काठमाडौँ- सङ्घीय संसद् सचिवालय र राष्ट्रिय समाचार समिति राससबीच संसद् गतिविधिसम्बन्धी समाचार सङ्कलन/सम्प्रेषण गर्ने विषयमा सम्झौता भएको छ । राससले सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको समग्र गतिविधि एवम् कार्यक्रमसम्बन्धी समाचार तटस्थ र निष्पक्ष ढङ्ग सम्प्रेषण गर्नुपर्ने सम्झौतामा उल्लेख छ । संसद् सचिवालयका तर्फबाट सचिव डा रोजनाथ पाण्डे र राससका तर्फबाट महाप्रबन्धक सिद्धराज राईले संसद् सचिवालयमा […]
काठमाडौँ । दुई पटक संसद् विघटन गरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान संसद् सफल भएको बताएका छन् । वर्तमान संसद्ले काम गर्न नसक्ने भन्दै उनले दुई पटक संसद् विघटन गरेका थिए । पछि पुनः स्थापित संसद्मा समेत उनले ‘यो संसद्ले काम गर्न सक्दैन’ भनी सम्बोधन गरेका थिए । वर्तमान संसद्को अन्तिम बैठकमा शनिबार […]
काठमाडौं, पुस २५। प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेद्वारा संसद् बैठक सञ्चालनमा गरिँदै आएको अवरोध अन्त्य गर्न राखेको प्रस्तावलाई सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गरेका छन्। ओलीले संसद् बैठक अवरुद्ध हुनुमा एमालेको नभई सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेकाले उनले निकास नदिएसम्म तत्काल गतिरोध अन्त्य नहुने बताएका छन्। ‘संसद् एमालेका कारण अवरुद्ध भएको होइन, संसदीय मूल्यमान्यताविपरीत […]
दक्षिण अफ्रिकाको संसद् भवनमा आगलागी भएको छ । भिडियो फुटेजमा केप टाउनमा रहेको संसद् भवनबाट धुवाँको ठुलो मुस्लो उडिरहेको देख्न सकिन्छ ।आगलागी नियन्त्रणका लागि दर्जनौँ अग्नि नियन्त्रकहरू संसद् भवनमा पुगेका छन् । आगलागीको कारण भने अझै खुलिसकेको छैन । बीबीसीका अनुसार संसद् भवनको छतमा आगो लागेको छ भने राष्ट्रिय सभाको भवनमा आगलागी सुरु भएको छ ।
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल एमालेले संसद् अवरुद्ध गर्ने भएको छ । बुधबार बिहान नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बसेको संसदीय दलको बैठकले संसद् अवरुद्ध गर्ने निर्णय गरेको हो । एमाले फुटाउने षड्यन्त्रमा सभामुख नै लागेको भन्दै एमालेले सदन अवरुद्ध गर्ने बैठकमा अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । ओलीले भने,‘हाम्रो पार्टी फुटाउने सभामुखले अध्यक्षता […]
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक गरेको संसद् विघटन मुद्दामा सर्वाेच्च अदालतले संसद् पुनःस्थापना गरेपछि कतै दिपावली त कही विरोध जनाइएको छ।...
जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गर्ने दाबी गरेका छन्। माओवादी केन्द्रका केन्द्रीय सदस्य महादेव यादवको निधनपछि श्रद्धाञ्जली अर्पण गर्न जनकपुरधाम पुगेका प्रचण्डले सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गर्ने बताए। उनले भने,‘यसअघि पनि संसद् विघटन हुँदा सर्वोच्च अदालतप्रति विश्वास थियो, यस पटक पनि अदालतले संसद् पुनर्स्थापना गर्छ भन्ने हामीलाई […]
काठमाण्डाै – परराष्ट्र मन्त्री एवम् सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले प्रतिपक्षीलगायत संसद् पुनर्स्थापनाको पक्षमा लागेका दलहरूको अलमलका कारण संसद् बैठक प्रभावकारी नभएको बताउनुभएको छ ।
बुधवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग बोल्दै मन्त्री ज्ञवालीले सरकारको कारण संसद् प्रभावकारी नभएको नभइ प्रतिपक्षी दललगायत संसद् पुनर्स्थापनाको पक्षमा लागेका दलहरूको अलमलका कारण संसद् बैठक प्रभावकारी नभएको बताउनुभएको हो ।
सरकार संसद्लाई बिजनेस दिन तयार रहेको मन्त्री ज्ञवालीकाे भनाइ छ । संसद्लाई सही ढङ्गले अगाडि लैजानका लाग...
नेकपा विवादले संसद्का कामकारबाही सरल तरिकाले अघि बढ्न नसक्ने भएपछि संसद् सचिवालयलाई दल व्यवस्थापनमा कठिनाइ हुने भएको छ। संसद् विघटनअघि र पुनःस्थापनापछिको संसद् बैठकमा उही राजनीतिक दल भए पनि नेकपाभित्रको विचलनले अप्ठेरो अवस्था आउने संकेत देखिएपछि यतिबेला संसद् सचिवालय निकै सकसमा परेको छ।
अबका विभिन्न बैठकमा आमन्त्रण गर्ने, सुविधा दिने र अन्य छलफलहरूमा हुने व्यवस्थापनमा संसद् सचिवालयलाई आफ्नो तर्फबाट निर्णय लिन कठिनाइ हुने संसद् सचिवालयका एक अधिकारीले बताए। नागरिक दैनिकमा खबर छ ।