मिलेर जान तयार छु : मुख्यमन्त्री राई

सम्बन्धित सामग्री

पहिचान विनाको प्रदेशको नाम मान्य हुन्नः मुख्यमन्त्री राई

नेपाल आदिवासी जनजाति महासङ्घ झापाको सातौँ जिल्ला अधिवेशनको आज बिर्तामोडमा उद्घाटन गर्दै उनले पहिचानसहित प्रदेशको नामकरण गर्न यो प्रदेशसभा तयार नभएकाले प्रदेश नं १ को नामकरणको विषय जटिल बन्दै गएको बताए। यदि सभामा प्रदेशको नामकरणको विषय प्रवेश गर्‍यो र पहिच...

बहुपहिचानको पक्षमा लाग्दा कारबाही भए भोग्न तयार छु  ः मुख्यमन्त्री राई

अन्य ६ वटा प्रदेशले आफ्नो नामकरण गरिसक्दा प्रदेश १ ले नामकरणको विषय अझै टुङ्ग्याउन सकेको छैन । प्रदेशसभा स्थापना भएको ५ साढे चार वर्ष पूरा हुन लाग्दासमेत प्रदेशको नाम जुराउन सकस भइरहेको छ ।प्रदेश १ का प्रमुख राजनीतिक दलहरु भने नामको विषय टुङ्गो लगाउन छलफललाई तीव्रता दिइरहेका छन् । नामकरण टुङ्गो लगाउन भन्दै प्रदेश सरकारले असार २४ गतेका लागि सर्वदलीय बैठक आह्वान गरेको छ । मुख्यमन्त्री राजेन्द्र राई साउनको पहिलो हप्तासम्ममा नामकरणको विषय टुङ्गो लाग्ने बताउँछन् ।के अब नामको विषय टुङ्गो लाग्छ ? कस्तो

प्रदेशको नाम टुंग्याउन बसीबसी,उठीउठी कुरा गर्न तयार छु : मुख्यमन्त्री राई

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामाकरणको लागि आफू प्रतिपक्षी दल नेकपा एमालेसँग बसिबसी, उठीउठी जहाँ पनि कुरा गर्न तयार रहेको बताएका छन् ।  प्रदेशसभाको आजको बैठकमा विनियोजन विधेयकमाथि सांसदले उठाएका प्रश्नको जवाफ दिनेक्रममा राईले यस्तो बताएका हुन् । प्रदेशसभामा बोल्ने अधिकांश एमाले सांसदहरुले प्रदेशको नामाकरण टुंगो लगाउनुपर्नेमा जोड दिएका थिए । ‘प्रदेशको नामको विषयमा आफूले प्रष्ट रुपमा राख्दा राख्दै पनि यहाँ पटकपटक त्यही कुरा ? नामलाई महत्वपूर्ण कामको रुपमा

बेपत्ता पारिएका परिवारलाई सम्बोधन गर्न प्रदेश सरकार तयार छ: मुख्यमन्त्री राई

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले द्वन्द्वकालमा बेपत्ता पारिएका परिवारलाई उचित सम्बोधन गर्न प्रदेश सरकार तयार रहेको स्पष्ट पारेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारीसँग आज छलफलमा उनले प्रदेश सरकारसँग बजेटको चुनौती भए पनि बेपत्ता पारिएकाका परिवारलाई अन्य ढङ्गले सहयोग गर्ने प्रष्ट पारे । ‘प्रदेश सरकारसँग […]

बेपत्ताका परिवारलाई उचित सम्बोधन गर्न सरकार तयार : मुख्यमन्त्री राई

विराटनगर : प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले द्वन्द्वकालमा बेपत्ता पारिएकाका परिवारलाई उचित सम्बोधन गर्न प्रदेश सरकार तयार रहेको बताएका छन्।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग’का पदाधिकारीहरूसँगको छलफलमा आज (आइतबार) उनले प्रदेश सरकारसँग बजेटको चुनौती भए पनि बेपत्ता पारिएकाहरूका परिवारलाई अन्य ढंगले सहयोग गर्ने बताएका हुन्।‘प्रदेश सरकारसँग बजेटको आयतन नै सानो हुने रहेछ’‚ मुख्यमन्त्री राईले भने,

प्रदेश १ पुँजीबजार विकास गर्न तयार छ : मुख्यमन्त्री राई

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले पुँजीबजारको विरुद्धमा सरकार नरहेको बताएका छन् । उनले पुँजीबजारमा छरिएर रहेको पैसालाई समेट्ने र त्यसले व्यवसाय र अर्थतन्त्र विकासमा सहयोग पुग्ने बताए ।नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको प्रदेशस्तरीय पुँजीबजार सचेतना कार्यक्रममा मुख्यमन्त्री राईले प्रदेश १ मा पुँजीबजारको विकास र विस्तार गर्न तयार रहेको बताएका हुन् । ‘नेपालमा अहिलेको पुँजी बजारले विश्वास आर्जन गर्न सकिरहेको छैन । आम मानिसमा सचेतना र जागरण ल्याउन यस्तै खालका कार्

सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको छैन : मुख्यमन्त्री राई

बिराटनगर : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश सरकारको नेतृत्व आलोपालो गर्ने अहिलेसम्म कुनै सहमति नभएको बताएका छन्।बुधबार प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेपछि प्रदेशसभा सचिवालयमा पत्रकारसँग कुराकानी गर्दै मुख्यमन्त्री राईले यस्तो बताएका हुन्।पाँचदलीय गठबन्धनले आलोपालो नेतृत्वका लागि सहमति गरे त्यो स्विकार्न तयार रहेको बताउँदै उनले अहिलेसम्म यो विषयमा केन्द्रमा कुनै सहमति नभएको प्रष्ट पारे।‘प्रदेश सरकारको नेतृत्व आधाआधा कार्यकाल हुने भन्ने विषयमा अहिलेसम्

धनकुटामा शिक्षण अस्पतालका लागि बजेट विनियोजन गरेका छौं : मुख्यमन्त्री राई

काठमाडौं। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले धनकुटामा शिक्षण अस्पताल बनाउने योजना निरन्तर रहेको बताए। गएको वर्ष नै योजना र बजेट स्वीकृत गरेको तर जग्गाको व्यवस्थापन र केही मापदण्ड नपुग्दा कार्यान्वयन गर्न नसकेको उनले बताए। उनका अनुसार प्रक्रिया पुग्नेबित्तिकै अस्पताल बनाउने कार्य थालनी गरिनेछ। आगामी वर्ष एकसय बेडको पूर्वाधार तयार गर्न योजना र बजेट राखेको उनले जनाए।

जनताको चाहना पूरा गर्न सबै एक हुनुपर्छ : मुख्यमन्त्री राई

विराटनगर / प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले जनअपेक्षा अनुसार अघि बढ्न सबै एक हुन आवश्यक रहेकोमा जोड दिएका छन् । आफूहरु राजनीतिक यात्रालाई फराकिलो बनाएर अघि बढ्न तयार रहेको भन्दै उनले सहकार्यका लागि अन्य राजनैतिक दल र सबै पक्षलाई आह्वान पनि गरेका छन् । राजनैतिक सहकार्य र सहमतिमा मात्रै मुलुकको हीत हुने राईको भनाइ... The post जनताको चाहना पूरा गर्न सबै एक हुनुपर्छ : मुख्यमन्त्री राई appeared first on Purbeli News.