काठमाडौं : नेपालले साफ यू–२० च्याम्पियनसिप फुटबलमा लगातार दोस्रो जित दर्ता गरेको छ। बुधबार भुवनेश्वरस्थित कालिंगा स्टेडियममा श्रीलंकालाई ३–० गोल अन्तरले हराउँदै नेपालले लगातार दोस्रो जित दर्ता गरेको हो।नेपालका लागि कप्तान आयुष घलान, कृतिस रत्न छुन्जु र मनग्य नकर्मीले एक एक गोल गरे। पहिलो हाफमा खेल गोलरहित बराबरीमा रोकिएको थियो।नेपालले ५८ औँ मिनेटमा कप्तान आयुषको गोलबाट अग्रता लियो। अभिषेक वाइवाको क्रसलाई श्रीलंकाली गोलकिपरले पन्च गरेपछि रिवाउन्डमा आएको बललाई आयुषले हाफ भलीम