नेपाली कांग्रेस दशरथचन्द नगरपालिका सभापति लालबहादुर चन्द वडामै पराजित भएका छन् । १४औँं महाधिवेशन अन्तर्गत वडा तहमा सम्पन्न अधिवेशनमा उनी आफ्ना निकटतम प्रतिद्वन्द्वी चन्द्रसिंह थापासँग ४ मतले पराजित भएका हुन् । विजयी भएका थापाले ५७ मत प्राप्त गरे भने चन्दले ५३ मत मात्रै प्राप्त गर्नुभएको मतदान अधिकृत सुरेन्द्र चन्दले जानकारी दिए । नगर सभापति चन्द जिल्ला समन्वय समितिका सदस्य समेत छन् । कूल १६ क्षेत्रीय प्रतिनिधि छनोट गर्नुपर्नेमा २४ आकांक्षी देखिएका थिए । तीमध्ये महिला खुल्ला ३, महिला स