काठमाडौँ,१८ पुष । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको प्रत्येक क्षेत्रको कानुन निर्माणअघि वृहत अध्ययन आवश्यक भएको बताएका छन् । नीति अनुसन्धान प्रतिष्ठानले ‘राष्ट्रियसभाका सांसदहरुसँग नेपालको सार्वजनिक नीति विषयक नीति संवाद’ कार्यक्रममा उहाँले अध्ययन गरेर मात्र विधेयक बनाउनुपर्ने र त्यसले दीर्घकालीनरुपमा काम गर्नुपर्नेमा जोड दिए । “स्वास्थ्य, शिक्षा, सञ्चार, रोजगार तथा परराष्ट्र नीतिजस्ता क्षेत्रको कानुन निर्माण […]