वृद्धभत्ता नलिने घोषणा गर्दै बाबुरामले भने- उमेर घटाउनु गलत

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जसपा नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफू ६८ वर्षको पुगे पनि वृद्धभत्ता नलिने घोषणा गरेका छन् । संसद भवन परिसरमा पत्रकारहरुसँग कुराकानी गर्दै भट्टराईले एकीकृत समाजिक सुरक्षा कार्यक्रम ल्याउनुपर्नेमा सरकारले वृद्धभत्ताको उमेर घटाएको बताए । ‘वृद्धभत्ता पाउने उमेर घटाउन जरुरी थिएन । म पनि ६८ वर्षको भएँ । गरिब […]

सम्बन्धित सामग्री

कांग्रेसको घोषणा : वृद्धभत्ता ६५ वर्षमै

१२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले ज्येष्ठ नागरिक भत्ता ६५ वर्षमै दिने घोषणा गरेको छ । शनिबार सार्वजनिक घोषणापत्रमा वृद्धभत्ता दिने उमेर क्रमश: ६५ वर्षमा झार्ने उल्लेख गरिएको छ । कांग्रेस नेतृत्वको वर्तमान सरकारले चालु आर्थिक वर्षको बजेटदेखि ६८ वर्ष पुगेका ज्येष्ठ नागरिकलाई वृद्धभत्ता दिँदै आएको छ । तर कांग्रेसले ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा […]

वृद्धभत्ता लिने उमेर पुगेका नेताहरुलाई चुनावमा सकस

काठमाडौं, २१ साउन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले वृद्धभत्ता लिने उमेर ७० बाट घटाएर ६८ पुर्याएको छ । लगत्तै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले वृद्धभत्ता नलिने घोषणा गरे । उनको पनि वृद्धभत्ता लिने उमेर पुगेको सन्देश प्रवाह भयो । भट्टराई मात्र नभई प्रमुख दलका कतिपय प्रभावशाली नेताहरु पनि वृद्धभत्ता लिने उमेरको भएको विषय […]

'नेपालीको औसत आयु नै कम भएकाले वृद्धभत्ता दिने उमेर घटाइएको हो '

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले नेपालीको औसत आयु नै थोरै भएकाले सामाजिक सुरक्षा भत्ता दिने उमेर कम बनाइएको बताएका छन्। बजेट छलफलमा उठेका प्रश्नको शुक्रबार प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन्। उनले १५ औं आवधिक योजनाले निकालेको निष्कर्ष अनुसार ६९.७ वर्ष आयु रहेकाले सामाजिक सुरक्षा भत्ता दिने उमेर कम गरिएको बताए।योभन्दा अघि ७० वर्षमा वृद्धभत्ता दिइँदै आएकोमा आगामी आर्थिक वर्षको नयाँ बजेटमा उमेर घटाएर ६८ वर्षमा झारिएको छ।मन्त्री शर्माले आगामी आर्थिक वर्षक

सामाजिक न्यायअन्तर्गत वृद्धभत्ता पाउने उमेर घटाइयो : अर्थमन्त्री शर्मा

काठमाडौँ– अर्थमन्त्री जनार्दन शर्माले सामाजिक न्यायको सिद्धान्तअन्तर्गत वृद्धभत्ता पाउनेको उमेर घटाइएको जवाफ दिएका छन् ।  राष्ट्रिय सभाको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सदस्यले उठाएका प्रश्नको जवाफ दिँदै उनले संविधानको भावना र सामाजिक न्यायको सिद्धान्तअन्तर्गत वृद्धभत्ता पाउनेको उमेर घटाइएको जानकारी दिए ।  समावेशी विकास गर्ने लक्ष्यअनुसार नै वृद्धभत्ताको व्यवस्था […]

यी हुन् वृद्धभत्ता लिने उमेर पार गरिसकेका शीर्ष नेता

काठमाडौं : सरकारले वृद्धभत्ता दिने उमेर घटाएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले ७० वर्षबाट सीमा झारेर ६८ वर्षमा वृद्धभत्ता दिने घोषणा गरेको छ।अर्थमन्त्री जनार्दन शर्माले आइतबार दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष ०७९/८० का लागि अनुमानित आयव्यय पेश गर्दै ६८ वर्ष माथिका व्यक्तिका लागि वृद्धभत्ता दिने व्यवस्था गरेका हुन्।वृद्धभत्ता लिन चाहनेलाई सरकारले सम्मान दिने पनि बताएको छ। यसअघि नेकपा एमाले सरकारमा हुँदा ७० वर्ष पुगेकालाई वृद्धभत्ता दिने व्यवस्था गरिएको थियो। अ

वृद्धभत्ता पाउने उमेर हद घट्यो : राज्यकोषलाई कति थपियो आर्थिक भार?

काठमाडौं : सरकारले वृद्धभत्ता पाउने उमेर हद दुई वर्ष घटाएसँगै राज्यलाई आर्थिक भार थपिने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले आइतवार प्रस्तुत गरेको आव २०७९/८० को बजेटबाट वृद्ध भत्ता पाउने व्यक्‍तिको उमेर समूह घटाएका हुन्। अब ६८ वर्ष पुगेका जेष्ठ नागरिकले मासिक चार हजार रुपैयाँ भत्ता पाउनेछन्। यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले…

६८ वर्ष पुगेकाले वृद्धभत्ता पाउने, भत्ता नलिने घोषणा गर्नेलाई सम्मान

सरकारले चालू आर्थिक वर्षदेखि ६८ वर्ष उमेर पुगेकालाई वृद्धभत्ता दिने भएको छ । साथै सरकारले वृद्धभत्ता नलिने घोषणा गर्नेलाई सम्मान गर्ने घोषणा पनि गरिएको छ । अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदको संयुक्त बैठकमाा आर्थिक वर्ष २०७९।०८० को बजेट सार्वजनिक गर्दै सो घोषणा गर्नुभएको हो । यसअघि भत्ता पाउने उमेर ७० वर्ष थियो । यसअघि सरकारले …

वृद्धभत्ता पाउने लाभग्राहीको उमेर घट्यो, अब ६८ वर्ष पुगेकाले पाउने

काठमाडौँ । सरकारले सामाजिक सुरक्षा अन्तरगत वृद्धभत्ता पाउने लाभग्राहीको उमेर घटाएको छ । आज बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले ६८ वर्षदेखिकाले वृद्धभत्ता पाउने जानकारी दिए । यसअघि ७० वर्ष उमेरकाले वृद्धभत्ता पाउने नियम संशोधन गर्दै ६८ वर्षमा झारिएको हो । सामाजिक सुरक्षा अन्तरगत वृद्धवृद्धाहरूले मासिक ४ हजार रुपैयाँ पाउँदै आएका छन् । भत्ता रकम […]

अब ६८ वर्षमै वृद्धभत्ता पाइने

१५ जेठ, काठमाडौं । सरकारले वृद्धभत्ता पाउने उमेर ६८ वर्षमा झारेको छ । हाल ७० वर्ष उमेर पुगेकाहरुले मात्रै वृद्ध भत्ता पाउँदै आएकोमा अब ६८ वर्ष पुगेकाहरुले नै वृद्ध भत्ता पाउनेछन् । अर्थमन्त्री जनार्दन शर्माले आज २०७९/८० को बजेट संघीय संसदमा बजेट प्रस्तुत गर्दै ६८ वर्षमै वृद्ध भत्ता पाउने घोषणा गरे । साथै सामाजिक सुरक्षा […]

कांग्रेस सांसदको माग : वृद्धभत्ता पाउने उमेर ६५ वर्ष कायम गर्नुपर्‍यो

नेपाली कांग्रेसका १ सांसदले वृद्धभत्ता पाउने उमेर ६५ वर्ष कायम हुनुपर्ने बताएका छन् । बिहीवार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा कांग्रेस सांसद जिपछिरिङ लामाले ६५ वर्षको उमेरमा वृद्धभत्ता दिनुपर्ने माग गरेका हुन् ।  ‘वृद्धभत्ता पाउने उमेर ६५ वर्ष कायम गर्नुपर्‍यो, पहाडी भेगमा ६५ वर्षको मानिसले औषधि उपचार पाउन सकेको छैन । त्यसैले ६५ वर्षमा वृद्धभत्ता दिनुपर्छ,’ उनले भने । २०७४ सालमा प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले ६५ वर्षको उमेरमा वृद्धभत्ता दिने निर्णय गरेको थियो तर त्यो निर्णय कार्यान्वयन...