एमसिसी सम्झौता कार्यान्वयनमा सहयोग गरिदिन ऊर्जामन्त्रीसँग फतिमाको आग्रह

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र एमसिसी उपाध्यक्ष फतिमा सुमारबीच भेटवार्ता भएको छ । फतिमाले शुक्रबार सिंहदरबारमा पुगेर भुसालसँग भेट गरेकी हुन् ।  भेटमा एमसिसी सम्झौता कार्यान्वयनका लागि सहयोग गरिदिन...

सम्बन्धित सामग्री

प्रचण्ड-देउवा भेट : एमसिसीको निकास खोज्ने प्रयास

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ।प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा प्रधानमन्त्रीले अमेरिकी सहयोग परियोजना एमसिसी सम्झौता प्रतिनिधिसभामा छलफल प्रारम्भ हुन लागेकाले सहयोग गर्न अध्यक्ष दाहाललाई आग्रह गरेका थिए।छलफलमा प्रधानमन्त्रीले एमसिसी सम्झौता पारित गर्न सहयोग गर्न अध्यक्ष दाहाललाई आग्रह गरेका प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए।सिंहदरबारमा नेकपा एकीकृत सम

अन्तत : एमसीसी संसदमा दर्ता,  पारित गर्ने /नगर्ने सांसदहरुको जिम्मा

फागुन ८,  काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्बन्धी सम्झौता सङ्घीय संसद्मा टेबल(दर्ता) भएको  छ ।      नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आइतवार अपरान्ह संसद्मा एमसीसी संसदमा दर्ता गरेका हुन् । एमसीसी सम्झौता अनुमोदनका लागि प्रतिनिधि सभा बैठकमा प्रस्ताव पेश गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले फागुन १२ गतेसम्मका लागि बैठक स्थगित गरे ।   एमसीसी सम्झौता संसदमा पेश हुँदा भने नेकपा (एमाले) का सांसदहरुले नाराबाजी गरिरहेका थिए भने नेकपा माओवादी केन्द्रका केहि सांसदहरु पनि उठेर विरोध गरेका थिए ।  प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बिहान बसेको सत्तारूढ गठबन्धनको बैठकले सम्झौता टेबल गर्ने निर्णय गरेको थियो । राजनीतिक दलहरुका बीचमा एमसिसी सम्झौता सङ्घीय संसद्मा टेबल गर्ने कि नगर्ने भन्ने बारेमा विवाद रहँदै आएको थियो । लामो छलफल र सकारात्मक प्रयासपछि गरिबी निवारण र भौतिक पूर्वाधारको विकासका लागि प्राप्त भएको सहयोगका सम्बन्धमा दलहरुबीच साझा मत बनेको थियो ।            लामो विवादका कारण आयोजना कार्यान्वयन हुने समयसमेत पर सर्दै आएको थियो ।   दातृ राष्ट्र अमेरिकाले यही फागुन १६ गतेभित्र एमसीसी पारित गरी कार्यान्वयनको प्रक्रिया अगाडि बढाउन नेपाल सरकारलाई आग्रह गर्दै आएको छ ।             करीब ५५ अर्ब रुपैयाँ अमेरिकी अनुदानबाट ४०० केभी क्षमताका ३१२ किलोमिटर प्रसारण लाइन र सडक पूर्वाधार निर्माण हुनेछ । काम शुरु भएको पाँच वर्षभित्र सो परियोजना सम्पन्न गर्नुपर्ने समयसीमा छ ।

अमेरिकाले भन्यो – हामीले नेपाली नेतालाई धम्की दिएका छैनौँ

नेपालका लागि अमेरिकाका राजदूत र्‍यान्डी बेरीले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता संसदबाट अनुमोदन गर्ने सिलसिलामा नेपाली नेताहरूलाई धम्की नदिइएको स्पष्ट पारेका छन् ।अमेरिकाले एमसिसी अनुमोदनका सन्दर्भमा धम्की दिएको भनी आएका टिप्पणीको जवाफ दिदै सोमबार राजदूत बेरीले भनेका छन्, 'हामीले नेपाली नेताहरूलाई धम्की दिएको भन्ने कुरा असत्य हो। हामीले त नेपाललाई आफ्ना प्रतिबद्धताहरू पालना गर्न आग्रह मात्र गरेका हौं ।' राजदूत बेरीले अगाडि भनेका छन्, एमसिसीला

एमसीसी मूख्यालयबाट सम्झौता छिटो पारित गर्न नेपाललाई ताकेता

काठमाडौं । अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) ले नेपाललाई प्रस्तावित एमसिसी सम्झौता छिटो पारित गर्न आग्रह गरेको छ । गएको मंगलबार अमेरिकाको राजधानी वासिङटन डिसीमा बसेको एमसिसी सञ्चालक समितिको बैठकले एमसिसी–नेपाल कम्प्याक्टको प्रगति विवरण लिँदै चाँडो अनुमोदन गर्न पुनः आग्रह गरेको हो । बुधबार एमसिसीले जारी गरेको विज्ञप्तिमा पाँच सय मिलियन अमेरिकी डलर बराबरको सहयोग […]

एमसिसी संसदबाट चाँडो अनुमोदन गर्न नेपाललाई पुनः आग्रह

काठमाडौँ – अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) ले नेपाललाई प्रस्तावित एमसिसी सम्झौता छिटो पारित गर्न आग्रह गरेको छ। गएको मंगलबार अमेरिकाको राजधानी वासिङटन डिसीमा बसेको एमसिसी सञ्चालक समितिको बैठकले एमसिसी–नेपाल कम्प्याक्टको प्रगति विवरण लिँदै चाँडो अनुमोदन गर्न पुनः आग्रह गरेको हो। बुधबार एमसिसीले जारी गरेको विज्ञप्तिमा पाँच सय मिलियन अमेरिकी डलर बराबरको सहयोग परियोजनासम्बन्धी सम्झौता […]