ब्राजिललाई हराउँदै अमेरिकाले जित्यो महिला भलिबलको स्वर्ण

जापानमा जारी ३२ औं गृष्मकालिन ओलम्पिक प्रतियोगिता अन्तर्गत अन्तिम दिन महिला भलिबलतर्फको स्वर्ण पदक अमेरिकाले जितेको छ।

सम्बन्धित सामग्री

टोकियो ओलम्पिकः अमेरिकी महिला भलिबल टिमलाई ऐतिहासिक स्वर्ण

एजेन्सी। अमेरिकी महिला भलिबल टिमले ब्राजिलाई ३–० को सोझो सेटमा हराउँदै पहिलो पटक ओलम्पिकमा स्वर्ण पदक जितेको छ। अमेरिकाले यसअघि तीन पटक रजत र दुई पटक काश्य पदक जितेको थियो। अमेरिकाले ब्राजिललाई २५–२१, २५–२०, २५–१४ को सेटमा हराएको हो। अमेरिका २००८ र २०१२ को फाइनलमा ब्राजिलसँगै हारेको थियो। सर्वियाले दक्षिण कोरियालाई हराउँदै काश्य पदक जित्यो।

टोकियो ओलम्पिकः अमेरिकी महिला टिमले जित्यो लगातार सातौं स्वर्ण

एजेन्सी। ब्रिट्नी ग्रिनरको ३० अंकप्रेरित अमेरिकाले आज महिला बास्केटबलमा जापानलाई ९०–७५ ले हराउँदै स्वर्ण पदक जितेको छ। अमेरिकाले ओलम्पिकको महिला बास्केटलबमा स्वर्ण पदक जितेको यो लगातार सातौं पटक हो। अमेरिकाकी ३६ वर्षिया सुए बर्ड र ३८ वर्षिया डाएना टाउरासीले पाँच स्वर्ण पदक जित्न सफल भए। जापानले पहिलोपटक रजत जित्यो। सर्वियालाई ९१–७६ ले हराउँदै फ्रान्सले काश्य पदक जित्यो।

टोकियो ओलम्पिकः बिच भलिबलमा अमेरिकाले जित्यो स्वर्ण

एजेन्सी। अमेरिकाका अप्रिल रोस र एलिक्स क्लिनेमनले महिला बिच भलिबलमा स्वर्ण पदक जितेका छन्। उनीहरुले अष्ट्रेलियाका आर्टाचो डेल सोलार र टालिकुए क्लान्सीको जोडीलाई २१–१५, २१–१६ ले हराएको हो। क्लिनेमनले लन्डनमा रजत र ब्राजिलमा काश्य पदक जितेकी थिइन्। सिड्नी ओलम्पिकपछि अष्ट्रेलियाले पहिलो पटक बिच भलिबलमा पदक जितेको हो। स्विट्जरल्यान्डले लात्भियालाई २१–१९, २१–१५ ले हराउँदै काश्य पदक जित्यो।

ओलम्पिक महिला फूटबल : अस्ट्रेलियालाई हराउँदै अमेरिकाले जित्यो कास्य पदक

टोक्यो ओलम्पिकमा अमेरिका महिला फूटबल प्रतियोगितामा कास्य पदकका लागि बिहीवार भएको खेलमा अमेरिका विजयी भएको छ । अस्ट्रेलियालाई अमेरिकाले ४–३ गोलले हराएको हो । साबिकको विश्व च्याम्पियन अमेरिकाले ओलम्पिक स्वर्ण पदकको आशा गरेको थियो तर कास्यमा चित्त बुझायो ।  मेगान रापिनोले अस्ट्रेलियाविरुद्ध शुरूका दुई गोल गरिन् । कार्ली लोयड र काइटलिन फूर्डले दुई गोल थपे ।  यी दुई टोली समूह चरणमा भिड्दा गोलरहित बराबरीमा टुंगिएको थियो । तर आजको खेलमा कडा प्रतिस्पर्धा भयो ।

टोकियो ओलम्पिकः थ्री–अन–थ्री बास्केटबमा अमेरिकाले जित्यो स्वर्ण

एजेन्सी। स्टेफेनी डोल्सन, एलिशा ग्रे र केलेसी प्लम सम्मिलित अमेरिकी महिला बास्केटबल टिमले महिला थ्री–नट–थ्री बास्केटबलमा स्वर्ण पदक जितेको छ। अमेरिकाले रुसलाई १८–१५ ले हराउँदै स्वर्ण पदक जितेको हो। थ्री–नट–थ्री बास्केटबल यही संस्करणबाट ओलम्पिकमा समावेश गरिएको हो। चीनले काश्य पदक जित्यो। चीनले फ्रान्सलाई १६–१४ को स्कोरमा पराजित गरेको हो।