चैते धान रोपाइँ

नवलपरासी, ११ फागुन । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–११, भेँडाबारीमा चैते धान रोपाइँ गर्दै स्थानीय कृषक । चैते धानतर्फ कृषकलाई आकर्षित गर्दै उत्पादनमा वृद्धि गर्न कृषि ज्ञान केन्द्रले यस क्षेत्रमा धानको ब्लक कार्यक्रम लागू गरेको छ । तस्वीरः टेकराज पोखरेल÷ रासस  

सम्बन्धित सामग्री

चैते धान भित्र्याउने चटारो

प्यूठानका किसान अहिले चैते धान भित्र्याउने चटारोमा छन् । चैतमा रोपेको धान यहाँका किसानले भित्र्याउन थालेका हुन् । यस वर्ष झिमरुक फाँटमा पनि चैते धान रोपाइँ भएको थियो । फाँटमा पहिलोपटक धान रोपाइँ गरेका किसान यसको उत्पादनलाई लिएर निकै खुसी देखिएका छन् ।

चैते धान भित्र्याउने चटारो

यहाँका किसान अहिले चैते धान भित्र्याउने चटारोमा छन् । चैतमा रोपेको धान यहाँका किसानले भित्र्याउन थालेका हुन् । यस वर्ष झिमरुक फाँटमा पनि चैते धान रोपाइँ भएको थियो ।

चैते धान थन्क्याउन चटारो [तस्बिरहरू]

तनहुँको व्यास नगरपालिका–११ मुसेखोलामा आइतबार बिहानैदेखि किसानहरु चैते धान काट्न व्यस्थ देखिन्थ्ये । व्यास–१ अंम्रेनीका किसानहरूलाई पनि केही दिनयता चैते धान भित्र्याउन भ्याइनभ्याइ छ । देशभरका विभिन्न ठाउँमा असारे धान रोपाइँ सुरु भइसक्दा तनहुँका केही फाँटमा भने किसानहरूले चैते धान भित्र्याउने काम सकेका छैनन् ।

मलबिनै चैते धान रोपाइँ

चैते धान रोप्ने बेलामा पर्साका किसानले मलको अभाव भएको बताएका छन् । एक सातादेखि जिल्लामा चैते धानको रोपाइँ सुरु भइसकेको छ । तर किसानले मलबिनै रोपाइँ गर्न थालेका छन् ।

तनहुँमा चैते धान रोपाइँ (फोटो फिचर)

काठमाण्डाै - तनहुँकाे भानु नगरपालिकाको चुँदी कुमाल गाउँमा धमाधम चैते धान रोपाइँ सुरु भएको छ । टन्टलापुर चर्को घाममा धान रोप्ने महिलाहरू मात्रै देखिन्छन् । खेतमा न गोरु छन् न त हली । कतै ट्र्याक्टरले त कतै महिलाहरू आफैँ गरो सम्याउँदै धान रोपिरहेका छन् । तस्बिरः विकास गोले

नवलपरासीमा चैते धानको रोपाइँ सुरु

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा चैते धान रोपाइँ सुरु भएको छ । धानको पकेट क्षेत्र लागू भएको स्थानमा चैते धान रोपाइँ सुरु भएको हो । कृषि ज्ञान केन्द्रका सूचना अधिकारी एवं बागबानी विकास अधिकृत शङ्कर पौडेलले धानको पकेट क्षेत्र लागू भएको गैँडाकोट–११ को भेँडाबारीमा चैते धान रोपाइँ सुरु भएको बताए । ‘चैते धानको उत्पादन वृद्धि गर्नका […]

चैते धान रोपाइँमा व्यस्त कृषक

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–११, भेँडाबारीमा चैते धान रोपाइँ गर्दै स्थानीय कृषक । चैते धानतर्फ कृषकलाई आकर्षित गर्दै उत्पादनमा वृद्धि गर्न कृषि ज्ञान केन्द्रले यस क्षेत्रमा धानको ब्लक कार्यक्रम लागू गरेको छ । तस्वीर- टेकराज पोखरेल/ रासस

चितवनमा ५० प्रतिशत रोपाइँ सम्पन्न

चितवन (अस) । चितवनमा यस वर्षको वर्षे धान रोपाइँ ५० प्रतिशत सकिएको छ । पूर्वी चितवनका सात स्थानीय तहमध्ये राप्ती नगरपालिका, खैरहनी नगरपालिका, रत्ननगर नगरपालिका र माडीमा भने शनिवारसम्ममा ८० प्रतिशत रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र, चितवनले जानकारी दिएको छ । यस्तै भरतपुर महानगरपालिका, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकाका केही क्षेत्रमा रोपाइँ शुरू गरिएको छ । जिल्लामा धानखेती हुने क्षेत्रफलमध्ये ३५ प्रतिशत हिस्सा पूर्वी चितवनका पालिकाले ओगटेका छन् । कोभिड महामारीका कारण रोपाइँ गर्ने जनशक्ति तराईका जिल्लाबाट आउन नसक्दा चितवनका किसानले गतवर्षदेखि घरपरिवारको सहयोग र अर्मपर्मबाट रोपाइँ गरेका छन् । ‘अघिल्ला वर्षसम्म मधेशबाट रोपाइँ गर्ने कामदार आउँथे,’ ज्ञान केन्द्रका प्रमुख राजन ढकालले भने, ‘अहिले उनीहरू आउन नसक्दा स्थानीय किसान आफै सक्रिय भएका छन् ।’ खैरहनी र राप्ती नगरपालिकामा यस वर्ष मेशिनबाट रोपाइँ गर्ने कृषकको संख्या बढेको ढकालको भनाइ छ । ‘मनसुन र मौसम पनि अनुकूल भयो,’ उनले भने, ‘पूर्वी चितवनमा चैते धान भिœयाउनेबित्तिकै बर्खे धान रोपाइँ शुरू गरिन्छ । नत्र पछि तोरी लगाउन पनि ढिला हुन्छ ।’

चैते धान रोप्‍नमा व्‍यस्त छन् तनहुँका किसान

तनहुँ : यहाँका किसानलाई यतिबेला चैते धान रोप्नको धमाधम छ। यतिबेला तनहुँको चुँदी, कलेस्ती, साँगे, पुर्कोट, म्याग्देलगायत क्षेत्रमा धान रोपाइँ भइरहेको छ। सरकारले मुलुक लकडाउन गरेको १३ दिन पुगेको छ। सहरी क्षेत्रका एक हप्तादेखि घरभित्रै थुनिएका नागरिक अझै चैत २५ गतेसम्म घरबाहिर निस्कन पाउने छैनन्। सहरमा बस्ने ना...

चैते धान रोप्न कृषकलाई चटारो

पूर्वी नवलपरासीमा चैते धान रोपाइँ सुरु भएको छ । धानको पकेट क्षेत्र लागू भएको स्थानमा चैते धान रोपाइँ सुरु भएको हो ।