पदाधिकारी बैठक खुमलटारमा बसेको थियो । राष्ट्रपति र प्रधानमन्त्री दुवै कांग्रेसलाई छोड्न नसक्ने निष्कर्ष निकालेको एक नेताले बताए । दुवै पद कांग्रेसले छोड्ने

प्रधानमन्त्री देउवा भेट्न प्रचण्ड बालुवाटारमा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटार पुगेका छन् । अध्यक्ष प्रचण्ड केही बेरअघि बालुवाटार पुगेका हुन् । अहिले अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री देउवाबीच एमसीसीको निकासका विषयमा छलफल भैरहेको छ । प्रचण्ड बालुवाटार प्रवेश गरेको केही बेरपछि अर्थमन्त्री एवम् माओवादी नेता जनार्दन शर्मा पनि प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगे प्रचण्ड

काठमाडौँ । संसदीय दलको बैठकबाट एमसिसीको विपक्षमा उभिने निर्णय गरे लगत्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् । सरकारले अघि बढाउन खोजेको एमसिसी परियोजनाबारे संसदीय दलले गरेको निर्णयबारे जानकारी गराउन प्रचण्ड बालुवाटार पुगेका हुन् । माओवादी केन्द्रले संसदबाट जबरजस्ती अघि बढाउन खोजेको गठबन्धन तोडिने चेतावनी दिएको छ […]

माधव नेपालसँग भेटेपछि बालुवाटार पुगे प्रचण्ड

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड माधव नेपालसँगको भेटपछि प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्नका लागि प्रचण्ड बालुवाटार आइपुगेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। मंगलवार बिहान नेपालसँग भेटेका प्रचण्ड केहीबेर अघि बालुवाटार पुगेका हुन्। प्रचण्डले प्रधानमन्त्री देउवासँग मन्त्रिपरिषद् विस्तारको विषयमा छलफल शुरु गरेको बताइएको छ।…