यती एयरलाइन्सले भित्त्यायो साझेदार

काठमाडौं। हवाई सेवा शुरू गरेको २५ वर्षपछि निजी वायुसेवा प्रदायक कम्पनी यती एयरलाइन्सले नयाँ लगानी साझेदार भित्त्याएको छ । कम्पनीले मंगलवारदेखि औपचारिक रूपमा बीमा कम्पनी एशियन लाइफ इन्स्योरेन्सलाई नयाँ साझेदारका रूपमा भित्त्याएको हो । सेवा तथा बजार विस्तार, जहाजको संख्या बढाउने र पब्लिक कम्पनीबाट प्राथमिक शेयर (आईपीओ) सर्वसाधारणमा जारी गर्नेसम्मका रणनीतिक योजनासहित यती एयरलाइन्सले लगानी साझेदार भित्त्याएको हो । कम्पनीका प्रवक्ता सुदर्शन बर्ताैलाका अनुसार यती एयरलाइन्स गत वैशाखमै पब्लिक कम्पनीमा गएको थियो । बर्तौलाले थप पाँचओटा जहाज थप्ने योजना रहेको जानकारी दिए । उनले ६ महीनामा आईपीओ पनि जारी गर्ने तयारी गरिएको बताए । एशियन लाइफ इन्स्योरेन्स भित्रिए पनि अहिले यती एयरलाइन्समा कति प्रतिशत शेयर अंश वा इन्स्योरेन्सले कति लगानी गर्ने भन्ने विषय भने एशियन लाइफले उल्लेख गरेको छैन । यती एयरलाइन्सको हालको चुक्ता पूँजी २ अर्ब १० करोड छ । केही वर्षअघिसम्म १५ ओटा जहाजबाट उडान गर्दै आएको यतीसँग अहिले पाँचओटा जहाज छन् । ‘जहाजको संख्या घटे पनि सीट क्षमता भने बढेको छ,’ बर्ताैलाले भने, ‘अहिलेको सेवालाई विस्तार गर्ने र जहाजको संख्या थप्ने गरी कम्पनीमा साझेदार भित्त्याइएको हो ।’   पाँच जहाज थप्नेदेखि आईपीओ जारी गर्नेसम्म कम्पनीको तयारी अहिले यती एयरलाइन्ससँग एटीआर ७२–५०० सिरिजका पाँचओटा जहाज छन् । प्रतिजहाजको सीट क्षमता ७० रहेको छ । सन् १९९८ सेप्टेम्बरदेखि व्यावसायिक उडान शुरू गरेको यतीले उडान सेवा शुरू गर्दा भने क्यानेडाली जहाज डीएचसी ६–३०० ट्वीनअटर सञ्चालन गरेको थियो । यती र ताराका गरेर कम्पनीसँग १५ ओटा जहाज थिए । जहाज संख्या धेरै भए पनि ती जहाजको सीट क्षमता भने कम थियो । झन्डै साढे २ दशकदेखि हवाई सेवा दिएको यतीले अहिले मुख्य गन्तव्यहरूमा एटीआर–७२ जहाजबाट सेवा दिँदै आएको छ । यतीले सन् २००९ मा भने भगिनी संस्था तारा एयर स्थापना गरेर दुर्गम क्षेत्र (स्टल)लक्षित उडान पनि गर्दै आएको छ । काठमाडौंस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई बेस बनाएर अहिले यतीले भैरहवा, पोखरा, जनकपुर, नेपालगञ्ज, भद्रपुर, विराटनगरजस्ता शहरमा उडान गर्दै आएको छ । यसका साथै कम्पनीले माउन्टेन उडान (एभरेष्ट र अन्नपूर्ण एक्स्प्रेस) सेवा दिइरहेको छ । जहाज संख्या थपेपछि गन्तव्य र उडान संख्या पनि थप्ने कम्पनीको योजना छ ।

सम्बन्धित सामग्री

प्रभावकारी उद्धारका लागि सरकारसँग अध्यक्ष ओलीको आग्रह

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पोखरामा भएको यती एयरलाइन्स विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्दै प्रभावकारी उद्धारका लागि सरकारलाई आग्रह गर्नुभएको छ । काठमाडौँबाट ६८ जना यात्रु लिएर पोखरा उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज आज बिहान पोखरामा त्रासदीपूर्ण दुर्घटनामा परेको खबरले अत्यन्तै दुःखी बनाएको बताउनुभएको छ । सामाजिक सञ्जालमार्फत् अध्यक्ष ओलीले लेख्नुभएको छ, …

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा विमान दुर्घटनाप्रति दुःख व्यक्त

आज बिहान पोखरामा भएको यती एयरलाइन्स विमान दुर्घटनामा पूर्वराजा शाहको सचिवालयले एक विज्ञप्ति जारी गर्दै दुःख व्यक्त गरेका हुन्।...

यती एयरलाइन्स २५औं वर्षमा प्रवेश

यती एयरलाइन्स स्थापना भएको २४ वर्ष पूरा भएको छ । यतीले २१ सेप्टेम्बर, १९९८ मा भएको पहिलो उडान भरेको थियो ।१ वर्षको अवधिमा ५ वटा विमानमार्फत यस एयरलाइन्सले १५ हजार ९सयय २५ उडानमार्फत १० लाख ५ हजार ६ सय ७७ यात्रुलाई सेवा दिएको छ । सोही क्रममा २७ हजार ६ सय ६३ विदेशी पर्यटकलाई सेवा […]

यती एयरलाइन्स स्थापनाको २४ वर्ष पुरा

निजी हवाई सेवा प्रदायक यती एयरलाइन्सले आफ्नो हवाई यात्राको २४ औं वर्ष सफलतापूर्वक पुरा गरेको छ । सन् १९९८ मे मा हवाई विभागबाट अनुमतिप्राप्त कम्पनीले १९९८ सेप्टेम्बर २१ देखि आफ्नो व्यवसायिक यात्रा शुरु गरेको हो । बुधबार आफ्नो सफलतापूर्ण २४ वर्षे यात्राका क्रममा पछिल्लो एक वर्षमा यतीको बिमान ९ हजार ४ सय ६५ घण्टा आकाशमा रहेको कम्पनीले जनाएको छ । १ बर्षको अवधिमा ५ वटा विमान मार्फत यती एअरलाइन्सले १५ हजार ९२५ उडान मार्फत १० लाख ५ हजार ६७७ यात्रुहरुलाई हवाई सेवा दिएको छ भने २७ हजार ६६३ बिदेश

नेपाली युवा उद्यमीले यती एयरलाइन्समा यात्रा गर्दा सहुलियत पाउने

यती एयरलाइन्स र नेपाली युवा उद्यमी मञ्चबीच व्यवसायिक सहकार्य भएको छ । योसँगै यती एयरलाइन्स अबदेखि मञ्चको आधिकारिक एयरलाइन्स बनेको छ ।यती एयरलाइन्सको कार्यालयमा उक्त सहकार्यसम्बन्धी सम्झौता पत्रमा एयरलान्सका प्रमुख कार्यकारी अधिकृत अनोज रिमाल र मञ्चका तर्फबाट अध्यक्ष उदिप श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार उक्त जहाजमार्फत यात्रा गर्दा युवा उद्यमीले सहुलियत प्राप्त गर्नेछन् ।कार्यक्रममा यती एअरलाइन्सका सीईओ रिमालले समृद्ध मुलुक निर्माणमा युवाहरुको महत्वपूर्ण भूमिका रहेको बताउँदै नेपालक

यती एयरलाइन्स र पठाओ राइडरबीच सम्भौता

यती एअरलाइन्सको मोबाइल एपमा नयाँ फिचर थपिएको छ ।यसमा ‘सहज यात्रा’ अफर थपिएको हो । जसको मद्दतमा यती एयरलाइन्सका यात्रुले पठाओमा यात्रा गर्दा छुट पाउन सक्नेछन् । यसैको लागि राइड सेअरिङ एप पठाओ र यती एयरलाइन्सबीच सम्झौता भएको छ ।सम्झौताअनुसार अब यती मोबाइल एप वा वेबसाइटमार्फत् टिकट खरिद गरेर यात्रा गर्दा यात्रुहरूले पठाओको कार लाइट […]

कुमारी बैंक–यती एयरलाइन्स व्यावसायिक सहकार्य सम्झौता

काठमाडौं (अस) । कुमारी बैंक र वायुसेवा कम्पनी यती एयरलाइन्स प्रालिले व्यावसायिक साझेदारीमार्फत संयुक्त रूपमा नेपालमै पहिलो पटक स्वाइप एन्ड फ्लाई क्याम्पेन सुरु गर्ने भएका छन् । यती एयरलाइन्सको स्काई क्लब कार्ड र कुमारी बैंकको भिसा डेबिट कार्डलाई एकीकृत गरेर कुमारी स्काई क्लब को–ब्रान्ड कार्ड जारी गरिनेछ । कुमारी स्काई क्लब कार्डवाहकले हरेक खरिदमा यो कार्डबाट भुक्तानी गर्दा हवाई यात्रा नगरे पनि यात्रा गरेसरह  निश्चित अंक प्राप्त गर्ने भएकाले ग्राहकसमेत प्रोत्साहित हुने बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाले बताए । यती एयरलाइन्स र बैंकका साझेदार ग्राहकले जुनसुकै समय यो सुविधा प्राप्त गर्न सक्ने यती एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत अनोज रिमालले जानकारी दिए । हवाई कम्पनी र वित्तीय क्षेत्रबीच यस किसिमको व्यावसायिक सहकार्य नेपालमै पहिलो पटक भएको हो ।  हाल कुमारी बैंकले १९६ शाखा, १७२ एटीएम, ३२ शाखारहित बैंकिङ इकाइ तथा १३ एक्सटेन्सन काउन्टरबाट बैंकिङ सुविधा दिँदै आएको छ ।

मेडिसिटी र यती एयरलाइन्सको सहकार्यमा एयर एम्बुलेन्स सेवा

नेपाल मेडिसिटी अस्पताल र यती एयरलाइन्स एवं तारा एयरबीच जहाजमार्फत बिरामीको उद्धार गर्ने सहकार्यका लागि सम्झौता भएको छ।

नेपाल मेडिसिटी र यती एयरलाइन्सको सहकार्यमा एयर एम्बुलेन्स सेवा

नेपाल मेडिसिटी अस्पताल र यती एयरलाइन्स एवं तारा एयरबीच जहाजमार्फत बिरामीको उद्धार गर्ने सहकार्यका लागि सम्झौता भएको छ । अस्पतालका महाप्रबन्धक विजय रिमाल र एयरलाइन्सका प्रशासन प्रमुख अञ्जन बड््गामीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतापत्रअनुसार, देशमा हेलिकप्टर तथा चार्टर्ड फ्लाइटबाट बिरामीलाई स्थानान्तरण गर्ने गरिएकोमा अब यती एयरलाइन्स तथा तारा एयरले नियमित एयरलिफ्ट एम्बुलेन्स सेवा उपलब्ध गराउने छन् । सम्झौता कार्यान्वयनसम्बन्धी व्यवस्थाले बिरामीलाई रात्रीकालिन उद्धार उडान गर्नसमे