१५ जेठ, काठमाडौं । आगामी आर्थिक वर्षदेखि शैक्षिक सत्र शुरु हुनु अघि सामुदायिक विद्यालयका विद्यार्थीको स्वास्थ्य जाँच हुने प्रबन्ध मिलाईने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/७० को बजेट प्रस्तुत गर्दै शैक्षिक सत्र शुरु हुनुअघि सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको स्वास्थ्य जाँच हुने प्रबन्ध मिलाइने बताएका छन् ।