किशोरी बलात्कारको आरोपमा रुपन्देहीमा तीन जना पक्राउ : थप तीन जनाको खोजी चल्दै

रुपन्देही - रुपन्देहीमा दुई किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । कञ्चन गाउँपालिकाका १८ र १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा सैनामैना ११ का १९ वर्षीय पदम कार्कीसहित १५ वर्षका दुई जना किशोर पक्राउ परेका जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । जिल्ला प्रहरीका प्रवक्ता श्यामु अर्यालका अनुसार आरोपितले ६ जनाले बलात्कार गरेको विवरण दिएका छन् । थप तीन जनाको खोजी भइरहेको प्रहरी प्रवक्ता अर्यालले जानकारी दिनुभयो । प्रहरीका अनुसार पीडित किशोरीहरु र आरोपितहरु चिनजानका साथी भएको खुलेक...

सम्बन्धित सामग्री

नगदसहित एक जना पक्राउ

जनकपुरधाम – धनुषामा ३८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। नगराइन नगरपालिका– २ बाट स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित बिहीबार एक जना पक्राउ परेका हुन्। भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गर्दा लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडका २३ वर्षीय अमितकुमार यादव पक्राउ परेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र सेनले बताए।