कोरोना भाइरस संक्रमणबाट भेरी अस्पतालमा बुधवार पनि थप दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ । यसअघि मङ्गलवार पनि उपचारका क्रममा दुई जना महिलाको मृत्यु भएको थियो ।
कोभिड १९ व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार बुधवार रुकुम पश्चिमका ७८ वर्षीय पुरुष र सुर्खेत भेरीगंगाका ६८ वर्षीय पुरुषको मृत्यु भएको हो ।
भदौ ९ गते कोभिड पुष्टि भएका त्रिवेणी गाउँपालिका–६ रुकुम पश्चिमका पुरुषको बुधवार बिहान मृत्यु भएको ओलीले बताउनुभयो ।